माटो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माटोको विभिन्न तह

माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै:  पानी) र थुप्रै जीवहरुले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।

सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।

इतिहास[सम्पादन गर्ने]

माटो बन्ने प्रक्रिया[सम्पादन गर्ने]

माटोको गुण[सम्पादन गर्ने]

माटोको प्रयोग[सम्पादन गर्ने]

प्रकारहरु[सम्पादन गर्ने]

  • पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
  • बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
  • रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
  • तलैया माटोः बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
  • हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]