अल्मोडा युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अल्मोडा युद्ध नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडाभन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दापनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्मसमर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।