अन्तिम नेपाल तिब्बत युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्तिम नेपाल तिब्बत युद्ध
अन्तिम नेपाल तिब्बत युद्ध गुन्तागढी, केरूङमा
तेश्रो नेपाल-भोट युद्ध
मिति १९१०-१९११
स्थान तिब्बत, नेपाल
परिणाम नेपाल विजयी,
थापाथली सन्धि
युद्धरत
 Qing dynasty Flag of Nepal (1775–1962).svg नेपाल
उच्चाधिकारी तथा नेताहरू
सेन्था काजी राजा सुरेन्द्र
जंगबहादुर राणा
बाम बहादुर राणा
धीर शमशेर राणा
शक्ति
९८,००० ३४,९०६
धनजनको क्षती
- -

प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबहादुर राणाको उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडाईका लागि तयारी गर्न थाले । किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे ।

भोटको अर्घेल्याईं[सम्पादन गर्ने]

  1. प्रतापसिंहका पालामा ढालिएका शुद्ध चाँदीका मोहर पनि चलनचल्ती गर्न भोटले मनाही गरेको गर्‍यै छ ।
  2. मधेशे, मुसलमान, सन्यासी महाजनहरू पूर्व पश्चिमका बाटाबाट ल्हासा जान दुवै सरकारले रोक्ने, नेवार महाजनको कुरा नाइकेले पुरानो रीत बमोजिम सुन्ने भन्ने सन्धिपत्रको बन्देज पनि भोटबाट पालना भएन ।
  3. केरुङ्ग जाने व्यापारीसँग रीत छोडी जनही दुई माना चामल बढी लिने गरेको ।
  4. जिन्सी मालमा केरुङ्गका गाउँलेले पनि दुई कुरुवा चामल लिएको ।
  5. चामल च्यूराका भारीमा एक कुरुवा चामल तिर्नुपर्नेमा केरुङ्गका ढेवाले थिति नाघी एक मोहर लिने गरेको ।
  6. ढेवाले केरुङ्ग जाने महाजनका भरियासँग भारी पिच्छे दुई माना लिने गरेको ।
  7. ढेवाले महाजनका भरियासँग जनही दुई फुरु चामल पनि लिने गरेको ।
  8. केरुङ्गका ढेवाले केरुङ्गबाट झुंगा जाने महाजनसँग बेथितिसँग जनही कालामोहर ८ लिने गरेको ।
  9. ढाक्रेसँगको हाम्रो एकलौटी बेपार हुनुपर्छ भन्दै जबर्जस्ती गरी बजारको भाउमा १ रु.को नून ३ ।४ माना घटाई लिएको ।
  10. ढाक्रेसँग अरू जिन्सी माल अन्न चामल च्यूरा लिंदा पनि बजारको भाउमा १ रु.मा ३ ।४ माना बढाई लिएको ।
  11. नेपाली महाजनका गुमस्ता मारुङ्गका छोरालाई मारेको ।
  12. केरुङ्गका ढेवाले नेपाली बेपारी महाजन केरुङ्गबाट नेपाल आउँदा राहदानीबापत जनही कालामोहर १ लिने गरेको ।
  13. झुंगाका ढेवाले त्यहाँबाट केरुङ्ग आउने नेपाली महाजनसँग जनही कालामोहर १० लिने गरेको ।
  14. झुंगाका ढेवाले ल्हासाबाट अधिकार पाएको छु भनी बेपार गर्न जाने ढाक्रेसँग जनही १ मोहरको नुन लिन लाउने र बजार भाउभन्दा १ माना घटाई लिएको ।
  15. कुतीका ढेवाले नेपाली महाजन नेपाल आउँदा जनही कालामोहर १ लिई राहदानी दिने गरेको ।
  16. नेपालबाट ल्हासा, दिगर्चा जाने महाजनका भारी पिच्छे कालामोहर १ ल्हासामा लिनुपर्नेमा कुतीमै ढेवाले सेतामोहर ३ लिने गरेको ।
  17. कुतीका ढेवाले नेपालबाट कुती जाने ढाक्रेसँग जनही १ फुरु चामल लिनुपर्नेमा कालामोहर १ लिएको ।
  18. कुतीका ढेवाले ल्हासाबाट नेपाल आउने नेपाली महाजनबाट बेरीतले जनही लालमोहर १० लिएको ।
  19. कुतीका ढेवाले नेपालबाट ल्हासा, दिगर्चा जाने महाजनसँग त्यस्तै बेथितिले कालामोहर २ लिएको ।
  20. खासातर्फको सिमानाका कुरामा अघि सं. १८४९ मा लाएको सीमारेखा मिची भोटले नेपालको जग्गा दावी गरेको ।

भोटका यी २० अर्घेल्याईंका विषयमा जंगबहादुरको शासन अघि पनि चर्चा परिचर्चा हुने गरेका थिए । सं. १९०४ मा दस्तुर, भन्सार, जगातका तोक लागेको थियो । १९११ वैशाखसम्ममा कुतीतर्फका बेपारका विषय र खासासँग अपराधी सुपुर्दगी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झाैता पनि भइसकेका थिए ।

अहिले यी सबै अर्घेल्याईं अघि सार्नुपर्ने कारण थिएन तापनि अघिदेखि नै ज्यादती गर्ने भोटले हाम्रो सीमा मिच्ने, बेपारमा नोक्सान पार्ने, नेपालीसँग बढी दस्तुर लिने गरेको देखाउन यी कुरा उधिनिएका थिए ।

त्यस्तै, टक पनि सं. १८४९ देखि नै नेपालमा ढाल्न मनाही गरिएकोमा नेपालले बारम्बार ढाल्दै महाजनको माध्यमबाट भोट पठाउँदै आएको थियो । अहिले युद्ध गर्नुपर्ने अरू तपसिलका कारण थपिंदै आउँदा यी अर्घेल्याईंहरू पनि देखाइए–

