सामग्रीमा जानुहोस्

दौडाहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राणा अधिकारीहरु पुर्वी नेपालको दैडाहा

दौडाहा विशेष गरी राणाकालीन समय १९०३ देखि २००७ सम्म निरिक्षण तथा सुपरीवेक्षेण गर्ने प्रचलन थियो। दौडाहाको महत्त्व भनेको कुनै जिल्लाको सबै सरकारी काम कारबाही र परिस्थितिको अनुगमन र जाँच गर्नु हुन्थ्यो। यसको मुख्य उद्देश्य सुदुरका जिल्लाहरूमा मुलुकी ऐनको पालना भए नभएको जाँच गर्नु र शान्ति सुव्यवस्था कायम गर्नु हुन्थ्यो।

दौडाहाका बखत कर्मचारीहरूको कामकारबाहीको निगरानी गर्ने; ऐन, सनद, र सवाल बमोजिम काम भए नभएको रेखदेख गर्ने; मुल्यांकन गर्ने; तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सजाय गर्ने काम हुन्थ्यो। दौडाहाका बेला स्थानीय जनताको पीर मर्का र सरकारी कर्मचारी विरुद्धका उजुरी सुन्ने काम पनि हुन्थ्यो । []

दौडाहा भ्रमणको अवधि सरदर ३ देखि ४ महिना लामो हुन्थ्यो।

राणाकालमा  केन्द्रदेखि  जिल्ला  हुँदै  स्थानीय  तहसम्म  नियन्त्रण  स्थापना  गर्न  दौडाहाप्रथा  निकै  सफल  भएको  देखिन्छ  ।  मातहतका  निकायलाई  वफादार  बनाइराख्न  यो  एउटा  सशक्त  माध्यम  बन्न  पुगेको  थियो  ।  कानूनमा लेखिए बमोजिम काम कार्वाही गर्न प्रेरित गरेको हुनाले यसबाट कसुरदारहरु डराउनु स्वभाविक थियो । कहिलेकाहीँ  जिल्लाका  वडाहाकिमहरुसँग  क्षेत्राधिकारको  विषयलाई  लिएर  खटपट  हुने  र  असहयोग  समेत  पुग्ने  गरेको सन्दर्भले शक्ति विभाजनमा द्वन्द्व सृजना हुन सक्थ्यो । अर्कोतिर जनताले पीरमार्काको कुरा गर्दा जिल्ला र स्थानीय तह सधैंभरी आफ्नो विपरित हुन जाने कारणले खुलेर आफ्ना कुरा भन्न डराउने गरेको स्थिति पनि थियो ।  तथापी  राणाकालमा  शक्ति  संचयको  लागि  यो  एउटा  सशक्त  स्वरुप  बनेको  देखिन्छ  ।  उचित,  न्यायोचित,  विधिसम्मत  र  प्रचलित  कानुनी  हिसाबले  तहकिकात  गरेर  अन्यायको  न्याय  गर्ने  परिपाटीमा  त्यसको  सही  कार्यान्वयन गरिएको अवस्थामा यसलाई प्रभावकारी व्यवस्था मान्न सकिन्थ्यो । तर यसलाई गलत मनसायका साथ दुरुपयोग गरिएको थियो । यद्यपि केन्द्रिीकृत शासकीय स्वरुप गठनमा यसले ठूलो योगदान दिएको थियो । तहगतको प्रशासनिक व्यवस्थालाई संयोजन रेखदेख र नियन्त्रण गर्न यो प्रथाले सघाएकै थियो ।[]

दौडाहा प्रचलन नेपालमा लामो समय देखि लिच्छवि काल, मल्ल काल र प्रारम्भिक शाह कालमा प्रचलित थियो। तर राणा कालमा प्रधानमन्त्री वीर शमशेरको समयमा यस प्रथाले व्यापकता पायो।

दौडाहा टोली संरचना

[सम्पादन गर्नुहोस्]

प्रत्येक दौडाहा टोलीमा सिपाहीहरु, अधिकारी, र श्री ३ महाराज प्रधानमन्त्रीले नियुक्त गरेको टोली नेता (हाकिम) हुन्थे। हाकिमको तह अनुसार टोलीको संरचना निर्भर हिन्थ्यो। हाकिमहरु विशेषतः बेरोलवाला राणा वा सर्वसाधारण पनि हुन्थे। तर कहिलेकाही रोलवाला राणा सदस्य पनि दौडाहामा जान्थे। []

राजा महेन्द्रले वि.सं. २०१० को दशकमा दौडाहा प्रचलन व्युताएका थिए। महाराज स्वयं सरकारी अधिकारीहरुसँग दौडाहामा दूरदराजका गाउँ बस्तीमा पुग्नुभएको थियो। []

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
  1. डेनियल डब्लु, एडवार्डस , "दौडाहा (इन्सपेक्सन ) टुर सिस्टम अन्डर र राणाज" कन्ट्रीब्युसन तु नेप्लिज स्टडिज, भोलुम ३ , नं २ सन् १९७६ पृ. १०
  2. गौतम, मुरारीकृष्ण (Dec २०२३), "राणाकालीन प्रशासनिक व्यवस्थामा दौडाहाप्रथाको प्रभाव", Patan Prospective Journal 3 (2): 271। 
  3. ३.० ३.१ जबरा, पुरुषोत्तम शमशेर (१९९०), श्री ३ हरूको तथ्य वृतान्त (नेपालीमा), भोटाहिटी, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, आइएसबिएन 99933-39-91-1