धोती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धोती कम्मरमा बेरेर लगाइने एक प्रकारको वस्त्र हो । कछाडको वर्धित रुपलाई धोती भनिन्छ । ब्राह्मण,थारु, मधेसी आदिले धोती लगाउँछन्। ब्राह्मणले लगाउने धोती विशेष कार्य (पूजापाठ आदि)मा जरूरी हुन्छ । धोती खासगरी लोग्नेमान्छेहरूले लगाउने लुगा हो यद्यपि महिलाहरुले पनि धोती लगाउँछन् । उनिहरुको धोती रङ्गिन हुन्छ । त्यस्तै पुरुषले लगाउने धोती सेतो रंगको कपडाको हुन्छ र यसको लम्बाइतर्फका दुई किनारामा पारी भएको हुन्छ । धोती कम्मरदेखि तल लगाइन्छ । एक छेउको फर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र धोती हो । तराईमा धेरैजसोले धोती लगाउँछन् । धोती लगाउँदा हलुका महसुस हुन्छ। धोतीको अझ छोटो रूपलाई लँगौटी भनिन्छ।

प्रकार[सम्पादन गर्नुहोस्]

महिलाले पनि धोती लगाउँछन् । महिलाका धोती रंगिन हुन्छन् । महिलाले लगाउने धोतीका लम्बाइका दुई किनारामा पनि पारी हुन्छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]