पँजनी
स्वरूप
पँजनी प्रणाली नेपालका सरकारी अधिकारीहरू नियुक्त गर्ने प्रणाली थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]पँजनी प्रणाली नेपालको इतिहासमा गहिरो जड छ र लिच्छवि काल, मल्ल वंश र प्रारम्भिक शाह, राणा अवधि शासकहरुद्वारा प्रयोग गरिएको छ।
राजा महेन्द्रको समयमा निजामती सेवा ऐन, २०१३ , बनेपछि पँजनी प्रणाली समाप्त भएको थियो ।
प्रक्रिया
[सम्पादन गर्नुहोस्]पँजनी प्रणालीमा, राज्यका प्रमुखले सीधै सरकारी कर्मचारीहरूलाई स्थानान्तरण वा खारेज गर्न सक्दछन्। पजनी समारोह वार्षिक रुपमा आयोजना गरिन्थ्यो र वफादारीको आधारमा अधिकारीहरुको एक वर्षको लागि पुन: नियुक्ति हुन्थ्यो वा खोसुवा हुन्थ्यो। कर्मचारीको नियुक्ति /निरन्तरता पँजनी मार्फत र राजाको पँजनी ईन्द्रजात्रामा कुमारीबाट टिका लगाएर हुने मानिन्थ्यो ।