खिलराज रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खिलराज रेग्मी
प्रधानन्यायधीशको कार्यभार ग्रहण गरेपछि खिलराज रेग्मी
मन्त्रीपरिषद्‍को अध्यक्ष
कार्यकाल
२०६९ चैत्र १ (14 March 2013) – २०७० माघ २६
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीबाबुराम भट्टराई
उतराधिकारीसुशील कोइराला
प्रधानन्यायाधीश
कार्यकाल
२०६८ बैशाख २३ गते (6 May 2011) – २०७०/१०/२८[१]
नियुक्ति कर्तारामवरण यादव
राष्ट्रपति
पूर्वाधिकारीरामप्रसाद श्रेष्ठ
उतराधिकारीश्री दामोदरप्रसाद शर्मा
व्यक्तिगत विवरण
जन्म(जेठ १८ गते २००६ साल)
(1949-05-31) ३१ मे १९४९ (उमेर ७४)
पाल्पा जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
जीवन साथीशान्ता रेग्मी
सन्तान(हरू)तीन जना
निवास(हरू)182/15 प्रवचन मार्ग, काठमाडौँ, नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, नेपाल
पुरस्कारगोर्खा दक्षिणबाहु चौथो
गोर्खा दक्षिणबाहु तेस्रो
त्रिशक्ति पट्ट तेस्रो [२]

खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो।[३] २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको राजनीतिलाई चिर्दै नयाँ संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारीका साथ राजनीतिक दलहरूको सहमतिमा यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९को अध्यक्षता गर्दै प्रधानमन्त्री बनाइएका हुन्। रेग्मी २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त भएका थिए। [४] २००६ साल जेठ १८ गते पाल्पा जिल्लामा जन्मेका रेग्मीले २०७१ जेठ १७मा उमेर हदका कारण अवकास पाउनेछन। रेग्मी वि.सं. २०२८ देखि न्यायसेवामा क्रियाशील छन।

२०२८ मा अदालतको अधिकृतबाट सेवा प्रवेश गरेका रेग्मी २०३० चैतमा जिल्ला न्यायाधीश भएका थिए। केही वर्ष सर्वोच्च अदालतको सह-रजिस्ट्रारको अनुभव बटुलेर उनी २०४८ मा पुनरावेदन न्यायाधीशमा नियुक्त भए। पुनरावेदनको मुख्य न्यायाधीश हुँदै २०५९ माघ १५मा रेग्मी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा धेरै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने फैसला गरेर यिनी निकै चर्चित भएका थिए।[४] पटक पटक म्याद थपिएको संविधानसभाको म्याद २०६९ जेठ १४ पछि पुनः थप नहुनेगरी फैसला गरेपछि यिनी पुनः एकपटक चर्चामा आएका थिए। [५]

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

वि.सं. २००६ साल जेठ १८ गते मंगलबार पाल्पा जिल्लाको पोखराथोक गाविसको वडा नं ६ धोवादी गाउँमा[२] जन्मेका रेग्मीको बाल्यकाल गाउँ मै बित्यो। बाबु ढुण्डिराज रेग्मीको जेठो छोराको रूपमा जन्मेका खिलराजका दुईजना भाइहरू र ४ बहिनी थिए। स्थानीय नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका रेग्मी थप अध्ययन गर्न भारतको वनारस गए। वनारसबाट प्रवेसिका परीक्षा पास गरेर उनी पुनः पोखराथोक नै फर्केका थिए। त्यसपछि भारतको उत्तर प्रदेश राज्यबाट सन् १९६६ मा प्रमाणपत्रतह[२] पुरा गरेका थिए। प्रमाणपत्रतह पछिको अध्ययन यिनले नेपालकै त्रिभुवन विश्वविद्यालयमा स्नातक तथा स्नतकोत्तर तहको अध्ययन गरेका थिए। रेग्मी वि.सं. २०२६ सालको हाराहारीमा स्थानीय विष्णु आवासीय विद्यालयमा करीब दुई वर्ष प्रधानाध्यापक समेत भए। उनले अध्यायपन गराएको उक्त विद्यालय अहिले विष्णु उच्च माध्यमिक विद्यालयका रूपमा सञ्चालित छ।[६]

न्यायसेवामा खिलराज रेग्मी[सम्पादन गर्नुहोस्]

खिलराज रेग्मीले वि.सं. २०२८ सालमा लोकसेवा आयोग मार्फत न्यायसेवामा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतका रूपमा प्रवेश गरे। त्यसपछि उनी आफ्नो गाउँभन्दा सहरी क्षेत्रतर्फ आकर्षित भए र वि.सं. २०३० सालमा बढुवा हुँदै न्यायाधीश बनेर बागलुङ जिल्ला अदालत गए। न्यायसेवामा आफ्नो प्रवेशलाई थप बलियो पार्न त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर तहको अध्धयन पूरा गरेर पुनरावेदन हुँदै सर्वोच्च अदालतमा आए। केही वर्ष सह-रजिष्ट्रारको अनुभव बटुलेपछि उनी वि.सं. २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए। पुनरावेदनको मुख्य न्यायाधीश हुँदै गर्दा वि.सं. २०५९ माघ १५ मा सर्वोच्च अदालतमा न्यायधीश नियुक्त भएका थिए। अन्तत उनी वि.सं. २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशका रूपमा नियुक्त भए।[६]

पूर्वाधिकारी
झलनाथ खनाल
नेपालको प्रधानमन्त्री
२७ माघ २०७० देखि
उत्तराधिकारी 
सुशील कोइराला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]