लाजिम्पाट
लाजिम्पाट
लाजिमपट राजपत्तन | |
|---|---|
नगर | |
| देश | |
| अञ्चल | बागमती |
| जिल्ला | काठमाडौँ जिल्ला |
| जनसङ्ख्या (1991) | |
| • जम्मा | ९,४८१ |
| समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |

लाजिम्पाट काठमाडौँको एक आवासिय क्षेत्र हो । दुईसय वर्षअघिको 'पाँडेथली' आज लाजिम्पाटको नामले सुप्रसिद्ध छ। थापाहरू बस्ने क्षेत्रलाई 'थापाथली' भने झैं त्यस इलाकामा केही पाँडेहरू बसोबास गर्ने हुनाले त्यसलाई पाँडेथली या पाँडेगाउँ भनिन्थ्यो ।[१] यो नारायणहिटी राजदरबारको नजिक छ र विभिन्न होटल, दुतावासको अवस्थितिले परिचित छ । लाजिम्पाट दरबार यही रहेको छ जुन अहिले होटल शंकरमा परिणत भएको छ ।
लाजिम्पाटको एक सिमा ठमेलसँग जोडिएको छ भने अर्को तिर प्रधानमन्त्रि, प्रधानन्यायधिश र सभामुखको आवास रहेको बालुवाटार क्षेत्र छ ।
नामाकारण
[सम्पादन गर्नुहोस्]सत्यमोहन जोशीको राय
[सम्पादन गर्नुहोस्]संस्कृतको ‘राजपत्तन’ (राजधानी) अपभ्रंश भएर लाजिम्पाट भएको हो ।[२]
डा. प्रेम सिंह बस्न्यातको राय
[सम्पादन गर्नुहोस्]लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो। ‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो। किरातकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो ।[३]
डा. महेशराज पन्तको राय
[सम्पादन गर्नुहोस्]ब्रिटिस राजदुतको आवास (लजिङ, अङ्ग्रेजी: Lodging) र पार्ट (अङ्ग्रेजी: Part) बाट यो स्थानको नाम लाजिम्पाट रहेको हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ मजलिसको आँखा–१० लाजिम्पाट दरबार–शंकरहोटेल
- ↑ sacho sacho channel (२०१९-०९-०३), कसरि भयो रजपतनको नाम लाजिम्पाट !!!सुन्नुहोस इतिहासविद शताब्दि पुरुष सत्यमोहन जोशी बाट, अन्तिम पहुँच २०२५-१२-१९।
- ↑ "जोशीको दाबीमा असहमति", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-१९।