सुशील कोइराला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुशील कोइराला
Sushil Koirala.jpg
नेपालको ३७ औँ प्रधानमन्त्री
कार्यकाल
२०७० माघ २७ – असोज २३, २०७२
राष्ट्रपतिरामवरण यादव
अग्रजखिलराज रेग्मी
उतराधिकारीखड्गप्रसाद_ओली
सभापति नेपाली कांग्रेस
कार्यकाल
२२ सेप्टेम्बर २०१० – २०७२ माघ २५
अग्रजगिरिजाप्रसाद कोइराला
व्यक्तिगत विवरण
जन्मवि.सं १९९६ साउन २८
विराटनगर
मृत्युवि.सं २०७० माघ २७
महाराजगञ्ज, काठमाण्डौ नेपाल[१]
राष्ट्रियतानेपाली
राजनीतिक पार्टीनेपाली कांग्रेस

सुशील कोइराला (सन् १९३९ - २०१६) नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति थिए। कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि. सं. २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।[२][३]

बाल्यकाल[सम्पादन गर्ने]

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी जन्मेका थिए। वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो।

राजनीति प्रवेश[सम्पादन गर्ने]

विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई वि. सं. २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन्। वि. सं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए। वि. सं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल वि. सं. २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र वि. सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए।

योगदान[सम्पादन गर्ने]

बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन्।

उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले वि. सं. २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं. २०४८ र २०५६ (सन् १९९९) मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१ मा संसदीय दलको नेतामा भने शेरबहादुर देउबासँग हारेका थिए।

सभापति[सम्पादन गर्ने]

सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए। [४] सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत संख्यामा दोहोरो अङ्क पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए। कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली थियो।

पाँच दशक राजनीतिमा बिताएका कोइरालाले वि. सं. २०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए।

०४६ को जनआन्दोलनपछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी सङ्गठनमा बस्न रुचाए। ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए। ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत)मा बिताएका छन्। २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए।

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ। कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने बताए।[३]

प्रधानमन्त्री[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

सुशील कोइरालाको वि. सं. २०७२ माघ २६, राति १२.५० मध्यरातमा काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोको कारण अस्वस्थ भएका उनलाई चिकित्सकहरूको अनुसार निमोनियाको कारण आकस्मिक निधन भएको बताइएको थियो । [५] [६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पूर्वाधिकारी
खिलराज रेग्मी
नेपालको प्रधानमन्त्री
२७ माघ २०७० देखि
उत्तराधिकारी 
खड्गप्रसाद ओली (के.पि.ओलि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]