भुटानी शरणार्थी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चित्र:Bhutanirefugee.jpg
पूर्व नेपालको शरणार्थी शिविरमा रहदै आएका भुटानी शरणार्थीहरू

भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दु धर्मावलम्बी मान्छेहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङझापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट बाहिर खेदि दिईयो भन्ने उनीहरूको दावी छ।

इतिहास[सम्पादन गर्ने]

भुटानमा दुई प्रकारका नेपाली मूलका मान्छे बसोबास गर्छन- एक जो पहिलेदेखि नै भुटानमा बस्दथे, अर्को जो सन १९५० को दशकमा भारतबाट भुटानमा बसाइ सरे। भुटानी महायान बौद्ध सम्प्रदाय (जो तिब्बतबाट भुटानमा फैलियो) को विकासमा नेपाली राजकुमारी भृकुटी र नेपाली कलाकार अरनिकोले योगदान दिएका छन। अतः नेपाली कलाकार तथा शिल्पकार मध्ययुग देखि नै भुटानमा कला, स्तुप निर्माण आदि को लागि जाने गर्दथे। भुटानमा १९ औं शताब्दीदेखि नै नेपाली मूलको मान्छेहरु बसोबास गर्दै आएको इतिहास छ।

भारतको उत्तर-पूर्वी ७ राज्यहरुमा पनि नेपाली मूलका मान्छे भारतको स्वतन्त्रता भन्दा पहिले देखि नै बस्दै आएका थिए। तर यि राज्यहरुमा स्थानीय जातिहरुको बढी अधिकार दिने व्यवस्था गरेपछि यि ठाउँहरुमा बस्ने नेपालीहरुको जिवन कठिन हुँदै गयो। अतः सन १९५० को दसकमा उनिहरु भुटानको दक्षिणी भागमा तथा नेपाल, दार्जिलिङ, सिक्किम आदि ठाउँहरुमा बस्न थाले ।

सन १९५० सम्ममा स्थानान्तरीत जातिहरुले नेपाल तथा भुटानमा नागरिकता पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मान्छेहरुको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका ड्रुक समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरुमा नेपाली भाषाको पठनपाठनमा रोक लगाइयो; दौरा, धोती, साडी, कुर्ता आदिको सट्टा भुटानी राष्ट्रिय पोसाक लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरुले गर्दा भारत बाट स्थानान्तरीत नेपालीहरु र भुटानमा पहिलेदेखि नै अवस्थित नेपाली मूलका मान्छेहरुले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार टेकनाथ रिजालले गर्नुभयो। नेपाली भाषा, हिन्दु धर्म, वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर प्रजातन्त्र स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरुलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मान्छेहरुको नागरिकता फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरि दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। [१]

भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरुलाई भारतमा शरण दिइएन। अतः धेरैजसो शरणार्थी नेपालको झापा जिलामा रहेको शरणार्थी शिविरमा बस्न थाले।

भुटानको दृष्टिकोण[सम्पादन गर्ने]

भुटानी शरणार्थी (ल्होतसम्पा) दक्षिण भुटानमा उन्नाईसौं शताब्दिदेखिनै बसोबास गर्दै हुनुहुन्थ्यो, उँहालाई सन १९८८ को मूलूककै प्रथम जनगणना पछि भुटानबाट बाहिर खेदिइयो। उँहा अहिले पूर्व नेपालको शरणार्थी शिविरमा जीवन बिताई रहनुहुँदैछ।

नयाँ विकास[सम्पादन गर्ने]

नेपालले यो समस्या भुटानी आन्तरिक समस्याको रुपमा लियो किनकि यो समस्या नेपाल र नेपाली बिच जोडिएको थिएन। तर एक लाख शरणार्थीलाई पालन-पोषण गर्नु नेपालको लागि कठिन हुँदै थियो। साथै, नेपाली मूल, हिंदू संस्कृति (त्यो समय नेपाल एक मात्र हिन्दु राष्ट्र थियो) आदि संग सम्बन्धित दबाब (प्रेसर) बढेपछि सन १९९९ मा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले संयुक्त राष्ट्र संघलाई यस समस्याको बारेमा जानकारी गराउनुभयो।

बर्षौ सम्म शरणार्थीको जीवन गुजार्न बाध्य शरणार्थीहरुले माओवादीको प्रभावबाट भुटानी कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना गरे जुन भुटानमा राजतन्त्र समाप्त गरि एक कम्युनिस्ट गणतन्त्र भुटानको स्थापना गर्न चाहन्थ्यो।

अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरि यि शरणार्थीहरुलाई संयुक्त राज्य अमेरिका, ब्रिटेन, अस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भुटानी शरणार्थीहरुको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा नागरिक बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]