लाजिम्पाट दरबार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लाजिम्पाट दरबार
Hotel Shanker in the 1970, post refurbishment.jpg
लाजिम्पाट दरबार (राणा शासनमा अग्नि भवन भनियो)
सामान्य विबरण
वास्तुकला शैली नवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला
शहर काठमाण्डौ
राष्ट्र नेपाल
निर्माण सम्पन्न १८९४
लागत अज्ञात
ग्राहक काजी वीरकेशर पाँडे, वीर शम्शेर जबरा
प्राविधिक विवरण
बनावट ईँट र गिलेवा
योजना तथा निर्माण
आर्किटेक्ट पछिल्लो संरचना जोगवीर स्थापितद्वारा

लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे वंशको दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर र त्यसपछि अग्नि शम्शेरले लिए ।

इतिहास[सम्पादन गर्ने]

दरबार नारायणहिटी राजदरबार नजिकै अवस्थित छ ।[१]

पाँडे वंश[सम्पादन गर्ने]

जसरी थापाथली थापा वंशको थलो थियो त्यसरी नै लाजिम्पाट पाँडे वंशको थलो थियो । कोत पर्वपश्चात राणावंशी शासकहरूका मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले यस दरबार कब्जा गरे र २८ वर्ष सन् १८७५ सम्म बसोबास गरे ।[२]

राणावंश[सम्पादन गर्ने]

लाजिम्पाट दरबार (अग्निभवन पनि भनिन्छ) १९६४ पश्चात

मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले सन् १८७५ मा बनारस प्रस्थान गरे । सन् १८८६ मा वीरशम्शेरले आफ्नो भाइ जीत शम्शेरका लागि पुरानो भवन भत्काइ नयाँ भवन बनाए । जीत शम्शेरको देहान्त सन् १९१३ मा भएपछि जुद्ध शम्शेरका छोरा अग्निशम्शेरले पाए । त्यसैले यो भवनलाई अग्निभवन पनि भनिन्छ ।[१] अग्निशम्शेरको देहान्त भएपछि यस भवनलाई होटल शङ्करमा परिणत गरियो ।[२]

होटल शङ्कर[सम्पादन गर्ने]

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो । पछिल्लो संरचना राणा शासनमा जोगवीर स्थापितद्वारा वीर शम्शेरको लागि बनाइयो।

स्रोतहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अभिगमन मिति २०१५-०६-०५ 
  2. २.० २.१ JBR, PurushottamShamsher (2007) (Nepaliमा). Ranakalin Pramukh Atihasik Darbarharu. Vidarthi Pustak Bhandar. ISBN 978-9994611027. http://www.amazon.com/Ranakalin-Pramukh-Atihasik-Darbarharu-Historical/dp/B00CWSP1U2/ref=asap_bc?ie=UTF8. अन्तिम पहुँच मिति: 2015.