श्रेणी:नेपालले लडेका युद्धहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकिकरण कालका लडाँइ हरूः[सम्पादन गर्नुहोस्]

१ नुवाकोट बिजय[सम्पादन गर्नुहोस्]

नुवाकोट काठमाडौं उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो।र त्यतीबेला यो काठमाडौं अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथी नै गयो। पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनी गोर्खाली राजा हरूको नुवाकोट माथीको यो तेश्रो प्रयास थियो , यो प्रयासका सेना नायक काजी कालु पाण्डे थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्वको माहामन्डल कब्जा गरीदीए।नुवाकोटका कमान्डर संख मणी रानाले घाइते नुवाकोटे सैनीक लाई प्रत्यक्रमणका लागी प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए) लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे।

कालु पाण्डेको योजना सफल रहयो महदम कृती शाह (पृथ्वी नारायणका अर्का भाइ)ले नेतृत्व गरेको अर्को गोर्खाली टोलीले धरमपानी सर गर्दै अगाडी बढ्यो लडाँइ नुवाकोट का रक्षक हरूलाइ नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो।संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे।महदम कृती शाह पनी पृथ्वी नारयण शाह संगै नुवाकोट पुगे र नुवाकोट किल्ला भित्र पसे र नुवाकोट लाई गोर्खा राज्यमा मिलाइयो , नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो।

२ मकवानपुर विजय[सम्पादन गर्नुहोस्]

नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा मकवानपुर जो काठमाडौंको दक्षीणमा पर्दछ त्याहाँ पनी परेको थियो।१७६२मा मोहोदम कृती शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्यो।मकवानपुर का राजा दिघ बन्दधन सेन तथा कनक सिंह बस्नेतले परिवार लाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाँइ भएकाले आठ घण्टा को संघर्ष पछि मकवानपुर छाडी हरीहरपुर गढी भागे त्यसपछी मकवानपुर नेपालमा मिलाइयो। काठमाडौं उपत्यकाको दक्षीणमा पर्ने रणनीतीक महत्वको रहेकाले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनी आक्रमण गर्यो मकवानपुरे सेनाले बाहदुरी पुर्वक लडे पनी ५०० जानको ज्यान गुमाउदै लडाँइ हार्यो।

मकवानपुर पछि नेपाली सेनाले साँगा बनेपा को नाला, माहदेव पोखरी तथा काभ्रे जिती उपत्यका लाई चारै तिरबाट घेर्न सफल भयो।

किर्तिपुर तथा काठमाडौं उपत्यका बिजय[सम्पादन गर्नुहोस्]

त्यसको केही वर्ष काठमाडौं उपत्यका लाई चारै तिर बाट घेरेर नाकावन्दी गरी सकेपछी किर्तिपुर जस्ले गोर्खाली लाई दुइ दुइ वटा लडाँइमा हराएको थियो जाँहाको लडाँइमा गोर्खाली वीर कालु पाण्डे मारीएका थिए , शुरप्रताप शाहको आँखामा तिर हानेर फुटाईएको थियो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेश्रो चोटी नाकावन्दीको प्रभावले लडाँइनै नगरी गोर्खा राज्यमा गाभियो। त्यसपछी छ महिना अर्को नाका बन्दी लगाइ कान्तिपुर तथा पाटन पनी सर भयो कुनै युद्धनै गर्नुपरेन।त्यसको एक वर्षपछी भक्तपुर कब्जा गरियो यो लडाँइमा भने थुप्रै जनधनको क्षति भयो।काठमाडौं एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौंमा गोर्खा बाट राजधानी सारीयो.

बिजयपुर तथा चौदण्डी[सम्पादन गर्नुहोस्]

उपत्यका बिजय पश्चात शाही नेपाली सेना बिभिन्न सेना नायकको नेतृत्वमा बिजयपुर, चौदण्डी बिजय गरी नेपालको सिमाना कन्काइ नदी सम्म पुर्याउन सफल भयो माझ किरात, पल्लो किरात पनी नेपालमा मिलाइयो। यतिकैमा पृथ्वी नारायण शाहको देहान्त वि.सं.१८३१मा भएपछी पुर्वी अभियान केही वर्ष रोकियो।

पृथ्वी नारायण शाहको निधन पछि पनी नेपाल एकिकरण अभियान जारी रह्रयो।रानी राजेन्द्र लक्ष्मीले नेपाल एकिकरण अभियान लाई अगाडी बढाइन।

तनँहू, चितवन बिजय

रानी राजेन्द्र लक्ष्मीले दामोदर पांडे तथा रामकृष्ण कुवंरको नेतृत्वमा पठाएको शाही नेपाली सेनाको टोलीले तनँहू र तनँहू द्धरा प्रशासीत चितवन नेपालमा गाभ्यो।

