थापा
माथि: अमरसिंह थापा · भक्ति थापा · भीमसेन थापा बीच: माथवरसिंह थापा · लखन थापा मगर तल:सागर थापा · गगन थापा | |
| जम्मा जनसङ्ख्या | |
|---|---|
| १०,७४,३४५ विश्वव्यापी [१] | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
| भाषाहरू | |
| नेपाली भाषा, मगर भाषा | |
| धर्महरू | |
| क्षत्रीहरू हिन्दु धर्म र मष्टो देवता पुजा[२] मगरहरू मगर जातिको परम्परा | |
| सम्बन्धित जातीय समूह | |
| बस्नेत, पाँडे, कुँवर, बिष्ट |
थापा एक नेपाली पहाडी समुदायको थर हो । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन्।[१] यिनीहरूलाई नेपालका समुदायहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। ऐतिहासिक रूपमा थापा ६ पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो। अन्य पाँच परिवारहरू पाँडे वंश, कुँवर परिवार, बोहोरा वंश र बस्न्यात वंश हुन्। राजनीतिक थापा खलकको पाँडे खलकसँग ऐतिहासिक दुस्मनी छ।[३] नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन्। फोरबियर्स वेबसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो।[१]
नेपालमा क्षेत्रीहरू थापा भनी थर लेख्ने गर्छन् र थापा मगरहरू चाहिँ थापा मगर लेख्ने गर्छन्। त्यसैले विभाजन गर्दा क्षेत्रीहरूलाई थापा काजी भनिन्छ र थापा मगरहरूलाई मगर भनिन्छ।
नेपालमा थापा खलकहरूको विशेष राजनितिक पहुँच पनि रहि आएको छ। आधुनिक नेपालको निर्माणसँगै प्रधान सेनापति, भारदार र मन्त्रीहरू क्षेत्री थापा थिए। नेपालको हुकुमी व्यवस्थामा प्रमुख शक्तिमा बस्नेत र पाण्डेहरूसँग प्रतिस्पर्धा हुनु अगाडि नै बोहराहरू पश्चात थापा क्षेत्रीहरू एक शक्तिशाली भारदारी परिवार बन्न पुगेका थिए। भिमसेन थापा नेपालको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका थिए जो थापा नै थिए। बडाकाजी अमरसिंह थापा नेपालको महानायकमा गनिन्छन्। त्यस्तै सरदार भक्ति थापा पनि नेपालका राष्ट्रिय विभूतिहरूमध्ये एक हुन्।[४][५]
हुकुमी शासनकालमा मात्र नभई पञ्चायतकालमा पनि सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन र कमल थापाहरूको वर्चस्व रहेको थियो। यसको नाइके भने पाँच पटकसम्मका प्रधानमन्त्री सुर्यबहादुर नै हुन्। त्यस्तै एक समयमा सन् २००३ मा नेपाली सेनाका प्रधान सेनापति धर्मपालवरसिँह थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा र सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री सूर्यबहादुर थापा रहँदा एकैपटक ४ सर्वोच्च पदमा शासनसत्ता सम्पूर्ण थापाहरूको नियन्त्रणमा भएको थियो। यसले प्रजातान्त्रिक व्यवस्थामा पनि थापा क्षेत्रीहरूको शासकत्व वर्णन गर्दछ।[४]
क्षत्रिय थापा काजी
