पाँडे पँजनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँडे पजनी नेपालको राजनैतिक परिवेशमा प्रयोग हुने शब्द हो । यसको अर्थ आफ्नो नातेदार तथा नजिकका मानिसहरूलाई सरकारी पदहरू बाँड्नुलाई भनिन्छ । पाँडे पजनीमा सक्षम व्यक्तिहरूलाई निष्कासन गरी असक्षमहरूलाई पनि बहाली गरिन्छ । यस किसिमको व्यवस्थालाई भ्रष्टाचारमा मानिन्छ ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

पजनी व्यवस्था नेपाल अधिराज्यमा भएको वार्षिक रूपमा हुने भारदारहरूको पदबहाली तथा पद निष्कासन हो । रणजङ्ग पाँडेले मुख्तियार पद प्राप्त गर्नासाथ वार्षिक पजनीमा तत्कालीन भारदारहरूलाई हटाई पाँडे खलकका नातेदार तथा अन्य नजिकका भारदारहरूलाई सरकारी पदहरू बाँडेका थिए । उक्त समयदेखि चलिआएको भ्रष्ट नीतिलाई| पजनी व्यवस्थाको अन्त्य गरी योग्यताका आधारमा कर्मचारीको नियुक्ति, पदोन्नति आदि गर्न विक्रम संवत २००८,असार १ गते लोकसेवा आयोगको स्थापना गरियो|

प्रयोगहरू[सम्पादन गर्नुहोस्]

खड्गप्रसाद ओलीप्रचण्डबीचको बैठकलाई पाँडे पजनी भनिएको छ ।[१] पाँडे पजनीको प्रयोग प्रहरी संगठनमा[२] सरकारी कार्यालयहरूमा [३][४] र स्वास्थ्य क्षेत्रमा[५] भएको मानिन्छ ।

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]