सामग्रीमा जानुहोस्

गोदार थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोदार थापा

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।[]

राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्रभीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।

थापाहरूको उत्पति , गोदार थापाका  पुर्बाज अफगानिस्तानका गोदारा  बंशका  हुन् भन्ने आशंखा  छ।  

अफगानिस्तान बाट भारतको चित्तोड़ हुदै नेपाल आएका हुन् भन्ने  मानिन्छ।  

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]

गोदार थापा वा गोदार क्षत्रीहरुले आफ्नो आफ्नो भौगोलिकताको आधारमा कुलापुजा पुजा गर्दछन् । पूर्वतिर बसोबास गर्ने गोदार थापा वा गोदार क्षत्रीहरुले कुनै ले बारहमस्ट लाई कुलदेवताको रुपमा पूजा गर्नु हुन्छ भने कतै दशैं को अष्टमीमा माता कालिका/ महाकाली लाई कुलदेवता वा कुलदेवी को रुपमा पूजा गर्नु हुन्छ । त्यस्तै गरी पश्चिम तिर दशैं को अष्टमीमा माता कालिका/ महाकाली लाई कुलदेवता वा कुलदेवी को रुपमा पूजा गर्नु हुन्छ ।

उल्लेखनीय गोदार थापाहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाली थर तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१० 

बाहिरी स्रोत

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]