पहिलो नेपाल तिब्बत युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिब्बती विरुद्ध प्रथम अभियान
चित्र:Battle of Jhunga.jpg
झुँगा, पहिलो नेपाल-तिब्बत युद्धको पहिलो चरणको युद्ध
मिति१७८८ - ८९
स्थान
परिणाम नेपालको जित, केरूङको सन्धि
योद्धा
Qing Dynasty तिब्बत किंगको शासनमा नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty दलाई लामा रणबहादुर शाह
बहादुर शाह
शक्ति
१०,००० १०,०००
मृत्यु र क्षति
अज्ञात

पहिलो नेपाल तिब्बत युद्ध नेपालका लागि तिब्बत प्रागएतिहासिक काल देखि राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए। नेपालका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो सँग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे। व्यापारीक रूपमा पनि नेपालका लागि यो संबध लाभकारक थियो किन भनें तिब्बत आफैले सिक्का बनाउदैनथ्यो नेपाली चांदीका पैसानै तिब्बतका पनि पैसा का रूपमा उपयोग हुन्थे।

तर त्यो राम्रो संबध तब बिग्रन थाल्यो जब मल्ल राजा हरूले काठमाडौँ एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन थाले, जब पृथ्वी नारायण शाहले उपत्यका एकिकरण संपन्न गरे तिब्बतले मिसावटी मुद्रालाई शुद्ध चांदीका मुद्राले साट्नुपर्ने माग गर्‍यो। उनले यदी तिब्बती माग पुरा गरेमा आफुलाई ठूलो घाटा हुने देखे त्यसैले उनको देहान्त सम्म यो मुद्धा यथास्थितिमा रह्यो। साना राजा रणवाहदुर शाही रिजेन्ट भएकी राजमाता रानी राजेन्द्र लक्ष्मीले सन १८८८मा यो मुद्रा समस्या हल गर्ने प्रयास गरिन साथै नेपाल तिब्बत संबधमा अर्को दुखद घटना स्यामर्पा लामा र उनका १४ चेला हरूलाई नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। त्यसैगरी अर्को कारण तिब्बतबाट नेपाल आउने सबै नुन तिब्बतले नेपाललाई त्यसबेला उपलब्ध गराइ रहेको नुन अत्यान्त निम्न स्तरको नुन थियो तिब्बत नेपालले दिएको चेतावनीको वेवास्ता गर्दै युद्धको तयारी गर्न थाल्यो। त्यसैपछी नेपाली हरूले तुरून्त तिब्बतमा थुप्रैठांउबाट आक्रमण बनाउन बाध्य भए।

,,