रानी राजेन्द्र लक्ष्मीको मृत्यु भए पछि राजकुमार बाहदुर शाहले भतिजा रणबाहदुर शाहको रिजेन्ट भइ एकिकरण अभियान जारी राखे। पश्चिम तिर एकिकरण बढाउन सबै भन्दा ठूलो चुनौती रहेको पाल्पाका राजा सँग बैवाहीक साइनो जोडेर राजकुमार बाहदुर शाहले अभियान लाई अगाडी बढाए।

पश्चिम विजय अभियान[सम्पादन गर्नुहोस्]

बिभिन्न कमान्डर हरू(खास गरी बडाकाजी अमर सिंह थापाको नेतृत्वमा)को नेतृत्वमा गएको शाही नेपाली सेनाको टोलीले कास्की, लम्जुङ तथा लगायतका राज्य हरू नेपालमा मिलायो। त्याँहा बाट अगाडी बढेको।सेनाले पश्चिममा सतलज नदी तरेर कांगडा किल्ला पुगी त्यो किल्ला पनी ३ बर्ष सम्म बडाकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि पंजावका राजा रणजित सिहं सँग काँगडा का राजाले सहयोग मागेर लडाँइ गरी नेपाली सेना लाई सतलज नदी वारी फर्किन बाध्य बनाए।साथै बाहदुर शाहको रिजेन्ट कालमा नेपाल पुर्वमा सिक्कीम, भुटान सम्म पुग्यो।जस्लाइ टिस्टा देखी काँगडा सम्मको विसाल नेपाल भनिन्नछ। राजकुमार बाहदुर शाहको मृत्युपछी पाल्पा लाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियानको अन्त्य हुन पुग्यो।

नोटः स्थानाभावले याँहा उल्लेखनै नगरिए पनी अथवा छोटकरीमा चर्चा गरिएपनी शाही नेपाली सेनाले नेपाल एकिकरण अभियानका क्रममा थुप्रै लडाँइ लड्यो र ति हरेक लडांइ एकिकृत नेपालको भविस्यका लागी अत्यान्त मह्त्वपुर्ण रहेका थिए।

देश रक्षाका युद्ध हरूः[सम्पादन गर्नुहोस्]

१ मिरकासिम सँगको युद्ध[सम्पादन गर्नुहोस्]

मकवानपुर गढी नेपालका लागी सधै रणनितीक महत्वको रहेको छ।मकवानपुर नै त्यो ठाँउ हो जाँह शाही नेपाली सेनाले मिर कासिम का फौजबाट ५०० भन्दा धेरै राइफल, दुइ तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ,कालीबक्स, बर्द बाहदुर र सबुज बनायो केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो। नेपाली सेनामा यो नै पहिलो चोटी फाइल सिस्टम गरेर सेना ब्यवस्थीत गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए।साथै शाही नेपाली सेनाले कुनै पनी विदेशी सेना सँग लडेको पनी पहिलो अवसर थियो।.

यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी सँग ४०० जती सेना थोरै बन्दुक अरू परंपरागत हतियार, खुकुरी,तरवार,घुएत्रो, लगायत रहेका थिए। त्यसैले उनी हरू हान र भागको रणनिती साथ उत्रेका थिए जस्ले शत्रुलाइ अचम्भीत पारी रहेको थियो।शाही नेपाली सेनाले राती आक्रमण गर्न का लागी आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो।

मिरकासिम का सेनाका सेना नायक गुरगिन खाँ थिय उनि सँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो लजिस्टीक सर्पोट तथा ब्याकअप फोर्स समेत थियो।उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए।जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरि सकीएको थियो उनीहरूलाइ खानाको अभाव हुन थाल्यो। मकवानपुर गढी त्याहा बाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनी शत्रु उनी हरूलाइ पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाइ अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३मा आक्रमण शुरू गरे। तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंस राज पांडे तल बाट उनीहरू माथी जाइ लागे, काजी नरसिंह बस्नेतले माथी बाट गुरगिन खाँका सेनालाइ हाने।र नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडी बट हाने। तिन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनी शाही नेपाली सेना बाहदुरी पुर्वक लडेर शत्रु नास्न सफल रह्यो।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेनाले पनी शाहदत प्राप्त गरे नेपाली सेनाले शत्रुका ५०० राइफल दुइ तोप अन्य सैन्य सामाग्री प्राप्त गर्यो अझ महत्वपुर्ण यो लडाँइ बाट प्राप्त श्रोत पछि नै शाही नेपाली सेना लाई सङ्गठनीक संरचनामा ढाल्ने काम शुरू भयो।

