भोटु पाँडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भोटु पाँडे नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक भारदार हुन् ।[१] उनी तुलाराम पाँडेका छोरा हुन् । उनका भाइ काजी रणजीत पाँडे र जगजीत पाँडे हुन् ।[२] उनी पहिलो नेपाल तिब्बत युद्धमा काजी बलभद्र शाहको नेतृत्व पक्षमा अन्य काजी अमरसिंह थापा (सानुकाजी) र काजी कीर्तिमान् सिँह बस्न्यातसँगै भाग लिँदै थिए । उनलाई तिब्बती पक्षले कब्जा गरेको थियो । पछि घमासान युद्ध परेबापत तिब्बतीले उनलाई मुक्त गर दिए ।[१]

मठमन्दिर, पाटीपौवा स्थापना[सम्पादन गर्ने]

भोटु पाँडे नेपाल–तिब्बत युद्धका क्रममा तिब्बती फौजबाट पक्राउ परेका थिए । पक्राउ परेर उनलाई बन्दी बनाइयो । यस अवस्थाबाट मुक्ति पाउन उनले नरदेवीको आराधना गरेका थिए । मुक्त भएपछि उनी एकैदिनमा उपत्यका आइपुगे । त्यसपछि उनले नरदेवीलाई खुसी पार्न मठमन्दिर, पाटीपौवा स्थापना गरे । यस्ता संरचना बनाएपछि उनको ख्यातिबढ्यो । युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागेका थिए । पकनाजोलमा नयाँ बजार बसाइदिने र सोह्रखुट्टेमा पाटी संस्कृतिको विकास गराइदिए उनले । उनले बालाजु उद्यान, पुल्चोक र भक्तपुरलगायतमा स्मारक बनाए । उनले सोह्रखुट्टेसँगै नागपोखरी पनि बनाएका थिए । उनले बनाएको पोखरीको एक भागमा अहिले लेखनाथ साहित्य सदन छ । एक भागमा सोह्रखुट्टे हुँदै स्वयम्भू जाने सडक बनेको छ । पाटीसँगै झन्डै चार सयजना अट्ने सत्तल पनि बनाएका थिए । त्यो  अहिलेजस्तो बस्ने होटल, लज नभएको बेलामा उत्तरतिरबाट सहर पस्नका लागि आश्रयस्थल थियो, । उनले ढुंगेधारा पनि निर्माण गर्न लगाएका थिए । यो ठाउँ सहर प्रवेश गर्ने नाका हो । यसलाई लामो समयसम्म कर उठाउने ठाउँका रूपमा समेत प्रयोग गरिन्थ्यो । कर तिर्न चारैतिरका मान्छे आउँथे । सहर प्रवेश गर्ने नाकामा अरू ठाउँमा पनि सोह्रखुट्टे पाटी बनाइएका छन् । चापागाउँ, थानकोट, पनौतीलगायत सहरमा अझै पनि सोह्रखुट्टे पाटी छन् । [३]

स्रोत[सम्पादन गर्ने]