धीर शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
श्री कमाण्डर ईन चिफ
धीर शमशेर राणा
जन्म: धीर शमशेर कुँवर
Dhir Shamsher Rana.jpg
कमाण्डर धीरको तस्बिर
नेपालको प्रधान सेनापति
कार्यकाल
सन् १८७९ – सन् १८८४ [१]
पूर्वाधिकारीजगत शमशेर राणा
उतराधिकारीजीतजङ्ग राणा
व्यक्तिगत विवरण
आमागणेश कुमारी
पिताबालनरसिंह कुँवर
पदकआइ.जि.एस. एण्ड म्युटिनी (सन् १८५८ )
के.आइ.एच.(सन् १८७७ )
सैनिक सेवा
निष्ठा नेपाल
श्रेणीजनरल
लडाईं/युद्धकोत पर्व
भण्डारखाल पर्व
तेश्रो नेपाल भोट युद्ध

कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री धीर शमशेर कुँवर राणाधीर शमशेर कुँवरधीर शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए।

उनलाई दाजुले सान्नानीको नामले सम्बोधन गर्थे। जगत शमशेरको निधनपश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादाक्रममा दाजु रणोद्दिप सिँह बहादुर राणापछिको दोस्रो थिए। कमान्डर इनचिफका रुपमा कार्यरत हुँदा जनरल धीरशमसेर कुँवर राणा विद्रोहीहरू देखि सधैं सजग र सावधान रहने गर्थे। षड्यन्त्र द्वारा नै आफूहरूले राज्यसत्ता प्राप्त गरेको हुनाले "आफ्नो विरुद्ध पनि कुनै बेला त्यसै किसिमको कुनै राजनीतिक षड्यन्त्र पो हिने हो कि?" भन्ने भयले यिनलाई सताइरहन्थ्यो। असमायिक निधनले यिनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।

कोत पर्व[सम्पादन गर्ने]

कोत पर्वको समयमा धीर शमशेर कप्तान थिए । उनी त्यति बेला १७ वर्षका थिए । उनले तत्कालीन प्रधानमन्त्री फत्तेजङ शाहका छोरा खड्गबिक्रम शाहलाई कम्मरमा काटी दुई टुक्रा पारेका थिए ।

बेलायत भ्रमण[सम्पादन गर्ने]

धीर शमशेर वि.सं १९०७ मा प्रधानमन्त्री जङ्ग सँगै युरोप भ्रमणमा गएका थिए। भ्रमणको क्रममा बेलायतमा भएको कुस्ती प्रतियोगितामा उनले बेलायती कुस्तीबाज लाई हताएका थिए। युरोप भ्रमणको प्रेरणाबाट उनले अङ्ग्रेजी पढाई दरबार हाइ स्कुलमा सुरु गरे। उनले तीन धारामा पाठशाला र छात्रावास पनि निर्माण गरे जहाँ विद्यार्थीहरूलाई निशुल्क खाना दिइन्थ्यो।

नेपाल तिब्बत युद्ध[सम्पादन गर्ने]

  • कुतीको लडाइँ र कुती कब्जा
  • सुन गुम्पा लडाइँ

भारतीय सिपाही विद्रोह १९१७[सम्पादन गर्ने]

जंगबहादुरको मृत्यु[सम्पादन गर्ने]

पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जंगबहादुरको मृत्यु भएपछि रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजङ्ग राणालाई पत्थरघट्टा पठाए ।

वि.सं. १९३६ जेठ ६ गते प्रधानसेनापति जगतशमशेरको मृत्युपछि जनरल धीर शमशेर प्रधानसेनापति बने। उनले नै सर्वप्रथम भारतीय सेनामा नेपाली रङ्गरुट सिपाही पठाउने परम्परा बसाले।[२]

शिक्षा डाइरेक्टर[सम्पादन गर्ने]

रणोद्दीपसिंहको शासनकालमा शिक्षा डाइरेक्टर जनरल धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा दरबार हाइ स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो ।

३८ सालको पर्व[सम्पादन गर्ने]

प्राइम मिनिस्टर जनरल रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालमा राणाविरोधी एउटा सशक्त राजनीतिक सङ्गठन षड्यन्त्रमा सकृय थियो। कमान्डर इनचिफ जनरल धीर शमशेर कुँवर राणाको विशेष होसियारीले गर्दा षड्यन्त्र सफल नहुँदै उक्त संगठन ध्वस्त भयो र उक्त संगठनका सदस्यहरूको निर्दयतापूर्वक दमन पनि गरियो। १९३६ बि.सं. मा भएको यस दमनमा कर्नेल श्रीविक्रमसिंह थापा (मुख्तियार माथवरसिंह थापाका नाति) आदि २३ जना व्यक्ती काटिएका थिए, १२ जना जति कैद र ७ जना निर्वासित गरिए।[३]

सन्तान[सम्पादन गर्ने]

उनका १७ भाइ छोरा थिएः

नाम, शासनकाल
वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८), काजी ललितमानसिंह बस्नेतको बहिनीबाट
डम्बर शमशेर मठ्याहा (नाजायज/ल्याइते)
खड्ग शमशेर जङ्गबहादुर राणा काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
रण शमशेर जङ्गबहादुर राणा काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
देव शमशेर जङ्गबहादुर राणा (१९५८-१९५८), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
चन्द्र शमशेर जङ्गबहादुर राणा (१९५८-१९८६), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
फत्ते शमशेर
ललित शमशेर
१० जीत शमशेर
११ पूर्ण शमशेर मठ्याहा
१२ यदु शमशेर मठ्याहा
१३ दुर्गा शमशेर मठ्याहा
१४ शेर शमशेर मठ्याहा
१५ जुद्ध शमशेर जंगबहादुर राणा (१९८९-२००२), हिमाचल काङ्गडा राजपूत कुमारी जुहार देवीबाट
१६ खम्ब शमशेर मठ्याहा
१७ हर्क शमशेर मठ्याहा
धीर शमशेर राणा र उनका सत्र भाइ छोरा

[४]

मृत्यु[सम्पादन गर्ने]

वि.सं. १९४१ भदौमा लुइँचेको करङ धीरशमशेरका गलामा तेर्सिदा घ्यारध्यार भयो, जबर्जस्ती निल्दा घाउ भइ नली फुल्यो र सास फेर्न कठिन भई बिसायो। उनको मृत्यु वि.सं. १९४१ कार्तिकमा भयो।[५] (बाबुराम आचार्यको अनुसार १९४१ आश्विन ३० मा उनको मृत्यु भएको थियो। [६])

स्रोत[सम्पादन गर्ने]

  1. http://www.royalark.net/Nepal/lamb2.htm
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X 
  3. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २४४, आइएसबिएन 978-9937-665-40-7 
  4. http://thedailyjournalist.com/author/ranasubodh/
    Higher resolution version from: [१]
  5. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४३
  6. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २४६, आइएसबिएन 978-9937-665-40-7 

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]