काँगडा किल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काँगडा किल्ला
काँगडा जिल्ला, हिमाचल प्रदेश भारत
काँगडा किल्ला
प्रकारकिल्ला
साइट जानकारी
नियन्त्रित द्वाराहिमाचल प्रदेश सरकार
अवस्थाभग्नावशेष
साइट इतिहास
सिर्जनाकर्ताराजपुत परिवार काँगडा राज्य कटोच राजवंश
सामग्रीग्रेनाइट चट्टानमाटो

काँगडा किल्ला हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा जिल्लामा अवस्थित एक ऐतिहासिक तथा पुरातात्विक महत्त्वको स्थल हो, जुन धर्मशालाबाट २० किलोमिटर दक्षिण पश्चिममा पर्दछ। काँगडा नेपालको महाकाली नदीबाट पश्चिम ७१६ किलोमिटर टाढा छ। यो काँगडाको मूल बजारबाट केही बाहिर रहेको छ । काँगडा किल्ला रहेको ठाउँलाई स्थानीय भाषामा भने पुराना काँगडा भनिन्छ। वाणगङ्गा र माझी नदीको दोभानमा उठेको थुम्कोमा निर्मित यस ढुङ्गे किल्लालाई भारतको सबैभन्दा पुरानो र हिमाली क्षेत्रको सबैभन्दा ठूलो किल्ला मानिन्छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

यस किल्लाको निर्माण कहिले भयो भन्ने एकीन तथ्य प्रमाणित हुन सकेको छैन । प्राचीन भारतको काँगडा राज्यका एक राजपुत परिवार (कटोच राजवंश)द्वारा निर्माण गरिएको मानिन्छ । यसको उद्भवलाई महाभारतमा वर्णित त्रिगर्त अधिराज्यसँग पनि जोड्ने गरेको पाइन्छ । इतिहासका विभिन्न चरणमा यस किल्लामाथि ठूलाठूला आक्रमण भएका थिए । सन् १६१५ मा मुगल बादशाह अकबरको आक्रमणको सामना गरेको थियो । यद्यपि पछि अकबरका पुत्र जहाँगिर सन् १६२० मा कब्जा गर्न सफल भएका थिए ।
मुगल साम्राज्य कमजोर हुँदै ओरालो लाग्न थालेपछि कटोच राजाहरूले बारम्बार मुगल अधीनस्थ क्षेत्रहरूमा आक्रमण कब्जा गर्न थाले । यही क्रममा राजा संसार चन्द सन् १७८९ मा आफ्ना पूर्वजले बनाएको किल्ला फिर्ता गराउन सफल भए । तर यस किल्लाभित्र संसार चन्दको बसाइँ पनि धेरै सुखद हुन सकेन । एकातिर गोर्खा साम्राज्यका विजयी सेनाको आक्रामक प्रहार खेप्नुपर्यो भने अर्कोतिर भारतीय इतिहासमा पञ्जावकेशरी भनेर चिनिने शिख राजा रणजित सिंहको तारो बनिरह्यो संसार चन्दको यो राज्य ।[२]

गोर्खाली वीरताको चिनो[सम्पादन गर्नुहोस्]

भारतमा शासन गररिहेको अंग्रेजलाई चुनौती दिने दुई शक्तिशाली राजा थिए, संसार चन्दरणजित सिंह । ती दुवैलाई एकसाथ थर्कमान बनाएका थिए, नेपालीले । पश्चिमोत्तर भारतको काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडाको यस ढुंगे किल्लाभित्र तीन वर्षसम्म थुनिएका थिए । गोर्खाली फौजले संसार चन्दलाई सन् १८०६ देखि १८०९ सम्म गरी तीन वर्ष यही किल्लाभित्र बन्धक बनाएको थियो । किल्ला जसले कब्जा गर्छ, उसैको राज्य हुन्छ भन्ने मान्यतालाई नेपालीले खण्डित गरेका थिए । किनभने नेपालीले त्यस राज्यको किल्लाबाहेक बाँकी सम्पूर्ण भूभागमा आधिपत्य कायम गरी त्योभन्दा निकै पर राबी नदीसम्म शासन गरेका थिए । किल्लाबाट देखिने गरी नजिकै अर्को डाँडोमा बडाकाजी अमरसिंह थापाले जयन्ती माताको मन्दिर स्थापना गरी ध्वजा फहराएका थिए । काँगडाको सिमानाभन्दा निकै पर गोर्खाली फौज पुगिसकेको थियो।[३]

खाना खजाना सकिएर अस्तित्व रक्षाकै अवस्थामा पुगेपछि संसार चन्द महिलाको वेश धारण गरी नजिकैको मन्दिरमा आइपुगे । महिलालाई सम्मान गर्ने र आक्रमण नगर्ने गोर्खाली फौजको नीतिबारे थापा पाएपछि संसार चन्दले यो उपाय अपनाएको आकलन इतिहासमा गरिएको छ । मन्दिरमा उनले रणजित सिंहका दूतहरूसँग गोप्य वार्ता गरे । त्यसपछि गोर्खाली सेनाविरुद्ध लड्न पञ्जाव र काँगडा एक भए । तर रणजित सिंहले गोर्खालीलाई धपाउने नाममा काँगडा राज्य नै हत्याए । संसार चन्दको काँगडा राज्य नै पतन भयो ।[४][५]
सन् १८४६ मा यो किल्ला शिख युद्धपछि सन् १८४६ मा अंग्रेजले कब्जा गरे । सन् १९०५ अप्रिल ४ मा ठूलो भूकम्प आएपछि यो किल्ला धेरै क्षतिग्रस्त भयो ।[६]

सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

हाल यहाँ संसार चन्द सङ्ग्रहालय छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]