२ पौवागढीमा कप्तान किनलोका संगको युद्ध[सम्पादन गर्नुहोस्]

कान्तीपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडी बढीरहेका गोर्खाली शक्ती विरूद्ध उनलाइ सहयोग गर्ने बिदेशी शक्तीको खोजीमा थिए।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङ लाई ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकार बाट आपतकालीन साहयताको लागी आग्रह गरे।आफ्नो तर्फबाट राजा पृथ्वी नारायण शाहले पनी कान्तीपुर वा गोरखा जे भए पनी यो नेपालको आन्तरीक मामीला भएको र यसमा हस्तक्षेप गरी कान्तीपुर का राजा लाई हस्तक्षेप नगर्न चिठी लेखे तर कम्पनी सरकारले पृथ्वी नारायणको आग्रहलाइ अस्वीकार गर्दै गोर्खा फर्किन र कान्तीपुर कु ब्यापार मार्ग खुला गर्न चेतवनी दियो।थुप्रै सैन्य अभियान का वरिष्ठ सेनानायक कप्तान किनलोक नेतृत्वमा सस्त्र अस्त्रले सुस्सजित २४०० सेना तथा सहयोगी समुहका साथ नेपाल आक्रमणका लागी ब्रिटीस इस्ट इन्डीया कम्पनी सरकारले खटायो।कप्तान किनलोकले भारतको पटना बाट काभ्रेपलान्चोकको पनौतीलाइ निसाना बनाएर अघि बढे। किनलोक पटना बाट १७ अगस्ट १९६७मा हिडे तर जव उनीहरू जव ढुङग्रेबास बाट सिन्धुलीगढीका लागी अघि बढदै थिए नेपाली सैन्य टोली हरूले अगाडी र पछाडी दुबैतिर बाट अकास्मीक आक्रमण गरे किनलोक का थुप्रै सेना मारिन पुगे उनी १६०० जती घाइते सेना लिएर पछाडी जनकपुर तिर फर्के र उनले अर्को आक्रमण बाग्मती नदीको किनारै किनार गर्ने योजना बनाए र निसान हरीहरपुर गढी लाई बनाउने निधो गरे। उनका ७०० सेना घाइते थिए तर पनी उनको दोस्रो सैनिक अभियान २० सेप्टेम्बर १७६७मा हरिहरपुर गढीका लागी सुरू भयो।तर खराव जलवायुको स्थीती अनी बढेका नदी हरू अर्का अप्ठेरा बनेका थिए।पृथ्वी नारायण शाहले हरीहरपुर गढीको सुरक्षाका लागी रामकृष्ण कुंवर लाई तैनाथ गरेका थिए।किनलोकले जब रामकृष्ण कुवंर हरिहर पुर गढीमा रहेको थाह पाए अनी असजीलो महसुस गरे उनी नेपाली सेनाले देखाएको रणकौसल बाग्मती लगायतका बढेका खोला नाला लगायतले मानसिक रूपमा थकित थिए। अन्तमा भएको एक लाडांइ पछि उनी बचेका केही सेना लिएर तुरून्त भारत फर्के।

३ नेपाल अंग्रेज युद्ध १८१४ सन[सम्पादन गर्नुहोस्]

सिमाको खिचलो अतीमहत्वकांक्षाले नेपाल अंग्रेज युद्ध निम्तयाएको मान्न सकिन्छ। पचास बर्षे एकिकरण अभियानले गर्दा नेपाली हरू लगातार लडदै आइरहेका थिए नेपालको ठूलो धनरासी एकिकरणका क्रमकमा सकिइरहेको थियो।अझ त्यसमाथी अत्यन्त धेरै धनरासी तिब्बत नेपाल र नेपाल, तिब्बत, चिन बिचका पहिलो र दोस्रो लडांइमा खर्च भएको थियो। अझ अव गएर नेपाली हरू भन्दा सयौ गुना सक्तीसाली र आधुनीक सैन्य तथा प्रबिधी भएको उपनीवेशक ब्रिटेन सँग लडनु पर्ने परिस्थीती श्रृजाना भयो। नेपाली सेना नायक हरूलाइ पुर्वमा टिष्टा देखी पश्चिम गढवालको अलकान्नद वितरण गर्न अत्यान्त गाह्रो थियो।बडा काजी अमर सिंह थापा, वीर बलभद्र कुंवर तथा सरदार भक्ती थापा लगायत त्यो समय ब्रिटेन सँग लडांइ गर्ने पक्षमा थिएनन।तर प्रधानमन्त्री भिमसेन थापा र उनका भारदार हरूले निर्क्योल निकाले कि नेपाल सँग १४०० सेना केही तोप र ४००० राइफल ब्रिटेन सँग लडन पर्याप्त छन।

