लिम्पियाधुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिम्पियाधुरा नेपालको पश्चिमोत्तर क्षेत्रको अन्तिम सिमाना विन्दु हो, जहाँ नेपालभारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । महाकालीका मुख्य योगदानकर्ता नदीहरुमध्ये काली नदी (स्थानीय बोलीमा कुटी याङ्दी) लिम्पियाधुराबाटै उत्पत्ति हुन्छ ।

विवाद[सम्पादन गर्नुहोस्]

यद्यपि, भारतले लिम्पियाधुराबाट करिब ३० किलोमिटर पूर्व कालापानीमा सीमा सुरक्षा फौज इन्डो टिबेटन बोर्डर पुलिसको शिविर राखेर त्यहीँसम्मको भूमिलाई आफ्नो दाबी गरिरहेको छ ।[१] त्यसलाई नेपालले भारतको गलत दाबी भन्दै अतिक्रमणको संज्ञा दिएको छ । नेपालले सुगौली सन्धि अनुसार महाकालीको उत्पत्ति विन्दु लिम्पियाधुरा भएकाले त्यसैलाई चीन, भारतनेपालको त्रिदेशीय सीमाविन्दु मान्नुपर्ने दाबी गर्दै आएको छ । कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजका छलफल गर्न तयार रहेको नेपालको अडान छ । नेपालसँग सुगौली सन्धि गर्ने पक्ष तत्कालीन ब्रिटिस इन्डियाको नापी विभागले जारी गरेका नक्साहरूमा लिम्पियाधुरालाई नै महाकाली नदीको उत्पत्तिस्थल तथा नेपाल-भारतको अन्तिम सिमाना कायम गरिएको छ र त्यसमा नेपालले पनि सहमति जनाएको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]