सामग्रीमा जानुहोस्

सुगौली सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुगैली सन्धि
हस्ताक्षर१८७२ मङ्सिर १९
कार्यान्वयन१८७२ फागुन २४
हस्ताक्षरकर्तागजराज मिश्रचन्द्र शेखर उपाध्याय (नेपाल)
प्यरिस ब्राड्स (इस्ट इन्डिया कम्पनी)
विकिस्रोतमा
greater nepal map with british india map

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनीनेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्रचन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौँमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो। यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो। यस अन्तर्गत दार्जिलिङसिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।

तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलालीकञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ।

नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौँको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।

सुगौली सन्धिअघि

सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर

सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गढवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो तर वर्तमान कालमा यी क्षेत्र भारतका भूभागमा पदर्छन्।

सन्धिवार्ता

नेपालीहरूले बहादुरीसाथ लडेका थिए, तापनि धन र जनले सुसंपन्न शत्रुसितको भीषण मुकाबिलामा नेपाल विजयी हुन सकेन। सेनापति काजी अमरसिंह थापाको आत्मसमर्पण पछि त नेपालको युद्ध जित्ने आशा नै मर्न गयो, र अन्तमा विवश मई सन्धिको प्रस्तावका निम्ति बाध्य हुनुपयो ।

आखिर सन्धिका निम्ति कुरा चल्यो । नेपालसरकारको प्रतिनिधिस्वरूप गजराज मिश्र तथा चन्द्रशेखर उपाध्यायहरूले -ब्रिटिश कंपनीसरकारका प्रतिनिधिस्वरूप भई आएका कर्नल ब्राडशासित संधिवार्ताहरूमा भाग लिए । वार्तामा कंपनी सरकारका प्रतिनिधिले- 'नेपालको संपूर्ण तराईक्षेत्रमा कंपनी सरकारको अधिकार हुनेछ' भन्ने शर्त राखेको हुँदा पहिलो वार्ता असफल भई टुंगियो । प्रतिनिधिहरू आफआफ्नो देशमा फर्की पुनः युद्धको तयारीमा लाग्न थाले ।

पछि कंपनीसरकारका अधिकारीहरूले नेपालको संपूर्ण तराई खण्ड लिने मनसुबालाई त्यागेर कोशी र गण्डकीको बीचको भूभाग र अरू केही- क्षेत्र मात्र आफूसँग राखी त्यसको सट्टा दुइ लाख रुपियाँ नेपालसरकारलाई दिने भन्ने शर्त राखी संधि गर्न मञ्जर गरी प्रतिनिधि पठाएको हुँदा- पुनः संधिवार्ता चालू हुन गयो । संधिको प्रस्तावनामा मेजर ब्राडशाले सन् १८१५ डिसेम्बर २ तारीखका दिन सही गरे; र नेपाली प्रतिनिधिले चाहि २८ नोवेम्बरमा सही गरिसकेका थिए ।

यस संधिको आखिरी दफामुताबिक नेपालसरकारबाट पन्ध्र दिनभिन्न तथा बृटिश गवर्नर जनरलबाट बीस दिनभित्र, अथवा सकेसम्म त्योभन्दा पनि अगाडि स्वीकृति लिनुपर्ने थियो । तर निश्चित अवधिभिन नेपालसरकारबाट स्वीकृति प्राप्त हुन सकेन । नेपालदरबारमा अंग्रेजद्वारा प्रेषित यस संधिलाई स्वीकार गर्ने नगर्ने, भन्ने कुरामा ठूलो बहस चल्यो । अमरसिंह थापा, रणजोर थापाहरू पुनः युद्ध गर्ने पक्षमा थिए । उनीहरूको विचारानुसार वर्षा प्रारम्भ हुनासाथ अंग्रेजहरू पछाडि हट्न बाध्य हुने थिए । तर त्यस बेलाको स्थिति यस्तो भैसकेको थियो कि लडाइँ जारी गरिराख्नमा नेपाललाई कल्याण थिएन, न त संभव नै थियो।

सन्धिपत्रमा नेपालसरकारतर्फबाट निश्चित अवधिभिन्न सही नभएकोले तथा नेपालको युद्ध ने गर्ने इरादा थियो भन्ने किसिमको सूचना पाएकोले- मेजर जनरल ऑक्टरलोनीको नेतृत्वमा एक दल फौजले काठमाडौंतिर प्रस्थान गयो। युद्ध जारी गर्नुपर्छ भन्ने भारादारमध्येका रणजोर थापाले आफ्नो नेतृत्वमा रहेको हरिहरपुरको गढीलाई रक्षा गर्न सकेनन्। उता अक्टरलोनी चुरेको पहाड हुँदै मकवानपुर पुगे। मकवानपुरमा पनि नेपालीहरू हारेपछि नेपालसरकारका युद्धपक्षीय भारादारहरूसमेत संधिका निम्ति तयार भए। नेपालसरकारका प्रतिनिधि गराई लालमोहर लागेको सन्धिको प्रतिलिपिसमेत दिइएर चन्द्रशेखर उपाध्याय मकवानपुर पठाइए । नेपालीहरूले अगाडि नै कुरा टुंगिसकेकोमा संधिमा सही नगरी युद्ध लम्ब्याएको अपराधमा- पूर्वनिश्चित संधि मात्र लागू नभइ चूरेसम्म कम्पनीसरकारको सीमाना हुनेछ, भनी ऑक्टरलोनीले कुरा थपे । युद्ध जारी गर्नुपर्छ,भन्ने भारादारहरू त्यसमा पनि मञ्जर गरी संधिका निम्ति लडखडाइसकेका थिए ।

नेपालसरकारको स्वीकृतिको छाप लागेको संधिपत्रको प्रति चन्द्रशेखर उपाध्यायले सन् १८१६ मार्च ४ तारीखका दिन (संवत् १८७२ सालमा) दिउँसोको साढे दुइ बजे अंग्रेज कंपनीसरकारका प्रतिनिधिका हात मकवानपुरमा सुम्पे, तथा अंग्रेज प्रतिनिधिले बृटिश गवर्नर जनरलबाट स्वीकृत गरिएको प्रति नेपाली प्रतिनिधिको जिम्मा लाइदिए। र यसरी करीब २ वर्षदेखि नेपाल र बृटिश भारतको बीच चलेको युद्ध बन्द भइ शान्ति कायम भयो ।

नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन

ब्रिटिश भारतका प्रोविनेन्सहरू र नेपालको स्थिति]] १. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौँमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।

२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे। तर नेपाल बाध्य बन्यो- यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे।

३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औँ दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो।

सन्धिको वैधता

१. सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनु पर्ने कुरा लेखिएको भएपनि राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन।

२. ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो। यस कारण गभर्नर जनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिइयो।

सीमा विवाद

सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ।

  • सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्।
  • परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ। यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू