रणवीरसिंह थापा
श्री काजी जर्नेल रणवीर सिंह थापा | |
---|---|
![]() रणवीर सिंह थापा | |
कार्यवाहक मुख्तियार | |
कार्यकाल सन् १८३७ | |
पूर्वाधिकारी | भीमसेन थापा |
उतराधिकारी | भीमसेन थापा |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. १८४७ आषाढ १२ नेपाल |
नाता | दाजु भीमसेन थापा |
अभिभावक |
|
उपनाम | स्वामी अभयानन्द |
सैन्य सेवा | |
निष्ठा | ![]() |
श्रेणी | जर्नेल |
लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध (मकवानपुर-हरिहरपुर) |
रणवीर सिंह थापा वा स्वामी अभयानन्द पाल्पाका बडाहाकिम तथा नेपाल अंग्रेज युद्धका क्षेत्र कमान्डर थिए। उनी राजनीतिज्ञ पनि थिए । उनले छोटो समयको लागि सन् १८३७ मा कार्यवाहक मुख्तियार भएका थिए।[१]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3f/Ranabir_Singh_Thapa_as_Swami_Abhayananda.jpg/220px-Ranabir_Singh_Thapa_as_Swami_Abhayananda.jpg)
सैनिक जीवन
[सम्पादन गर्नुहोस्]नेपाल अङ्ग्रेज युद्ध
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e3/Ranabir_Singh_Thapa_letter.gif/220px-Ranabir_Singh_Thapa_letter.gif)
जनरल मार्ले हेटौँडा, मकवानपुरगढी कब्जा गर्दै काठमाण्डौ पस्न चाहन्थे । उनीसँग १२,००० फौज थियो तर अघि बढ्न चाहेनन् । मकवानपुर-हरिहरपुर क्षेत्रको सम्पूर्ण जिम्मा बहन गरेका रणवीर सिंहले अर्का अङ्ग्रेजी अग्रज मेजर जनरल वुडलाई रणमा लोभ्याईरहेका थिए। तर मेजर वुडस् बढ्न मानेनन्। रणवीर सिंहको मातहतमा ४००० सिपाही थिए। जनरल वुड बारागढीबाटै बेतियातिर लागे ।[२]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d6/Old_Bhardar_letter.gif/220px-Old_Bhardar_letter.gif)
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]रणवीर सिंह दाजु भीमसेन थापा पछि प्रधानमन्त्री बन्न चाहन्थे। तर रणजंग पाण्डेको चर्को षड्यन्त्रले हुन पाएनन्। वि.सं. १८७७ सालको आखिरतिर चीनसँग नेपालको मैत्री सम्वन्ध बलियो पार्न राजदूत भएर ल्हासा खटिएका थिए । राजा र मन्त्रीको आज्ञा पालन गर्दै यिनले चीनका बादशाहलाई विश्वासमा लिएका थिए । यसले गर्दा चीनका बादशाहबाट ३६ हजार नेपाली रुपैयाँ र अमूल्य ज्वाराहतले जडित मयुरको कल्कीलागेको रातो गजुरे चीनिया टोपी एवम् रत्न जडित क्वाच भीमसेन थापालाई उपहार पठाएका थिए । यिनी ल्हासामा राजदूत भएर पाँच वर्ष जति बसेका थिए ।[३]
सन्यास
[सम्पादन गर्नुहोस्]रणवीरसिंह थापा जो स्वामी अभयानन्द प्रथम बनेका थिए