[सम्पादन गर्नुहोस्]क्षत्री थापाहरू प्राचिन खस राज्य तथा नेपालका सेनापती तथा योद्दाहरू हुन्। क्षेत्री थापाहरू भारतीय आर्यन भाषिक गण र क्षत्रिय वर्णभित्र पर्दछन्। क्षेत्री थापाहरू हिन्दू क्षत्रिय धर्म निर्वाह गर्छन्। यस क्षेत्री थापाभित्र पनि थुप्रै कुलघरानहरू रहेका छन् - जसमध्ये पनि बगाले थापा, गोदार थापा, लामिछाने थापा, सुयल (थापा), पुँवर थापा, ऋक्सेन थापा, गाम्ले थापा, कालिकोटे थापा, छन्।[६]
बगाले थापा
[सम्पादन गर्नुहोस्]बगाले थापा क्षेत्री थापाहरूको एक कुलघरान हो । यस कुलका गोत्र आत्रेय गोत्र हो । यस कुलका मूलपुरुष डोटी-ताकमका राजा कालु थापा हुन् ।[७] राजा कालु थापाले म्याग्दी क्षेत्रमा रहेको ताकममा शासन गरेको पाइन्छ ।[८] बगाले थापाहरू इतिहासदेखि सशक्त पदहरू जस्तै मुखिया, जिम्मल, पञ्चप्रधान, बडाहाकिम, काजी आदिबाट सुशोभित छन्। उनीहरू नेपाली राजनीतिको वृतमा अग्रज देखिन्छन्। [३] कान्तिपुरका सेनापति काजी काशीराम थापा पलाञ्चोकका बगाले थापा हुन् ।[९][१०] ज्युँदो बाघ भनिएका बडाकाजी अमरसिंह थापा गोरखा सिरानचोकका बगाले थापा हुन्।[११] मुख्तियार जर्नेल प्र.म.भीमसेन थापा गोरखा पिपलथोक, फिनाम र बोर्लाङमा रहेका बगाले थापा परिवारका हुन्।[१२] उनका भतिजा माथवरसिंह थापा पनि नेपालको प्रधानमन्त्री हुन्। पछिल्लो समयमा नेपाली सेनाका प्रधान सेनापति भएका धर्मपालवरसिँह थापा पनि बगाले थापा नै हुन्।[१३]
पुर्ख्यौली शासन भएको बझाङको जुजि मा र उनिहरुका पुर्खा पनि बगाले थापा हुन म्याग्दी जिल्ला, बाग्लुङ जिल्ला, पर्वत जिल्लामा बगाले थापाहरूको सर्वाधिक ठूलो सङ्ख्या पाइन्छ । गोरखा जिल्लाको सिरानचोक, फिनाम, बोर्लाङ गाउँहरूमा बगाले थापाहरूकै राजनीतिक थापा खलकहरूले बसोबास गरे। त्यस्तै पलाञ्चोक क्षेत्रमा बस्ने पलाञ्चोके थापाहरू बगाले नै हुन् । ओखलढुङ्गा जिल्लाको पोखरे गाविसमा पर्ने हिलेछाप चिसङ्खुगढीमा बगाले थापाहरू लामो समयदेखि बसिआएका छन् । त्यस्तै, रामेछाप जिल्लाको भलुवाजोरमा अनि सिन्धुली जिल्लाको अमारेमा बगाले थापाहरू धेरै अघि देखि बस्दै आएका छन् ।
पुँवर थापा
[सम्पादन गर्नुहोस्]पुँवर थापाहरू कपिल गोत्रका हुन् । सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए। पुँवर थापा क्षेत्री समाजले उनीलाई सहिद घोषणा गराउने माग राखेको छ ।[१४][१५] सार्क महासचिव अर्जुन बहादुर थापा सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[१६]
लामिछाने थापा
[सम्पादन गर्नुहोस्]
लामिछाने थापाहरू गर्ग गोत्रका हुन्।[६] ।[१७] धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा र सुनिलबहादुर थापा शेरबहादुर थापा लामिछाने थापा हुन्।[१३]
गोदार थापा
[सम्पादन गर्नुहोस्]गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । गोदार थापा क्षेत्री थापाहरूको कैरन वा कुलघरान हो । कश्यप गोत्रका हुन्। [६] गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन्। स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन्। हालका प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्र र भीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् मल्लकालमा बनेपाका गोदार थापा खलक भक्तपुरका शक्तिशाली खलक भएको । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।
नेपालमा गोदार तथा गोदार थापाका रुपमा चिनिने वंशको उत्पत्तिस्थल गोबद्र्धन गिरि मानिन्छ । गोवद्र्धन गिरि इरान, इराक र आर्मेनियाको बीचमा पर्दछ । यसलाई केदार पर्वत पनि भनिन्छ । गोवद्र्धन गिरि र त्यसको आसपासको मूमिमा गोदार जातिका पूर्वजहरु वैदिककाल (करिव ६ हजार वर्ष) पूर्व नै अस्तित्वमा रहेको बुझिन्छ । मानव सृष्टिको इतिहासमा गोदार वंश अत्यन्तै प्राचिन पहिचान भएको एउटा महत्वपूर्ण वंश हो । गोवद्र्धन गिरिमा रहने गोदारवंशजका पूर्वजहरुको मुख्य पेशा गाईको सेवा गर्नु थियो । गाईका सेवाक र रक्षक भएकाले गोदार वंशको उत्पत्तिलाई कामधेनु गाईसँग जोड्ने गरेको प्रसङ्ग पनि पाइन्छ । यस वंशमा गाईलाई माता समान मानिन्छ । गाईका रक्षक भएकाले गोदार वंश तेजस्वी रह्यो र गाईका सेवक भएकोले यस वंशमा क्षेत्रिय स्वाभावको विकास भएको हो । गोदार वा गोदार थापा थर भएका यस जातिको गोत्र काश्यप हो । यिनीहरु बाह््र मष्टलाई आफ्नो कुलदेवता मान्दछन् । यिनीहरु क्षेत्री हुन् । वैदिक युगको चातुर्वष्यमा गोदार वंश पनि पर्दछ । इमान्दार, कर्तब्यनिष्ठ र भक्तिभावले युक्त गोदार वंशका पूर्वजमा क्षेत्रिय धर्मका गुणहरु थिए । त्यसैले गोदार वंशले वैदिक युगदेखि नै क्षेत्रिय धर्मलाई पालना गर्दै आए र वर्तमानसम्म यिनीहरुले आफ्नो धर्मलाई कायम राखेका छन् । गोदार तथा गोदार थापाहरु हिन्दू धर्मका अनुयायी हुन् । मानव इतिहासको लामो कालखण्ड पार गरिसक्दा पनि आफ्नो वंश धर्म र संस्कारलाई एकनासले जीवन्त राख्न सक्नु यस वंशको एउटा महत्वपूर्ण विशेषता हो । गोदार थापा वंशको इतिहास गौरव लायक छ । हजारौ वर्षको समयावधिमा कैयौ वंशहरु अज्ञात गर्भमा बिलाए । कैयौ वंशले आफ्नो धर्म र परम्परालाई भुलेर अनेत्र मिसिन पुगे । संसारमा सधै अमर रहन सक्छु भन्ने घमण्डले चुर हुने वंश पनि विनाश भए । संसारको इतिहास निर्माण गर्न कसिएको वंशले आफ्नो इतिहाससम्म कायम राख्न सकेनन् । कति वंशको उदय भयो कतिको अन्त । सबैको लेखाजोखा गर्न पुराना धार्मिक ग्रन्थहरुको अध्ययन गर्नुपर्दछ । तर गोदार थापा वंशले मानव विकासको इतिहासका पानामा सधैं आफूलाई सुरक्षित राखेको छ । आफू भलो त जगतै भलो भन्ने आदर्शलाई आफ्नो मूलमन्त्र ठान्ने गोदार थापाका पूर्वजहरुले कहिल्यै कसैको कुभलो गरेनन् । त्यसैले यस वंशले कहिल्यै खतराको सामना गर्नु परेन । हजारौं वर्षको इतिहासमा कैयौं कुराको हेरफेर भयो, तर यस वंशलाई केही फरक परेन । त्यसैले यो वंश सधै