नेपाल ब्रिटेन युद्ध नेपालका लागी यौटा दुखद परिक्षा सावित भयो , आधाभन्दा बढी नेपाली भुमी लडांइमा गुम्यो, तर लडांइले नेपाली हरूको अप्ठेरो युद्धमा पनी रणकौसलता र बाहदुरी प्रमाणीत गर्न सफल रहयो। ब्रिटिस सेनाको नेपाल विरूद्धको रणनिती थुप्रै ठांउमा आक्रमण गर्ने तर काठमाडौंलाइ तारो बनाउने रहेको थियो। साथ साथै तिनी हरू पुरै कुमाउ गढवाल र हालको हिमाचल प्रदेशमा पर्ने बुसहैर र नजीक का पाहडी नेपाली राज्य हरू कब्जा गर्ने रणनिती थियो।साथै ब्रिटीस हरू अरू क्षेत्र पनी गोर्खाली मुक्त पार्न चाहन्थे त्यसैले उनीहरूले सिख र मराठा हरू सँग सन्धी गरि मित्रता बनाए।उनीहरू चिनीया हरूलाइ समेत प्रभावीत पारी रहेका थिए भन्नाले उनी हरू नेपाल विरूद्ध ठूलो सैन्य अभियान चालिरहेका थिए जसले नेपाली सेनालाइ बांडने र सान साना खण्डमा टुक्रयाउने योजनाका साथ आएका थिए। उनी हरूका सेना नेपाली सेना भन्दा आधुनीक सस्त्र अस्त्रले सुस्सजित मात्र थिएनन उनीहरूलाइ बन्दोबस्तीका समान पनी पर्याप्त दिइएको थियो।

मेजर जनरल मार्ले पहिलो डिभीजनको नेतृत्व गर्दै मकवानपुर कब्जा गरी कठामाण्डौ का लागी अगाडी बढन खटीए भने मेजर जनरल जोन सुलभियन वुड दोस्रो डिभीजनको नेतृत्व गर्दै बुटवल पाल्पा नुवाकोट हुदै उपत्यका हान्न खटिए मेजर जनरल रोलउ जिलेस्पी तेश्रो डिभीजन लिएर सहरानपुर हुदै देहरादुन र श्रीनगर हान्न अघिबढे।कर्णेल अक्टरलोनी लाई चौथो डिभिजन दिइ बिलासपुर, रामगढ, अर्की,मलाउ,सुबाथु, तथा जैथक हान्दै जिलेस्पीका सेनामा मिसीन पठाइयो।साथै क्यापटेन लेटरलाइ २४०० भन्दा बढी सेना दीइ जनरल मार्ललाइ सुरक्षा दिन बारा पठाइयो।

४ पहिलो नेपाल तिब्बत युद्ध[सम्पादन गर्नुहोस्]

नेपालका लागी तिब्बत प्रागएतिहासिक काल देखी राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए। नेपलका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो सँग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे। व्यापारीक रूपमा पनी नेपालका लागी यो संबध लाभकारक थियो किन भनें तिब्बत आफैले सिक्का बनाउदैनथ्यो नेपाली चांदीका पैसानै तिब्बतका पनी पैसा का रूपमा उपयोग हुन्थे।

तर त्यो राम्रो संबध तब बिग्रन थाल्यो जब मल्ल राजा हरूले काठमाडौं एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन थाले, जब पृथ्वी नारायण शाहले उपत्यका एकिकरण संपन्न गरे तिब्बतले मिसावटी मुद्रा लाई शुद्ध चांदीका मुद्राले साट्नुपर्ने माग गर्यो। उनले यदी तिब्बती माग पुरा गरेमा आफुलाइ ठूलो घाटा हुने देखे त्यसैले उनको देहान्त सम्म यो मुद्धा यथास्थितिमा रह्यो। साना राजा रणवाहदुर शाही रिजेन्ट भएकी राजमाता रानी राजेन्द्र लक्ष्मीले सन १८८८मा यो मुद्रा समस्या हल गर्ने प्रयास गरिन साथै नेपाल तिब्बत संबधमा अर्को दुखद घटना स्यामर्पा लामा र उनका १४ चेला हरूलाइ नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। त्यसैगरी अर्को कारण तिब्बत बाट नेपाल आउने सबै नुन तिब्बतले नेपाल लाई त्यसबेला उपलब्ध गराइ रहेको नुन अत्यान्त निम्न स्तरको नुन थियो तिब्बत नेपालले दिएको चेतावनीको वेवास्ता गर्दै युद्धको तयारी गर्न थाल्यो। त्यसैपछी नेपाली हरूले तुरून्त तिब्बतमा थुप्रैठांउ बाट आक्रमण बनाउन बाध्य भए।

