पुष्कर शाह
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
श्री श्री श्री चौतारिया पुष्कर शाह | |
|---|---|
चौतारिया पुष्कर शाहको तस्विर | |
| नेपालको पाँचौं प्रधानमन्त्री (मुख्तियार) | |
| कार्यकाल वि. सं. १८९५ भाद्र – वि. सं. १८९५/६ | |
| पूर्वाधिकारी | रंगनाथ पण्डित |
| उतराधिकारी | रणजङ्ग पाण्डे |
| व्यक्तिगत विवरण | |
| जन्म | ईश्वी सन् १७८४ |
| मृत्यु | ईश्वी सन् १८४६ |
Deprecated parameter honorific-prefix
चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]पुष्कर शाह १६ अगस्त १७८४ मा काठमांडौमा शाह वंशको सहायक शाखामा जन्मिएका थिए।[१] उसले प्रशासन, सैनिक रणनीति, र कूटनीतिमा निजी शिक्षा प्राप्त गर्यो, जसले उनलाई उच्च पदको तयारी गर्यो। उनको पारिवारिक सम्बन्धले उनलाई शाही दरबार भित्र प्रभावशाली पदमा पहुँच दिन सक्यो।
मुख्तियारी
[सम्पादन गर्नुहोस्]मुख्तियार भीमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका रंगनाथ पण्डितले पनि वि.सं १८९५ भाद्रमा राजीनामा दिएपछि महारानी साम्राज्यलक्ष्मी देवीको जोडबलमा १८९६ चैतमा चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।[२]
पुष्कर शाह अङ्ग्रेज पदाधिकारीका कट्टर विरोधी त थिएनन् । तर बृटिस कम्पनी सरकारका अङ्ग्रेज राजदूत बिएच हजसन यिनलाई अङ्ग्रेज पदाधिकारीका विरोधीका रुपमा गणना गरि आफ्नो सरकार समक्ष सन्देश पठाउँथे।
सैनिक विद्रोह
[सम्पादन गर्नुहोस्]त्यतिबेला सैनिक तथा निजामती कर्मचारीलाई तलब बापत नगद दिने व्यवस्था थिएन । वार्षिक खान्कीका रूपमा उनीहरूले धान, चामल, कोदो आदि जिन्सी वस्तु पाउँथे । सरकारबाट उनीहरूलाई ‘तिर्जा’ अर्थात् बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो र त्यही अधिकारपत्र देखाएर सैनिक तथा निजामती कर्मचारीहरूले आ-आफ्नो खान्की आफैं उठाउँथे । तर, राजनीतिक अस्थिरताका कारण राज्यले उनीहरूलाई दुई वर्षदेखि ‘तिर्जा’ दिन सकिरहेको थिएन। खान्कीको सट्टा नगदमा तलब दिने तयारी भइरहेको थियो।
यसो गर्दा आफूहरूलाई घाटा हुने भन्दै नेपाली सेनाको कम्पु-पल्टनका सैनिक र अफिसरले विद्रोह गरे । वि.सं १८९७ असार १० मा टुँडिखेलको परेड मैदानमा जम्मा भएका कम्पु पल्टनका सैनिकले आफूहरूसँग रहेका गोलीगट्ठा परेड मैदानमा छोडेर उनीहरू खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ पण्डित, प्रसादसिंह बस्नेत, कपर्दार कुलराज पाँडे तथा करवीर पाँडे आदि सात जना प्रमुख भाइ भारदारहरूको घरमा जबर्जस्ती पसी सम्पूर्ण कागतपत्र अप्रत्याशित रूपमा जलाइदिए। यसै क्रममा उनीहरूले इन्द्रचोकमा रहेको राजगूरु रंगनाथ पाँडेको घरमा पसेर उनको निजी पुस्तकालयमा आगो लगाइदिए (अब यस्तो कहिल्यै नहोस्, पृ. ९५) । भनिन्छ- उनको पुस्तकालय त्यतिबेलाको वैभवशाली पुस्तकालय मध्येमा पथ्र्यो ।
पदावधी अन्त्य/ बर्खास्ती
[सम्पादन गर्नुहोस्]सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर बृटिस कम्पनी सरकारका राजदुत बिएच हजसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।
यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Vaidya, Tulsi Ram (१९९३), Prithvinarayan Shah, the founder of modern Nepal, Anmol Publications, पृ: 98, आइएसबिएन 978-81-7041-701-9।
- ↑ प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १२१, आइएसबिएन 978-9937-665-40-7।