सुरक्षित रह्यो । राष्ट्र, राष्ट्रिया, धर्म, संस्कृति र सेवामा समर्पित रहनु गोदार थापा वंशको मुख्य विशेषता हो । प्राचिन ग्रन्थहरुमा उल्लेख भएको भारतवर्ष भन्नाले वर्तमान संसारको दक्षिण एसियालाई मान्नुपर्छ । त्यसकारण गोदार थापाका पूर्वजहरुको प्राचीन इतिहास खोज्न यिनै क्षेत्रभित्र चहार्नुपर्छ । गोदार थापाहरु रजपुत खलक भएको पनि पाइन्छ । नेपाल एकीकरण हुँदासम्म जुन नेपाली जहाँ पुगेका थिए, त्यही नै घुमन्ते जीवनको अन्त्य भएकाले पछिल्लो ठेगानालाई आफ्नो जन्मभूमिको रुपमा स्वीकार गरी आ–आफ्नो वंशावली निर्माण गर्ने प्रवृत्तिअनुसार नै गोदार थापाहरुको उत्पत्ति स्थलका बारेमा पनि गोर्खा, पाल्पा, जुम्ला, दैलेख, डोटी, कुमाउ, गढवाल तथा राजपुतनाको चितौड आदि स्थलहरुको प्रसङ्ग उठाउने गरिएको छ । माथि उल्लेख गरिएका सबै भूमिमा गोदार थापा वंशको पनि इतिहास गाँसिएको छ । समय जति अगाडि बढ्यो त्यति नै पुराना कुराहरु अज्ञात हुँदै गए । जसले जतिसम्मको इतिहास थाहा पाउन सक्यो त्यसै स्थानलाई गोदार थापा वंशको उत्पत्स्थिल मान्दै गए । त्यसैले गोदार थापाको उत्पत्तिका बारेमा माथि उल्लेख गरिएका सबै स्थलहरु गलत छैनन् । तर गोदार बंशको इतिहास निक्कै प्राचीन भएकोले अध्ययनको तह जति प्राचीनतातर्फ लम्बन्छ त्यति नै वास्तविकताको नजिक पुग्न लागिएको ठान्नुपर्छ ।
ऋक्सेन थापा
[सम्पादन गर्नुहोस्]यस थापाहरू भारद्वाज गोत्रका हुन् । प्रसिद्ध नाथ योगी राष्ट्र गुरु योगी नरहरिनाथ यस कुलघरानका थापा हुन् ।[१९]
सुयल थापा
[सम्पादन गर्नुहोस्]सुयल (थापा)हरू वशिष्ठ गोत्रका हुन्।[२०] जहा सुयलहरूको सुरुवात् पान्थर भए पनि जिजु बाजे नै भारतको आसाम तर्फ लागेकाले गर्दा मध्य तिर कुनै नाम निशान नै नरहेको र समय सँगै केही पुस्ता पछि आएर सुनसरी, भोजपुर, शंखुवासभा र झापा जिल्लालाई प्रमुख् बास स्थान् बनाउदै आएका छन्।
मगर थापा
[सम्पादन गर्नुहोस्]
यस थापाहरू भोट-बर्मेली भाषिक जाति मगरभित्र पर्दछन् । उनीहरू मगर भाषा अर्थात् भोट-बर्मेली भाषा प्रयोग गर्छन् । यस जातिका थापाहरू योद्धा प्रवृत्तिका हुन्छन् । प्रायः पुरानो गोरख गणबाट लड्ने यिनीहरूले संसारका विभिन्न स्थानमा लडी युद्ध विजय गरेका छन् । यिनीहरूको रहनसहन सम्पूर्ण मगर जातिको जस्तै हुन्छ ।[२१]
विराज थापा मगर पृथ्वीनारायण शाहका पहिलो सेनापति हुन्। मगर सेना ले लिम्बुवानको योध मा लिम्बु सेना लाई सन्धी गर्नु मजबुर गरेकाथिए इ जाती लिम्बूवन जित्ने जात पनि भनिन्छ । लखन थापा मगर नेपालको पहिलो सहिद हुन्। कूलबीर थापा, नेत्रबहादुर थापा र लालबहादुर थापा भिक्टोरिया क्रस विजेता हुन् । सहबिर थापा , ससस्त्र महा निरीक्षक ससस्त्र प्रहरि बल । उप रथी प्रेम प्रकाष थापा ,नेपाली सेना ।
उल्लेखनीय थापाहरू