५ नेपाल तिब्बत चिन युद्ध[सम्पादन गर्नुहोस्]

मुख्य लेख : नेपाल –तिब्बत /चीन युद्ध

आफुसँग अर्को कुनै उपाय नभएकाले तिब्बती हरूले केरूंग सन्धी गरेका थिए दलाइ लामाले समयमा कसै बाट कुनै पनी सहयोग पाउन नसकेकाले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनी अर्को वर्ष तिरेनन नेपालले यसलाइ आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार बाहदुर शाह अर्को युद्धको तयारी गर्न लागे। केरूगं दख्खलः काजी अभिमान सिहं बस्नेत लाई केरूगं मोर्चाको नेतृत्व दिइ क्यापटेन कालुपान्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुंवर लाई अन्य कमान्डर नियुक्त गरियो।उनिहरूको लाई दिइएको जिम्मवारी झुंगा कब्जा गरी काजी दामोदर पान्डेलाइ भेटी दिर्घाचा कब्जा गर्न सघाउनु थियो।

कुती दख्खल : यो अभियानका कमान्डर काजी दामोदर पान्डे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रितम राना मगर, टकसारी नरसिंह गुरुगं उनका साहयक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिर्घाचा कब्जा गर्न काजी अभिमान सिंह सँग भेटनु थियो।

खार्ता दख्खल: पुर्वी नेपालको संखुवासभाको चैनपुर बाट अगाडी बढेको यो सैन्य टोलीको नेतृत्व काजी किर्तीमान सिंह बस्नेतले गरेका थिए भने उनका साहयक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए। यिनी हरू खार्ता कब्जा गरी कुतीमा दामोदर पान्डे लाई भेटी दिर्घाचा कब्जा गर्न खटिएका थिए।

मुख्य युद्ध

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागी महत्वपुर्ण मुकाम थिए त्याहा मल्ल काल देखी नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए । नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किन भनें की रक्षात्मक लडांइ का लागी तिठांउ उपयुक्त थिए।सबै कमान्डर हरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो सँग हान्न पुगे र लामा हरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरूले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतीपुर्ती स्वरूप दिर्घाचामा रहेका तिब्बती अधिकारी हरू सँग माग गरे।लामा हरूले त्यो तिर्न अस्विकार गरे। नेपाली सेना नेपाल फर्के पछि दलाइ लामा र तिब्बतमा रहेका चिनीया अम्बानले चिनीया बादशाह लाई नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए।

यता नेपालमा भने नेपाली हरू खुसी मानाइ रहेका थिए बाहदुर शाह निकै प्रशिद्ध भए उनलाइ सुयोग्य बाबुका सुयोग्य छोराको रूपमा सम्मान गरियो। तर रमाइलो त्यतीबेला अर्कै मोड लियो जब ठूलो चिनीया सेना नेपाल विरूद्ध तिब्बत लाई सहयोग गर्न ८ मार्च १७९२मा लासा पुगीसकेको खबर नेपाल पुग्यो, नेपाल सम्पुर्ण आयश्रोत एकिकरण अभियानमा लगाउदै र भर्खर भएको नेपाल तिब्बत युद्धमा खर्च गरेकाले आर्थिक रूपमा कमजोर थियो। त्यस्तो बेला चिन तिब्बत संयुक्तको ठूलो संयुक्त सेना सँग लडनु निकै गाह्रो थियो। नेपाली सेनाले पाएको सुचनाका आधारमा चिनीया सैनिक नेतृत्व कर्ता फुकांग उनका मित्र हरू थुंग थांग र चुन चान मुख्य सैनिक कमाण्डर रहेका उनी हरू सँग मुख्य गरी ११००० चिनिया सेना थप ३००० तिब्बती सेना का साथै ३००० तिब्बती रिर्जभ सैनिक समेत भएको जानकारी हुन आयो।त्यसबाहेक तिब्बतले काल्लोगं होर खांगको नेतृत्वमा १०००० सेना तयारी गरीरहेका पनी थाह भयो सत्रुको मुख्य शक्ती १७०००० सेना रहेको देखीयो तर अर्को खबरले पुस्टी गर्यो कि उनी हरू सँग स्थाइ, अस्थाइ सबै गरी ६०००० देखी ७०००० सैनिक रहेका र चिनीया सेना तिन मुख्य रणमार्गमा नेपाल विरूद्ध आक्रमण गर्न परिचालन गरिएका थाह भयो। पहिलो टोली पहिलो टोली कुती बाट सोझै नेपाल पट्टी वर्लने भएको थियो भने दोस्रो सैन्य टोली लासा, कुती,दुगुना,लिस्ती,जलवीरे, चौतारा हुदै इन्द्रावती नदी तरेर देवपुर नालदुम माहदेव पोखरी हुदै काठमाडौं हान्न हिडेको थियो र तेश्रो टोली चाही लासा बाट खार्ता हुदै पुर्वी नेपालको चैनपुर हुदै नेपाली राजधानी आइपुग्न चाहान्थ्यो। खार्ता हुदै आउने तेश्रो टोली ३००० जानाको सानो टोली थियो उनी हरूलै रसदपानी पाउन पनी असुबिधा र चैनपुर क्षेत्रमा बसोबास गर्ने स्थानीयले पनी समर्थन नगर्ने स्थिति भएपछी उनिहरूले सेना सुरूतिरै फर्काए , अन्तत चिनिया सैनिक नेतृत्वले दुइ मुख्य मार्ग कुती बाट चेगं त्सेको नेतृत्वमा तथा केरूगं बाट फुकांग आफै तथा कालोगं होर्कान्डको नेतृत्वमा नेपालमाथी आक्रमण गर्ने निर्णय गरे।

