सामग्रीमा जानुहोस्

देवीदत्त गण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री देवीदत्त गण
देशनेपाल
साखानेपाली सेना
प्रकारशशस्त्र
संलग्नताहरूप्रथम विश्वयुद्ध
दोस्रो विश्वयुद्ध

श्री ५ रणबहादुर शाहको शासनकालमा पाल्पा हमलाको लागि वि.स.१८४० मा स्थापना गरी पाल्पाको लडाइँमा पठाउदा राम्रो काम्गरेकोले वि.स.१८४२ साल बैशाख १४ गते मौसुफबाटै निशान प्रदान गरी देविदत्त कम्पनी कोनाममा यस गण खडा भएको हो। कालुमासिंह थापा को नितृत्वमा १८४१ देखि १८४४ सालसम्म यस पल्टनले बाइसी चौबिसि राज्यहरूसँग लडदै नेपाल एकीकरण को कार्यमासहभागी रह्यो। वि.स.१८६३ मा काजी द्देवत्त थापाको नेतृत्व मागढवालको लडाइँ तथा वि.स.१८६ मा काजी जसपाउ थापाको नेतृत्व माकिल्ला काकडामा विरतापूर्वक लडाइँ लडेका थिए। वि .स.१८६९ सालमा देविदत्त कम्पनी जो नामबाट देविदत्त पल्टन रहन गयो। वि.स.१८७१-७२ सालमा काजी सुन्दर थापाकी नेतृत्व मा अग्रेज समराज्यबाद विरुद्ध यस पल्टन धेरै पटक विभिन्न स्थानमा लडेर बहादुरी कमाव्जो थियो ।वि.स.१९११-१२ सालमा तिब्बत -भोट युद्ध अन्तर्गत केरुडको लडाइमा देविदत्त पल्टन पनि संलग्न रहेको थियो।वि.स.१९१४-१५ सालमा भारतमा भएको सिपाही विद्रोह नियन्त्रण गर्ने कार्यमा बृटिश सरकारलाई मद्दत गर्न कर्णेल शेरजंग थापाको नेतृत्व मा गएको टोलिले बहादुरी साथ लडि लखनउ मा विद्रोही हएउ निर्मुल पार्ती प्रथम विश्व युद्धमा बृटिस सरकारको सहयोगार्थ वि.स.१९७१ देखि १९७५ सम्म कर्णेल इन्द्र सम्शेर जवराजो नेतृत्व मा भारतको अटोवाबाद्मा श्री पुरानो गोरख गण पल्टनसँग मिलि ग्यारिजन डिउटी मा पुरै गण खट्टी आप्नो क्षमाता र विरता प्रदर्शन गरी आएको थियो।

यस गणमा द्वन्दको क्रममा विरगती प्राप्तगर्ने सपुतहरू

[सम्पादन गर्नुहोस्]
सि.न.दर्जानामथरवीरगति प्राप्त मितिवीरगति प्राप्त स्थान
१.हु.कुलबहादुर सुवेदी२०६१/२/२०गतेरोल्पा
२.हु.मणिकचन्द्र चौधरी२०६२/९/३गतेबाग्लुङ ,माझखर्क
प्युठआकाशकुमार महतो२०५९/६/३चितवन
४.सिपाहीनारायण श्रेष्ठ२०५९/१२/२१मकवानपुर महादेवडाडा
सिपाहीरमेश पौडेल२०६०/९/११मकवानपुर ज्यामिरे
७.सिपाहीअजय राना मगर--मकवानपुर ,ज्यामिरे
८.सिपाहीललितकुमार पौडेल--मकवानपुर ,ज्यामिरे
९.सिपाहीसूर्यप्रसाद घिमिरे२०५८/५/४गतेचितवन राष्ट्रिय निकुञ्ज
१०.सिपाहीलाबहादुर पिठाकोटी मगर२०६१/२/९मकवानपुर ,डाडाखर्क
११सिपाहीखडक बहादुर भट्टराई२०६०/८/११अलेखगन्ज
१२.सिपाहीबलराम पूर्वछने मगर२०६२/१२/३१कास्की

विदेशी भूमिमा देवीदत्त गण

[सम्पादन गर्नुहोस्]

भारतिय सैनिक विद्रोह दमन

[सम्पादन गर्नुहोस्]

वि.स.१९१४-१५सालमा भारतमा भएको सैनिक विद्रोहलाई नियन्त्रण गर्न तत्कालीन बृटिस सरकारबाट सहयोग माग भइ आएकोमानेपाल सरकार बाट ६ वटा रेजिमेण्टहरू उक्त कार्यको लागि खटाइ पअठाएको थियो।उक रेजिमेण्ट हएउ मध्ये देविदत्त पल्टन पनि सहभागिता भ इलखनउ बागिहरूलाई निर्मुल पार्न सफल भएको थियो।

प्रथम विश्वयुद्ध

[सम्पादन गर्नुहोस्]

वि.स.१९१४-१९१८ सम्म भएको प्रथम विश्वयुद्धमा तत्कालीन बृटिस सरकारलाई सहयोग गगर्न अरु नेपाली पल्टन संगै देविदत्त गणका ५६१ जवानहरू भारतमा गइ अटोवाबादमा ग्यारिजन डिउटीमा खट्तिइ साहसी र इमान्दारिपूर्वक कार्य सम्पादन गरेका थिए।

दोस्रो विश्वयुद्ध

[सम्पादन गर्नुहोस्]

वि.स.१९३९-१९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा समेत यश गणले महत्त्वपूर्ण भूमिका खेलेको थियो।यश युद्धमा देविदत्त पल्टनका फौजहरूले तत्कालीन कर्णेल श्री सुरेन्द्र बहादुर बस्नेतको कमाण्डमा राजमुकाम पठानसंग लडेर महावीर नेपालिहरूको परिचय दिई विरता प्रदर्शन गरेका थिए।

हैदरावाद समस्या

[सम्पादन गर्नुहोस्]

भारत स्वतन्त्र भए पश्चात् हैदराबादमा फैलिएको जातिय दङ्गालाई निस्तेज पार्न भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको आग्रह मा तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले सहयोग गरेका थिए। सोक्रममा देविदत्त पटन पनि खट्टिइ गएको थियो। यसैक्रममा हैदरावाद,कलकत्ता ,देहरादुन,राँची ,रामगढ आदि ठाउहरूमा नेपाली फौज तैनाथ रहि सफल कारवाहिहरू सञ्चालन गरेको थियो। हैदरावादमा फैलिएको जातिय दङ्गा नियन्त्रण गर्न देविदत्त पल्टनले श्री पुरानी गोरख गणसंग सहकार्य गरी आप्नी भूमिका नुर्वाह गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]