[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 3 "थापा:वैश्विक प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ "मष्टो देवता पुजा", अन्तिम पहुँच २०१७-०३-२४।
- 1 2 "विभिन्न काजी परिवारहरू", अन्तिम पहुँच २०१७-०३-२४। अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- 1 2 "क्षेत्री थापाको ऐतिहासिक र राजनीतिक प्रभुत्व", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ "National heroes of Nepal", अन्तिम पहुँच २०१७-०३-२४।
- 1 2 3 "क्षेत्री थापाको प्रकार", अन्तिम पहुँच २०१७-०३-१०। अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- ↑ उजिरसिंह थापाको सालिक, अन्तिम पहुँच २०२६-०२-०१।
- ↑ http://ddcmyagdi.gov.np/ अभिलेखिकरण २०१७-१०-२४ वेब्याक मेसिन
- ↑ रेग्मी १९७८, पृष्ठ २८.
- ↑ पाँडे १९७७.
- ↑ हमाल १९९५, पृष्ठ १९१.
- ↑ प्रधान २०१२.
- 1 2 "थापा परिवारका व्यक्तित्वहरू", अन्तिम पहुँच २०१७-०३-११।
- ↑ Singh, Rishi (२००४-०१-३१), "Plea to declare Bhakti Thapa a martyr", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०२-०१।
- ↑ http://www.tarunkhabar.com/article/475/jag.html?fb_comment_id=871531282949564_877672022335490#f22310f6e056aa%5B%5D
- ↑ https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html अभिलेखिकरण २०१८-०६-१५ वेब्याक मेसिन
- ↑ http://enepalese.com/2016/11/106465.html अभिलेखिकरण २०२०-१०-२८ वेब्याक मेसिन
- ↑ Naraharinath, Yogi (१९५५), Itihas Prakash 1, Kathmandu: Itihas Prakash Mandal।
- ↑ "गोरक्षअंशावतार महापुरुषः योगी नरहरिनाथ", प्रशासन, अन्तिम पहुँच २०२६-०२-०१।
- ↑ http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- ↑ http://www.historynepal.com/2010/07/general-introduction-of-magae-caste.html अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
पुस्तक
[सम्पादन गर्नुहोस्]- प्रधान, कुमार लाल (२०१२), थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टू भीमसेन थापा, १८०६–१८३९, नयाँ दिल्ली: कन्शेप्ट पब्लिसिङ्ग कम्पनी, आइएसबिएन 9788180698132।
- योगी नरहरिनाथ (१९५५), इतिहास प्रकाश १, काठमाडौँ: इतिहास प्रकाश मण्डल छापाखाना।
- महेशचन्द्र रेग्मी (१९७८), रेग्मी रिसर्च सिरिज, काठमाडौँ।
- भीमबहादुर पाँडे (१९७७), राष्ट्रभक्तिको झलक: पाँडे वंशको भूमिका, काठमाडौँ: रत्न पुस्तक भण्डार।
- हमाल, लक्ष्मण ब. (१९९५), मिलिट्री हिस्ट्री अफ नेपाल, https://books.google.com.np/books?id=O3RuAAAAMAAJ&q=bagale+thapa&dq=bagale+thapa&hl=en&sa=X&ved=0ahUKEwiOlo_npf3SAhUMvY8KHSuSDZkQ6AEINjAG: शारदा पुस्तक भण्डर।
- अधिकारी, सूर्यमणि (१९९६), नेपाल तथा एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुर: त्रिभुवन विश्वविद्यालय।