६ अन्तिम नेपाल तिब्बत युद्ध[सम्पादन गर्नुहोस्]

मुख्य लेख :अन्तिम नेपाल तिब्बत युद्ध

प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबाहदुर राणाको उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बाहदुरले आफु शक्तीमा आएपछी सेनाको निरंतर बिकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडांका लागी तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपुर्ण र नेपालका लागी अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहान्थे, चिनया र ब्रिटेनलाइ पर राख्ने कार्यमा सफल भइसकेपछी जंग बाहदुरले १४००० नंया सेना भर्ती गरे त्यसै गरी ८० वटा १२ पाउन्डरको तोपहरू २४ वटा ६ पाउन्डरको तोप हरू थुप्रै संख्यामा पाहाडी मोर्टार हरू होइजार हरूको ब्यवस्था गरियो। देश शुरक्षाका लागी १२००० सेना छुट्याइ पश्चिम र पुर्वि कामन्डिङ जर्नेल हरूलाइ पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीक लाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाइ बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको तयारी थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवान हरू तैनाथ गरियो।

त्यसपछी नेपालले तिब्बत लाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाइ फर्काउन। नेपाली ब्यापारी हरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेना का साथ गरे भने, कुती अभियानको नेतृत्व धिर सम्शेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङ बाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे।

शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी सँग ५० हजार सेना रहेको थियो। तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए, कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागी ठूलो शक्तीका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बाहदुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखी झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्चपाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनी रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुइ छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए।

अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने ब्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागी बसेका थिए।त्यांहा पनी नेपालीका लागी प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनी वीरगती प्राप्त गरेका थिए।

कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियो लाई पनी सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बती हरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो।गारै सँग नेपालले लडां जित्यो तिब्बती हरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुट नितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बत सँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्यो किन भनें उनिहरू ठूलो सेना पुर्नसङ्गठन गर्दै थिए।

अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरूगरे नेपाली हरूका लागी यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनी थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धिर सम्शेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते। नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापाथली सन्धीमा नेपालका प्रधानमन्त्री जंग बाहदुर राणा तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ।

अन्तराष्ट्रिय युद्धमा संलग्नता[सम्पादन गर्नुहोस्]

१ सिपाही विद्रोह[सम्पादन गर्नुहोस्]

भारतीय हरूले ब्रिटीस विरूद्ध स्वतन्त्रताको संघर्ष सुरूगरे अंग्रेजी सैनिक सेवामा जागीर गरी रहेका भारतीय सैनिक हरूले पनी त्यसमा साथ दिन थाले।सिपाही विद्रोह भारतको मेरठ केन्टोनमेन्ट बाट सुरू भयो ब्रिटीस साम्रज्यले नेपाल सँग सहयोग माग्यो बाठा कमान्डर इन चिफ तथा प्रधानमन्त्री जंगबाहदुर आफै कर्णेल पहलमान सिंह बस्नेत, कर्णेल भैरव नरसिंह राणा १७००० सैनिक का साथ विद्रह समनका लागी सहभागी भए।५००० विद्रोही मारिए गोरखपुर,जोमपुर,लखनउ,पिपर साहेबगंज, बेलवा तथा जलालपुरमा गरी ५०० समातिए, यो नेपाली सैनिक अभियान पछि नेपाल र ब्रिटेनको संबधमा यौटा नयाँ आयामा थपियो १८ नोभेम्बर १९६०मा एक सहमतीपत्रमा हस्ताक्षर गरियो नेपाल सँग खुसी भएका ब्रटीस हरूले १८१६को सुगौली सन्धी अनुसार नेपालले गुमाएको राप्ती देखी माहकाली नदी बिचको तराइ नेपालले फिर्ता पायो।

