रणजीत पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री प्रथम काजी
रणजीत पाँडे
व्यक्तिगत विवरण
जन्मगोरखा जिल्ला
सन्तान(हरू)वीरकेशर पाँडे
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल तिब्बत युद्ध

रणजीत पाँडे नेपालको मूलकाजी[१][२] र नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक भारदार हुन् ।[३] दामोदर पाँडेको देहावसान पश्चात केही समय उनी मूलकाजी भएका थिए । उनी काजी तुलाराम पाँडेका छोरा हुन् । उनका दाजु काजी भोटु पाँडे र भाइ जगजीत पाँडे हुन् ।[१] उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै सरदार परथ भण्डारी, कप्तान श्रीहर्ष पन्त, कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।[३] यिनका पिता तुलाराम र कालु पाँडे एकै हजुरबुवा वीरुदत्त पाण्डेका नातिहरू थिए । उनी रणकुमारीका पिता, काजी नैनसिंह थापाका ससुरा र प्रधानमन्त्री माथवरसिंह थापा र प्रधानमन्त्री जंगबहादुर राणाकी आमा गणेश कुमारी का मावली हजुरबुवा थिए ।[२]

स्रोत[सम्पादन गर्नुहोस्]