श्रीहर्ष पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीहर्ष पन्त वा हर्क पन्त नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी रणजीत पाँडे, कप्तान पार्थ भण्डारी, कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।[१] उनी थुप्रै युद्धमा भाग लिएका थिए । उनी ब्राह्मण जातिका थिए । श्रीहर्ष बहादुर शाहका प्रमुख पक्षधर थिए । बहादुरका समर्थक भएकै कारण उनी रानी राजेन्द्रलक्ष्मीद्वारा जातिच्युत भै निस्कासित भए ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]