लाजिम्पाट दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाजिम्पाट दरबार
लाजिम्पाट दरबार (राणा शासनमा अग्नि भवन भनियो)
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला
सहरकाठमाण्डौ
राष्ट्रनेपाल
सम्पन्न१८९४
लागतअज्ञात
ग्राहककाजी वीरकेशर पाँडे, वीर शम्शेर जबरा
प्राविधिक विवरण
बनावटईँट र गिलेवा
योजना तथा निर्माण
वास्तुकारपछिल्लो संरचना जोगवीर स्थापितद्वारा

लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे वंशको दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर र त्यसपछि अग्नि शम्शेरले लिए ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

दरबार नारायणहिटी राजदरबार नजिकै अवस्थित छ ।[२]

पाँडे वंश[सम्पादन गर्नुहोस्]

जसरी थापाथली थापा वंशको थलो थियो त्यसरी नै लाजिम्पाट पाँडे वंशको थलो थियो । कोत पर्वपश्चात राणावंशी शासकहरूका मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले यस दरबार कब्जा गरे र २८ वर्ष सन् १८७५ सम्म बसोबास गरे ।[३]

राणावंश[सम्पादन गर्नुहोस्]

लाजिम्पाट दरबार (अग्निभवन पनि भनिन्छ) १९६४ पश्चात

मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले सन् १८७५ मा बनारस प्रस्थान गरे । सन् १८८६ मा वीरशम्शेरले आफ्नो भाइ जीत शम्शेरका लागि पुरानो भवन भत्काइ नयाँ भवन बनाए । जीत शम्शेरको देहान्त सन् १९१३ मा भएपछि जुद्ध शम्शेरका छोरा अग्निशम्शेरले पाए । त्यसैले यो भवनलाई अग्निभवन पनि भनिन्छ ।[२] अग्निशम्शेरको देहान्त भएपछि यस भवनलाई होटल शङ्करमा परिणत गरियो ।[३]

होटल शङ्कर[सम्पादन गर्नुहोस्]

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो । पछिल्लो संरचना राणा शासनमा जोगवीर स्थापितद्वारा वीर शम्शेरको लागि बनाइयो।

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. दीक्षित, कमल (फाल्गुण ३०, २०७१), "मजलिसको आँखा–१०, लाजिम्पाट दरबार–शंकरहोटेल", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 
  2. २.० २.१ "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अन्तिम पहुँच २०१५-०६-०५ 
  3. ३.० ३.१ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५