सामग्रीमा जानुहोस्

रणदल पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रणदल पाँडे
पाल्पाको प्रशासक
पदमा
वि.सं. १८९४  वि.सं. १८९७
पूर्वाधिकारीरणवीर सिंह थापा
उतराधिकारीसिंहवीर पाँडे
व्यक्तिगत विवरण
आमाबुबा

रणदल पाँडे भिमसेन थापाको पतन पछि मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न सफल रणजंग पाँडेका दाजु थिए । वि. सं. १८९४ साउनमा थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा बलियो पकड भएपछि दाजु रणदल पाँडेलाई पाल्पाको प्रशासक नियुक्त गरेका थिए । केन्द्रीय राजनीतिमा भाइको हालिमुहाली रहेकै कारण यिनलाई पाल्पाका अन्य प्रशासकभन्दा बढी अधिकार दिइएको थियो । यिनलाई केन्द्रसँग समन्वय नगरी सिधै अंग्रेजहरूसँग सम्पर्क गर्ने छुट दिइएको थियो भने पाल्पामा सैनिक भर्ना गर्ने अधिकार समेत प्रदान गरिएको थियो । तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार बुटवल, स्युराज, खजहनी, माझखण्ड लगायतका दक्षिणी तराईका जिल्लाहरूको सुरक्षा व्यवस्थाको जिम्मासमेत रणदल पाँडेले पाएका थिए ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग