सामग्रीमा जानुहोस्

भारत तिब्बत सीमा प्रहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Indo-Tibetan Border Police
भारत तिब्बत सीमा पुलिस
भारत-तिब्बत सीमा पुलिस को प्रतीक
भारत-तिब्बत सीमा पुलिस को प्रतीक
Indo-Tibetan Border Police Flag
Indo-Tibetan Border Police Flag
छोटो रूपITBP
आदर्श वाक्यShauryaDridhataKarm Nishtha
ValourSteadfastness and Commitment
निकायको अवलोकन
स्थापना1962
कर्मचारी89,432 Active personnel[]
वार्षिक बजेट७,४६१.२८ करोड (युएस$१�० बिलियन) (2022-23)[]
क्षेत्राधिकार संरचना
सञ्चालन क्षेत्राधिकारIN
Ministry of Home Affairs (India)
  • भारत-तिब्बत सीमा पुलिस बल ऐन, १९९२
सञ्चालन संरचना
प्रधान कार्यालयनयाँ दिल्ली, भारत
मन्त्री responsible
कार्यकारी
सुविधाहरू
Boats30
वेबसाइट
itbpolice.nic.in

भारत तिब्बत सीमा प्रहरी (अङ्ग्रेजी: The Indo-Tibetan Border Police -ITBP) भारतको सातवटा केन्द्रीय सशस्त्र प्रहरी बलमध्येको एक हो, जसलाई सन् १९६२ अक्टोबर २४ मा स्थापना गरिएको थियो। खासगरी सन् १९६२ मा भारत चीनसँगको युद्धमा पराजित भएपछि तिब्बतसँगको सीमा क्षेत्रमा तैनाथ गर्नका लागि यो बल खडा गरिएको हो ।

भारतले नेपालको सहमतिबेगर नेपालको कालापानी क्षेत्रमा पनि यही बल तैनाथ गरेको छ। यो क्षेत्र लिपुलेक भएर मानसरोवर जाने बाटो र प्राचीन चीन-नेपाल-भारतको व्यापारिक मार्ग पनि भएकाले रणनीतिक महत्त्वको छ।[]

तिब्बतसँगको सीमा सुरक्षा सुनिश्चित गर्न भन्दै सन् १९९६ मा भारतको संसदले भारत तिब्बत सीमा पुलिस बल ऐन, १९९२ कार्यान्वयनमा ल्याएको थियो । यस सुरक्षा बलका पहिलो प्रमुखका रूपमा महानिरीक्षक बलवीर सिंहलाई नियुक्त गरिएको थियो, जो त्यसअघि भारतीय जासुसी निकाय इन्टेलिजेन्स ब्यूरोका एक अधिकृत थिए । सुरुमा चारवटा बटालियन रहेको यस बललाई सन् १९७८ पछि पढाउँदै ६० बटालियन बनाइएको छ । १५ वटा सेक्टर र छ फ्रन्टियर छन् । यस बलको कुल जनशक्ति सन् २०१८ सम्म ८९,४३२ रहेको छ ।[]

विशेष क्षमता

[सम्पादन गर्नुहोस्]

लद्दाखको काराकोरमदेखि अरुणाचल प्रदेश को जाछेप लासम्म ३४८८ किलोमिटर चीनसँगको सीमा सुरक्षाका लागि यस बललाई खटाइएको छ । यस बलका चौकीहरूको उचाइ ९००० फिटदेखि १८७०० फिटसम्ममा अवस्थित छन् । यसका सिपाहीहरूलाई पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा हुन सक्ने युद्धका लागि विशेष तालिम दिइएको हुन्छ ।
नागरिक मेडिकल शिविर, आणविक, जैविक, रासायनिक तथा प्राकृतिक विपद व्यवस्थापनको प्रशिक्षण यस बललाई दिने गरिएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनासम्बन्धी मिसनमा पनि यस बललाई सहभागी गराउने गरिएको छ । बोस्निया हर्जगोबिना, कोसोभो, सिरिया लियोन, हैटी, पश्चिम सहारा, सुडान, अफ्गानिस्तान लगायतका मुलुकमा यसका मिसन खटाइएका छन् । यसका दुईवटा बटालियनलाई राष्ट्रिय विपद उद्धार बलका रूपमा खटाइएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "MHA Annual Report 2016-2017", मूलबाट ८ अगस्ट २०१७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ८ अगस्ट २०१७ मिति
  2. "Rs 1.85 lakh crore allocation to MHA in budget", The Economic Times, अन्तिम पहुँच २०२२-०२-०१ 
  3. "Indo Tibetan Border Police Force", मूलबाट २९ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-२६ 
  4. https://nepalmag.com.np/news/2015-06-07/8506.html
  5. https://web.archive.org/web/20170812061532/http://mha.nic.in/sites/upload_files/mha/files/EnglAnnualReport2016-17_17042017.pdf
  6. http://itbpolice.nic.in/itbpwebsite/indexhindi.html#

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]