वीर शमशेर जङ्गबहादुर राणा
वीर शमशेर जङ्गबहादुर राणा | |
---|---|
![]() | |
कार्यकाल वि.सं. १९४२ मंसिर ०८ – वि.सं. १९५७ फल्गुण २३ | |
अग्रज : | रणोद्दिप सिँह बहादुर राणा |
उतराधिकारी : | देव शमशेर |
व्यक्तिगत जानकारी | |
जन्म | वि.सं. १९०९ मंसिर २६ काठमाडौं, नेपाल अधिराज्य |
मृत्यु | वि.सं. १९५७ फल्गुण २३ (४८ बर्ष) काठमाडौं, नेपाल अधिराज्य |
वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौं तथा नेपालका ११ औं प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए । यिनी १९४२ मा ४२ सालको पर्व मच्चाएर , आफ्नै बडाबा श्री ३ रणोद्धिपको षड्यन्त्रपूर्वक हत्या गरी श्री ३ को पदमा विराजमान भएका थिए। रणोद्धिपकाे हत्याकाे लागि खडग शमशेर ज.ब.रा. ले विशेष सहयाेग गरेका थिए ।
उनले भादगाँउ र काठमाडौंमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९४७), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण आदी गरेका थिए ।
विषयसूची
जन्म / प्रारम्भिक जीवन[सम्पादन गर्ने]
यिनको जन्म १९१० मा भएको थियो । यिनको जन्म हुँदा यिनको आमाको मृत्यु भयो र दश बर्ष सम्म बाबुसंग बस्न नहुने भएकाले यिनको लालन पालन जंगबहादुरको थापाथली दरबारमा भयो । यिनको पढाई देव शमशेर , खड्ग शमशेर संगै भएको थियो । यिनी पढाईमा कमजोर थिए ।
श्री ३ जंगले वीर शमशेरको चिना ज्योतिषीलाई देखाउँदा राजयोगको लक्षण देखिँदा सोको प्रभाव कम गर्नलाई उनलाई पाल्पाको बडाहाकिम बनाएका थिए ।
पाल्पा बडाहाकिम[सम्पादन गर्ने]
४२ सालको पर्व[सम्पादन गर्ने]
मुख्य लेख : ४२ सालको पर्व
प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
त्यसको जिम्मेवारी वीर शमशेरलाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिकहरुको र भाइहरुको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।
कार्यहरु[सम्पादन गर्ने]
- उनले भादगाँउ र काठमाडौंमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९४७), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण आदी गरेका थिए ।
वीरधाराको पानी खाए हैजा भाग्छ भन्ने भनाइ प्रचलित भएको थियो ।
- उनले नेपाललाई ३६ जिल्लामा विभाजित गरे । जुन वि.सं २०१८ साल सम्म यथावत् थियो । प्रसाशनलाई चुस्त दुरुस्त राख्न प्रत्येक जिल्लामा बडाहाकिमको दरबन्दी र बडाहाकिमले दौडाहा जाने प्रचलन यिनले सुरु गरे ।
- काठमाडौँ उपत्यका मा खानेपानीको व्यवस्था सुधार गर्न वीर धाराको निर्माण, महाराजगंजमा पानीपोखरीको निर्माण यिनकै शासन कालमा भएको थियो ।
- यिनले दरबार हाइ स्कुलको आधुनिक भवन निर्माण गरे र सर्वसाधारणका छोरा छोरीले समेत अध्धयन गर्न पाउने व्यवास्था सुरु गरे ।
- देशको हित तथा राम्रो काम गर्ने लाई प्रोत्साहित गर्न उनले गोरखा दक्षिण बाहु- नेपालको पहिलो विभूषण को स्थापना गरे ।
खड्ग शमशेर पदच्यूत[सम्पादन गर्ने]
धीर शमशेरका १७ भाइ छोरामध्येका वीर शमशेरको प्रधानमन्त्रीत्वकालमा खड्ग शमशेर कमाण्ड ईन चिफ तोकिए । अठार महिनापछि उनी पदच्यूत गरिए । वि स निर्वासित जीवन जिउन पाल्पा झरे । पछि उनलाई वि.सं. १९४५ मा पश्चिम नेपालको रुपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वत्को जिम्मेवारीकासाथ पाल्पाको गौंडामा पश्चिम कमाण्डरको पुनः जिम्मा दिइयो । सोहीबेला वि.सं. १९४९ मा रानी तेजकुमारीको कालगतिले मृत्यु भयो । मृत्युको अन्तिमक्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्रा जस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजैराख्ने वचन दिएका रहेछन् । वचन अनुसार उनले बेलायतबाट इन्जिनियर झिकाएर रानीमहल निर्माण गर्न लगाए । त्यसरी निर्माण भयो ‘रानीमहल’ अर्थात् नेपाली ताजमहल ।
परराष्ट्र नीति[सम्पादन गर्ने]
१९५३ को सम्झौता[सम्पादन गर्ने]
वीरशमशेरले १९५३ मा अङ्ग्रेजसँग सम्झौता गरेपछि दक्षिण ब्रिटिस भारतबाट पनि नुन आउने बाटो खुलेको हो । त्यस भन्दा अघि नेपालमा नुनको स्रोत भनेकै भोट (तिब्बत) थियो ।[१][२]
आदर्श[सम्पादन गर्ने]
माथवर सिंह थापाले भीमसेन थापालाई आदर्श व्यक्ति माने झैँ, यिनले पनि जंगबहादुरलाई आदर्श व्यक्ति मान्थे र उनको झैँ अनुशरण गर्थे । यिनी कम बोल्थे र बोलेका कुरा पुरा गरेरै छोड्थे ।
निर्माण गरेका दरबारहरु /भवन[सम्पादन गर्ने]
- जावलाखेल दरबार वि.सं. १९४५
- लाल दरबार वि.सं. १९४७
- सेतो दरबार वि.सं. १९४२
- फोहोरा दरबार वि.सं. १९५२
- बहादुर भवन / चार बुर्जा दरबार वि.सं. १९५४
- केशर महल वि.सं. १९५२
- नारायणहिटी राजदरबार
- हीरापुर दरबार
- आनन्द निकेतन
- तोरण दरबार
- दरबार हाई स्कुलको भवन
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
विवाह[सम्पादन गर्ने]
श्री ३ वीर शमशेरको विवाह श्री ५ माहिला सहेबज्यूकी छोरी सँग भएको थियो । उनीबाट गेहेन्द्र शमशेर र धर्म शमशेर जन्मेका थिए । पछी वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोसित गरी नाउँ तोपकुमारी राखिदिए । उनीतिरबाट चक्र शमशेर, रुद्र शमशेर, तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए ।[३]
सन्तानहरु[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ कुतीमा सटही बेपार
- ↑ तानाशाह थिएनन् पृथ्वीनारायण शाह
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४६
बाह्य कडीहरू[सम्पादन गर्ने]
राजनीतिक कार्यालय | ||
---|---|---|
अधिल्लो रणोद्दिप सिँह बहादुर राणा |
नेपालका प्रधानमन्त्री सन् १८८५–१९०१ |
पछिल्लो देव शमशेर जङ्गबहादुर राणा |