पहिलो विश्व युद्ध[सम्पादन गर्नुहोस्]

पहिलो विश्वयुद्धमा शाहीनेपाली सेना का फर्ष्ट राइफल, काली बक्स, सम्शेर दल, जवर जंग, पसुपती प्रसाद, भैरबनाथ, सेकेन्ड राइफल, भैरंग, तथा श्रीनाथ गण हरूले भाग लिए। १४००० नेपाली सेना भारतमा तैनाथ गरियो सैनिक हरू मार्टीन हेनरी तथा इनफिल्ड राइफलले सुसज्जित थिए। नेपाली सेना का मुख्य कमानडर हरू जनरल बबर सम्शेर, जनरल तेज सम्शेर तथा जनरल पदम सम्शेर रहेका थिए।नेपाली सेनाको साहस, कर्तब्यपरायणता तथा जुझारूपनको पहिलो विश्वयुद्ध पुन एक चोटी मुक्त कंठाले प्रसंसा गरियो।

३ वजरीस्थानको युद्ध[सम्पादन गर्नुहोस्]

ब्रिटीस भारतको उत्तर पश्चिमी सिमा क्षेत्र वजरीस्थानमा त्याहाका लाडाकु हरूले ब्रिटीस सासन नमान्ने घोषणा गरे , त्याहांका मुसाद भनिने पठान लडाकु सरदार हरूले पहलो विश्वयुद्धमा लडिरहेका ब्रिटीस हरू सँग लडन तयारी गरे।ब्रिटेन लेस्थिति नियन्त्रणका लागी नेपाल लाई सैन्य साहयताका लागी अनुरोध गर्यो त्यसै अनुसार महेन्द्र दल र फर्ष्ट राइफल गणलाइ १९१७को मार्चमा विद्रोह समनका लागी परिचालन गरियो यो नेपाल ब्रिटेन संयुक्त सैनिक कारवाही टोली थियो नेपाली फर्ष्ट राइफलले ब्रिटीस ४३ ब्रिगेड सँग तथा महेन्द्र दलले ब्रिटीस ४५ ब्रिगेड सँग सहभागि भए। नेपाली सेना, ब्रिटीस गोर्खा फोर्सका नेपाली, अन्य ब्रिटीस सैनिक हरू सबैले सो घमासान लडाँइमा बाहदुरी पुर्वक लडे थुप्रैले मृत्युवरण गरे, थुप्रै नेपाली सैनिक लाई ब्रिटीस पदक द्वारा सम्मान गरियो।

४ अफगानिस्तानको लडांइ –1919[सम्पादन गर्नुहोस्]

पहिलो विश्वयुद्धको समाप्ती पछि ब्रिटीस इन्डिया अफगानिस्तानको लडांइमा जाने निर्णय गर्यो, सदा झै नेपाल लाई पुन सैन्य सहयोग्का लागी अनुरोध गरियो नेपाली सेनाको लागी ट्याक्टीकल तालीम १९१९ मे देखी सुरू गरियो। जनरल बबर सम्शेर नेपाली सेनाको नेतृत्व गर्दै ब्रिटीस सैनिक नजीक पुगे उनको सैनिक टोली लाई १३ तोपको सलामीले स्वागत गरियो। सेना हरू औताबादमा एकतृत गरियो त्यसपछी पहिलो गणलाइ नौसेरामा तैनाथ गरियो भने दोस्रो गणलाइ मर्दानमा तैनाथ गरियो लडांइ सुरूभयो , अप्ठेरो स्थिति पछि अफगानिस्तानका अमिरले रूस सँग सैनिक साहयतामागे तर रूस आफै गृहयुद्धमा भएकाले सहयोगगर्न असमर्थ थियो अन्तत अफगानिस्तान सान्ती सन्धीका लागी तयार भयो। लडांइ रोकिएपछी पनी नेपाली सैनिक अर्को तिन महिना त्याह रहे र त्यसपछी मात्र फर्किए।

दोस्रो विश्वयुद्ध[सम्पादन गर्नुहोस्]

