रणजङ्ग पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रणजङ्ग पाण्डे बाट पठाईएको)
Jump to navigation Jump to search
श्री श्री श्री मुख्तियार काजी
रणजङ्ग पाँडे
Ranajang Pande.jpg
मुख्तियार काजी रणजंग पाण्डे
मुख्तियार काजी
कार्यकाल
सन् १८३७ देखि १८३७
पूर्वाधिकारीभिमसेन थापा
उतराधिकारीरङ्गनाथ पौडेल
कार्यकाल
सन् १८३९ देखि १८४०
पूर्वाधिकारीपुष्कर शाह
उतराधिकारीफत्तेजङ्ग शाह
व्यक्तिगत विवरण
जन्मसन् १७८९
काठमाडौँ
मृत्युसन् १८४३ अप्रिल १४
काठमाडौँ
राष्ट्रियतानेपाली
सन्तान(हरू)बदरजङ्ग, टेकजङ्ग, समरजङ्ग, शम्शेरजङ्ग
पितादामोदर पाण्डे
नातेदारदाजु रणदल पाण्डे
Rana Jang Pande.jpg

रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाँडेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यसपछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलाई काजी बनाएर पाल्पा पठाइएको थियो।

वृत्ती[सम्पादन गर्ने]

मुख्यमन्त्री[सम्पादन गर्ने]

वि. सं. १९९५ भाद्रमा रंगनाथ पण्डितले राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइयो र सोही वर्षको पुस महिनामा रणजंग पाँडे मुख्यमन्त्री बनाइए।

मुख्तियार[सम्पादन गर्ने]

तत्कालीन जेठी रानी साम्राज्य लक्ष्मीको दबाबका कारण वि. सं. १८९७ साल माघ (इसं १८४० फेब्रुअरी १४)मा राजा राजेन्द्रविक्रम शाहले उनलाई मुख्तियार नियुक्त गरे। भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरी फर्के।[१] रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए।[२] वि.सं. १८९८ साल कात्तिक (इसं १८४० नोभेम्बर १)मा उनलाई सो पदबाट हटाइयो।[३]

वि.सं. १९०० वेशाख ६ मा रणबम पाँडे , करवीर पाँडे , रणदल पाँडे लगायत पांच जना पाँडेहरूलाई काठमाडौँमा काटियो र त्यही ह्दयविदारक दृश्य काजी रणजंग पाँडेले देख्नासाथ तत्काल उनको ह्दयगति वन्द भई मृत्यु भयो ।

अन्त[सम्पादन गर्ने]

माथवर सिंह थापाको आगमन[सम्पादन गर्ने]

राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीले भारतको सिमलामा निर्वासित जीवन बिताइरहेका माथवर्सिंह थापालाई बोलाउने निर्णय गरिन्। र विसं १९०० वैशाख ६ मा माथवर सिंह थापा काठमाडौंमा उत्रिए। राजधानी काठमाडौंमा उत्रिए पछि "सबैभन्दा पहिले मेरो थापा परिवार माथी लागेको विष मुद्धाको कलङ्कलाई नपखाली म आफ्नो घर पस्दिनँ।" भनी काठमाडौं सहरको पुछारमा रहेको एक सत्तलमा मुकाम गरि बसिरहे।

विषमुद्दा[सम्पादन गर्ने]

दुई महिना जति पछि राजा राजेन्द्र र महारानी राज्य लक्ष्मी दुवैको सल्लाह अनुसार राजधानी काठमाडौं मा भारदारी बैठक पुनः डाकियो र थापा परिवार माथी लागेको पुरानो विषमुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने भन्ने एउटा नाटकको पनि मञ्चन भयो।[४] राजा र रानी दुवैको उपस्थितमा भएको यस भारदारीसभाले थापा परिवारलाई निर्दोष ठहर्याइदियो, पहिले पेस भएका सबै कागजात जाली ठहरिए र मुद्दाको जितापत्रका साथै जफत भएका आफ्ना घरजग्गा पनि सबै यिनीहरूले फिर्ता पाए।

काला पाँडेको दमन[सम्पादन गर्ने]

यस मुद्दामा काला पाँडेहरू नै कसुरदार मानिए र जनरल भिमसेन थापा लाई आत्महत्या गर्न विवश तुल्याउने पनि यिनिहरू नै ठहरिन आए। पाँडे परिवारका कुलराज पाँडे, करवीर पाँडे , रणदल पाँडे तथा दलबहादुर पाँडे र यिनीहरूकै पक्षका रणबम थापा समेत पहिले नै कैद थिए। अनेकौं अफिसर थापा परिवार मानिई बिना अपराध खोसिए।

'न्याय' को यस नाटक मञ्चनमा थापा तथा पाँडे गुट दुवै तर्फबाट तटस्थ रहँदै आएका चौतारा फत्यजङ शाह आदि अन्य भाइ भारदार पनि रानी राज्यलक्ष्मीका डरले गर्दा चुपचाप जितापत्रको यस फैसलालाई समर्थन गर्न विवश थिए। यसै भारदारीसभामा जनरल माथवरसिंह थापाले लेखाएर ल्याएको जितापत्रको फैसलामा राजा राजेन्द्र तथा सभामा उपस्थित अन्य सबै भारदारले वि.सं १९०० आषाढ ३१ मा आआफ्ना सहमतिका छाप बाध्यतापूर्वक लगाइदिए।

हत्या[सम्पादन गर्ने]

आफ्नै मानसिक कमजोरीले गर्दा जनरल भीमसेन थापाले आत्महत्या गरेका थिए। यसमा खास दोष कसैको थिएन।[५] तर "अपराध अनुसारको सजाय गर्ने" निहुँ मा माथवर्सिंह थापाले पाँडे खलकको दमन गरे। करवीर पाँडे, रणदल पाँडे, कुलराज पाँडे, रणबम थापा तथा कनकसिंह बस्नेत आदि थापा बिरोधी भारदार एवम् यिनका परिवारलाई पनि यसै दिन मसानघाट लगी कटाइयो। यिनका परिवारका दुई वर्षका अबोध बालकहरूसम्मले पनि वचन पाएनन्।

विक्षिप्त भएर रोगशैय्यामा सुतिरहेका भूतपूर्व काजी रणजङ्ग पाँडेलाई पनि निर्दयतापूर्वक बेरुप गराई काठमाडौं सहरका गल्लीगल्लीमा घुमाएर अन्त्यमा विष खुवाई मराइयो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१५, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१६, आइएसबिएन 99933-2-406-X 
  3. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग
  4. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३०, आइएसबिएन 978-9937-665-40-7 
  5. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३१, आइएसबिएन 978-9937-665-40-7 
  6. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३१, आइएसबिएन 978-9937-665-40-7