अमरसिंह थापा (सानुकाजी)
सानुकाजी अमरसिंह थापा | |
|---|---|
| पाल्पाका बडाहाकिम | |
| कार्यकाल ??- वि.सं. १८७१ कार्तिक ७[१] | |
| उतराधिकारी | उजीर सिंह थापा |
| व्यक्तिगत विवरण | |
| जन्म | वि. सं. १८१६ बोर्लाङ, गोरखा जिल्ला |
| मृत्यु | वि.सं. १८७१ कार्तिक ७ (उमेर ५५)[१] पाल्पा जिल्ला |
| नाता | छोरा भीमसेन थापा, नाति माथवरसिंह थापा, नातिनी ललित त्रिपुरा सुन्दरी |
| उपनाम | सानु सरदार अमरसिंह |
| सैन्य सेवा | |
| निष्ठा | |
| श्रेणी | जनरल |
| लडाई/युद्धहरू | नेपाल तिब्बत युद्ध |
अमरसिंह थापा (सानुकाजी) (नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर बडाकाजी अमरसिंह थापा अर्कै व्यक्तित्व भएको) नेपाल तिब्बत युद्धका सरदार, प्रधानमन्त्री भीमसेनका पिता तथा पाल्पाका बडाहाकिम हुन्। [१]
परिवार
[सम्पादन गर्नुहोस्]उनको जन्म बगाले थापा कुलका काजी वीरभद्र थापाको तेस्रो छोराको रूपमा गोरखा जिल्लामा वि.सं. १८१६ मा भयो। [२] उनका दाजु जीवन थापा र वंशराज थापा हुन् । जीवन थापा कीर्तिपुरको युद्धमा मारिए । उनी राजा पृथ्वीनारायण शाहका भरपर्दा काजी थिए । उनले दुई विवाह गरेका थिए । उनका सात छोराहरू क्रमशः भीमसेन थापा, नैनसिंह थापा, अमृतसिंह थापा, बख्तावर सिंह थापा, रणवीर सिंह थापा तथा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए । [३]
जीवन
[सम्पादन गर्नुहोस्]उनले नेपाल तिब्बत युद्धमा भाग लिएका थिए । उनलाई सन् १७५९ मा सरदारको पद दिइएको थियो ।[४] उनले पहिलो नेपाल तिब्बत युद्धमा काजी बलभद्र शाहको नेतृत्वपक्षमा अन्य काजी भोटु पाण्डे र काजी कीर्तिमान् सिँह बस्न्यातसँगै भाग लिएका थिए ।[५] बडाकाजी अमरसिंहसँग छुट्याउन उनलाई सानुसरदार नि भनिन्छ । छोरा प्र.म. हुँदा उनी पाल्पाका बडाहाकिम थिए[४] ।