नेपाल र ब्रिटेनका बिच भएको आन्तरिक सन्धी अनुसार नेपाली सैनिक दोस्रो विस्वयुद्धमा परिचालन गरियो। युद्धमा भाग लिएका सैन्य टोली हरू , श्री नाथ, काली बक्स, सुर्यदल, नयाँ गोरख, बर्दबाहदुर, काली बाहदुर, महेन्द्र दल, सेकेन्ड राइफल, भैरंग, जबर जंग, सम्शेर दल, सेर, देवी दत्त, भैरब नाथ, जगन्नाथ तथा पुरानो गोरख गण थिए , त्यसका अलावा थुप्रै नेपाली उच्च सैनिक अधिकारी हरू समेत सहभागि थिए ति मध्य स्वर्गिय कमान्डर इन चिफ किरण सम्शेर राणा, पुर्व कमान्डर इनचिफतथा बर्तमान फिल्ड मार्सल निर सम्शेर राणा संयुक्त प्रधानकार्यलयमा शाही नेपाली सेनाका तर्फबाट लाइजन अफिसर थिए, जब जापान दोस्रो विश्व युद्धमा डिसेम्बर १९४०मा सहभागि भयो अनी दक्षिण एसियाको ब्रिटीस उपस्थितिमा खतरा उत्पन्न भयो ब्रिटेनले भारत तथा बर्माका मोर्चाका सैनिक परिचालन गर्यो नेपाली महिन्द्र दल, सेर, काली बाहदुर तथा जगन्नाथ पनी संगै परिचालित भए यि नेपाली सैनिक हरू मित्र राष्ट्र हरूको सेना अन्तर्गत भएर लडांइ लडे जगन्नाथ गण इन्जिनिएर गणका रूपमा सहभागि भयो र जगन्नाथ गणले बाटो पुल तथा पानी का विन्दुहरू बनाउदै सैन्य अभियानमा हिस्सा लियो। नेपाली सेनाले विभिन्न क्षेत्रमा १४ सेनाको अधिन रही जापानी सेना लाई पछि हटन बाध्य पारे, अन्तत जापानमा आणविक बम खसालिए पछि जापानले आत्मसर्मपण गर्यो धेरै जसो नेपाली सैनिक काठमाडौं फर्काइयो यौटा ठूलो बिजय परेड २८ अक्टोबर १९४५मा आयोजना गरियो साथै १९४५ मै नेपाली सैनिक तथा ब्रिटीस सैनिक लडेका स्थानमा नै उनिहरूलाइ मान पदवी प्रदान गरी सम्मान गरियो।

६ हैदरबाद एक्सन – 1948[सम्पादन गर्नुहोस्]

ब्रिटेनले भारत छोडीसकेपछी ब्रिटीस भारत पाकिस्तान र भारतमा बिभाजित भयो मुस्लिम र हिन्दू धर्मावलम्बी हरूका बिच ठांउ ठांउमा धार्मिक दंगा हुन थाल्यो, भारतिय प्रधानमन्त्री जवाहर लाल नेहरूले स्थिति नियन्त्रणमा लिनका लागी सैन्य साहयताका लागी अनुरोध गरे, नेपालका राणा सासक हरूले नेपाली सेना भारतमा तैनाथ गर्ने निर्णय गरे त्यसै अनुसरा श्रीनाथ, कालीबक्स, काली बहादुर गणेस दल, सम्शेर दल, नयाँ गोरख, बर्दबहादुर, देवीदत्त, सेर, भवानी दल, नरसिंह दल, पुरानो गोरख, गोरखनाथ गण, भैरंग, जबरजंग तथा काली प्रसाद गण हरूले यो मिसनमा भाग लिए।शाही नेपाली सेनाको नेतृत्व जनरल सारदा सम्शेर राणाले गरेका थिए। नेपाली सेना हैदरवाद, राँची, कलकत्ता, देहरादुन, रामगढ लगायतका ठाँउमा तैनाथ गरियो।नेपाली सेनाले स्थिति नियन्त्रण गर्न ठूलो योगदान दियो भारत सरकारको अनुरोधमा केही नेपाली सेनाले हैदरबाद एक्सनमा समेत भाग लिए जुन भारतिय गणतन्त्रका लागी ठूलो सहयोग थियो हैदरबादमा अभियान सफल भैसके पछि पनी नेपाली सेना हरू अर्को आठमहिना बसी मार्च १९४९मा नेपाल फर्किए।विश्वयुद्ध तिरको समय नेपाली सेना का लागी अनुभव, पेसागत दक्षता, सांगठनीक दक्षता, र भौतीक पुर्वाधार श्री वृद्धीको हिसावले नयां युग नै साबित भएको थियो त्यसपछी पनी नेपाली सेनाले नागरिक निकाय हरूलाइ धेरै वटा प्राकृतीक विपत्ती र अप्ठेरो हरू सहयोग गरि रहयो।

अन्तराष्ट्रिय शान्ती स्थापना मिसनमा संलग्नता[सम्पादन गर्नुहोस्]

देशभित्रका अस्थिरतामा संलग्नता[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

नेपाली सेनाले साढे ४ सय वर्षमा के के गर्‍यो ?http://www.onlinekhabar.com/2015/02/242246/

"नेपालले लडेका युद्धहरू" श्रेणीमा भएका पृष्ठहरू

कुल २३ मध्ये यस श्रेणीमा २३ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।