अल्मोडा युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल्मोडा युद्ध नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरूको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडाभन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दापनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्मसमर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।