गजराज मिश्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजगुरु गजराज मिश्र नेपालको राजनीतिज्ञ, राजदूत, तथा शाह वंशका राजगुरु थिए । उनी राजा प्रतापसिंह शाह र राजकुमार बहादुर शाहका गुरु थिए । उनी बनारसमा कार्यरत नेपाली राजदूत थिए। छिमेकी भारतका राजनीतिक गतिविधिबाट सजग रहने उद्देश्यअनुसार राजा पृथ्वीनारायण शाहले पण्डित गजराज मिश्रलाई स्थायी बनारसमै राख्दै आएका थिए। सन् १८१६ मार्च ४ का दिन नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बिच भएको सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मध्ये गजराज मिश्र एक थिए।[१]

यिनले नेपालका गोप्य सूचना कम्पनी सरकारलाई दिने, आफ्नो देशको सरकारबीच कलह सृजना गरी विभाजन ल्याउने भूमिका खेल्नुका साथै कम्पनी सरकारले पठाएको सन्धि समझौतामा नेपाल सरकारलाई अनुमोदन गराउने दबाबकारी भूमिका निर्वाह गरे।

नेपालको तर्फबाट सुगौली सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिपछि नेपाल देशलाई नै त्यागी कम्पनी सरकारसँग गई कम्पनी सरकारलाई फाइदा हुने सन्धि अनुमोदन गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा ब्रिटेस अग्रेज (कम्पनी) सरकारले यिनीहरूलाई कलकता, काशी, कांगडामा अथाहा चल–अचल सम्पति दिनुको साथै चन्द्रशेखर उपाध्यायलाई मुजफ्फरपुरस्थित कर्नुलमा ३६ वाट मौजा (बस्ति)को जमिन र जनता दिइ उसका नाति–पनातिहरूलाई भारतका मजिष्टेट समेतका उच्च पदमा सुरक्षित गराए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २०११-०६-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-१०