सामग्रीमा जानुहोस्

फोहोरा दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीर शमशेर जङ्गबहादुर राणा

फोहोरा दरबार ( Phora Durbar ) विक्रम सम्वत् १९५२ मा वीर शमशेरले बनाउन लगाएको एक राणाकालीन दरबार थियो। ४.४ हेक्टर क्षेत्रफलमा फैलिएको यो दरबार दरबारमार्गमा छ। फोहोरा दरबार वास्तुकलाविद् जोगलाल स्थापितले तयार पारेका थिए। यसमा अनेकौं फोहरा चौडा पोखरीले घेरिएको थियो भने पोखरीको बीचमा लहरै फोहरा थिए।[]

वीरशमशेरका छोरा प्रतापशमशेर फोहोरा दरबारमा बस्थे।[] वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरूलाई चार भन्ज्यांगबाट कटाउने निर्णय लिए। उनीहरूलाई रोलक्रमबाट पनि झिकियो। तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला, हिरण्यशमशेर वीरगञ्ज , प्रतापशमशेर इलाम, रामशमशेर जलेश्वर लघारिए।[] अनि यो दरबार जुद्धशमशेरले लिए।

सन् १९६६ मा यो दरबार संयुक्त राज्य अमेरिकालाई बिक्री गरियो।[][] यो दरबार भत्काइएपछी यसका पुराना बलिया ईटहरूको प्रयोग नारायणहिटी दरबारको निर्माणमा भएको थियो।[] हाल अमेरिकीहरूको 'रिक्रिएसन सेन्टर' अमेरिकी दूतावासले यस दरबारलाई टेनिस कोर्ट र पौडी पोखरी बनाई प्रयोगमा ल्याएको छ ।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्याल, सुदर्शन (२०७७ चैत २१), "राणाकालको वास्तुकला", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०५-२१
  2. उपाध्याय, धनेश्वर, "राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाए", Edupatra (नेपालीमा), अन्तिम पहुँच २०२६-०५-२१
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २६१
  4. Child, John (२००६), Streets of Silver, Streets of Gold: Ten Easy Walks Among the Gods, Legends, and Bazaars of Kathmandu (अङ्ग्रेजीमा), Himal Books, पृ: 106, आइएसबिएन 978-99933-43-76-9
  5. State, United States Department of (१९८४), Nepal: Post Report (अङ्ग्रेजीमा), U.S. Department of State।
  6. Ganesh Shrestha (२०२०-०३-२८), नारायणहिटि दरबार भित्र Inside View of Royal Palace Narayanhiti #royal #royalpalace #history #nepal, पृ: Time 12:15, अन्तिम पहुँच २०२६-०५-२१
  7. "Home | My Website", American Mission Association (en-USमा), अन्तिम पहुँच २०२६-०५-२२
  8. "हिमाल खबरपत्रिका | गेटभित्रको विगत", nepalihimal.com (en-USमा), १५ पुस २०६९, अन्तिम पहुँच २०२६-०५-२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]