  • (क) सोलुखुम्बुका हाम्रा लिङ्ते भन्ने दोकानेलाई सं. १९०८ मा सीमामा खटिएका ढेवा नेपा दोर्जेले कुटेर मारेको । नेपाली रैती जिउ धने भोटे यतातिर विद्युत् गरी भागेर भोटका मुलुक पसेर बीचबीचमा नेपाल पसी गाईबस्तु लुट्ने गर्दा सम्झैता अनुसार भोटले नेपाललाई नसुम्पेको ।
  • (ख) सोलुखुम्बुका भोेटेहरूले भोटतर्फ बेपार गर्न जाँदा सिकार्जुङ्गका ढेवालाई दस्तुर वापत माङ्गताल घ्यु माराङ्ग १०८, मृगका छाला १०८, सुमाति सुरा भन्ने चौंरी १ दिने गर्दथे । ढेवा खुम्बुमा आउँदा चौंरीका साँढे (याक) २ दिनुपथ्र्यो । गोरुका भारी ३७ पनि विना मजुरी बोकिदिनुपथ्र्यो । पछि ३ ।४ सय गोरुका भारी जबर्जस्ती बोकाउन लागे ।
  • (ग) खुम्बुमा ढेवा आउँदा १०० रु.को माल बेचिदिनपथ्र्यो । पछि १ ।२ हजारको जिन्सी माल बेचाई रु. असुल गरी लिएर जान लागे ।
  • (घ) खुम्बुबाट ढेवा फर्केर सिकार्जुङ्ग जाँदा ३७ गोरुका भारी विनामजुरी ३ वास माथिसम्म बोकेर पुर्‍याउनुपथ्र्यो । अघिको सो रीत छाडी ३ ।४ सय गोरुका भारी विना मजुरी बोकाउन लागे ।
  • (ङ) खुम्बुमा ढेवा आउँदा दुनियाँदारका चामल, च्यूरा, घ्यू आदि जिन्सी एकहट्टी गरी बेपारमा आफूखुशी किनबेच गरेको ।
  • (च) अघि ल्हासामा नेवार र खम्पाको व्यापार चल्दथ्यो । खम्पाहरू बिकेर बाँकी रहेको माल नेवार महाजनका कोठीमा छाडेर पनि जान्थे । यस्तै व्यापारका लेनदेनकै कुरामा रुपैयाँ तिरेन भनी खम्पाले नेवार महाजनलाई बाँधी कोर्राले साफी कुटे । यो अन्याय भयो भनी नेपाली नाइकेले भोटको अदालतमा उजुर गरे । अदालतका हाकिमले निसाफ गर्नुसट्टा नेवार पनि हाम्रा रैती होइनन् खम्पा पनि होइनन् जे गर्नुपर्छ गर भनी बेरीतको जवाफ दिए ।
  • (छ) नेपाली नाइकेले उजुर गर्न पठाएका महाजनलाई खम्पाहरूले हूल उठी मारे ।
  • (ज) महाजन मारेको इबीमा नेवारहरू पनि जाइलाग्दा नेवार र खम्पाहरूको मारामार परी दुवैतर्फका ६ जना मानिस मर्न जाँदा खम्पाका १ घरको माल पनि लुटिंदा नाइकेको अर्घेलो हो भनी निकाल्न लाए ।
  • (झ) खम्पाको १ घरको माल लुटिएकोमा सो फिर्ता गरिसकिएपछि अरू दुई घरको माल पनि लुटिएको छ, सो पनि दिनुपर्छ भनी अत्तो थाप्ता मामला नमिली झगडा बढ्दा यो झ्गडा अब यहाँ मिल्दैन दोसाँधमा दुई थरी बसी छिनौंला भनी भन्दा सेठाकाजीको अनुमतिले नाइके हिंडेपछि गुम्बाका मुख्य मुख्य बाँडा १०।१२ जना नाइके बसेका ठाउँमा आई ‘मिलिसकेको कुरामा किन यसो गर्छौ हामीले भनेको मानेनौ, हाम्रा मुठीभित्रका माखा हौ कहाँ जाइजाउला’ भनी नाइकेलाई नेवार महाजनहरूलाई कसैले चिया, चम्पा (सातु) सामल, आगोपानी धरी नदिनू भनी हप्काई ठाउँ ठाउँ चौकी राखिदिए ।[१]

तयारी[सम्पादन गर्ने]

त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो ।

त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व धीर शमशेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडि बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे ।

भोट पक्ष[सम्पादन गर्ने]

शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी सँग ५० हजार सेना रहेको थियो। तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए ।

लडाई[सम्पादन गर्ने]

केरूङ कब्जा[सम्पादन गर्ने]

कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बहादुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए ।

झुंग गढीको लडाई[सम्पादन गर्ने]

अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए।त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए।

चुसानको लडाई[सम्पादन गर्ने]

कुती क्षेत्रमा अगाडि बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडि दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडांइ जित्यो

सन्धीको कुरा[सम्पादन गर्ने]

तिब्बतीहरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुटनितीक मिसन १३ अगस्त १८५५मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन। नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठूलो सेना पुर्नसँगठन गर्दै थिए।

अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरू गरे नेपालीहरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंगबहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धीर शमशेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते।

सन्धी[सम्पादन गर्ने]

नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापाथली सन्धिमा नेपालका प्रधानमन्त्री जंगबहदुर राणा तथा तिब्बतका कोलान सत्रद्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हदसम्म बेत्रावती सन्धीभन्दा नेपालको पक्षमा छ ।

यो पनि हेर्नु होस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://himalkhabar.com/news/8438