भीमबहादुर तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भीमबहादुर तामाङ नेपाली कांग्रेसका नेता हुन्। यिनले नेपाली कांग्रेसमा पाँच दसक काम गरिसकेका छन्।

भीमबहादुर तामाङको पुर्ख्यौली घर दोलखा जिल्लाको, जफे हो। यिनी बिसं १९९० सालको असार महिनामा भारतको खर्साङमा जन्मिएका थिए [१] यिनको मृत्यु सन २०१२ डिसेम्वर १ तारिखका दिन भएको हो।

राजनीति प्रवेश[सम्पादन गर्नुहोस्]

सुकी सदस्य लिएर २०१४ सालमा पार्टी प्रवेश गरेका तामाङले २०१७ सालको राजा महेन्द्रले शासन सत्ता हातमा लिई लोकतन्त्र खोसे पछि सुवर्ण सम्शेरले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए। २०३६ र २०४६ को आन्दोलनमा सक्रिय तामाङ २०६२/६३को जनआन्दोलन २मा सडकमा आएका थोरै वृद्ध नेतामा पर्छन्। बिपी कोइरालासँगै लामो समय भारत निर्वासनमा रहेका तामाङ २०३६ सालको जनमतसंग्रहअघि नेपाल फर्किएका हुन्।

आनीबानी[सम्पादन गर्नुहोस्]

तामाङले प्रारम्मिक शिक्षा दार्जिलिङमा पूरा गरे। बिपीको प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त मान्ने उनी व्यवहारमा गान्धीवादी मानिन्छन्। उनको सादा जीवन, सरल र पारदर्शी जीवनशैली कांग्रेसवृत्तमै नमुनाका रूपमा लिइन्छ। कर्मशील तामाङ बगैंचा हेरचाहमा रुचि राख्छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले उपलब्ध गराएको घरमा रहेका उनी बगैंचामा धेरै समय बिताउँछन्। उनी अङ्ग्रेजी साहित्य रुचि राख्छन्।

सभापतिमा हार[सम्पादन गर्नुहोस्]

सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औँ महाधिवेशनमा सुशील कोइराला काङ्ग्रेस सभापति चुनिए। सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १ सय ३ सय १७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता तामाङले भने मत संख्यामा दोहोरो अङ्क पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए। कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]