रण शमशेर जङ्गबहादुर राणा
स्वरूप
श्री कमाण्डर ईन चिफ रण शमशेर जङ्गबहादुर राणा | |
|---|---|
| नेपालको प्रधान सेनापति | |
| कार्यकाल वि.सं. १९४३ – वि.सं. १९४४ वैशाख [१] | |
| पूर्वाधिकारी | खड्ग शमशेर |
| उतराधिकारी | देवशमशेर |
| व्यक्तिगत विवरण | |
| मृत्यु | वि.सं. १९४४ वैशाख नेपाल दरबार |
| अभिभावक |
|
| Military service | |
| Rank | जनरल |
Deprecated parameter honorific-suffixDeprecated parameter honorific-prefix
रण शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको जन्म कमाण्डर धीर शमशेर राणाको तेश्रो पुत्रको रूपमा भयो। बि.सं १९४२ को पर्वमा वीर शमशेरले उनलाई ध्वज नरसिंहलाई रक्सी पिलाएर भुलाउने जिम्मेवारी दिएका थिए। ध्वज नरसिंह प्रधानमन्त्री रणोद्दीप सिंहको आठपहरिया थिए। वि.सं. १९४३ मा जनरल कमाण्डर इन्चीफ खड्ग शमशेर पाल्पा लाघारिए पश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादामा दाजु वीर शमशेरपछिको दोस्रो थिए।
उनी मदिराले नुहाउने हुदाँ वि.सं. १९४४ वैशाखको अन्त्यतिर मरे र देवशमशेर त्यो पदमा पदोन्नती हुन् गए।[२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ http://www.royalark.net/Nepal/lamb2.htm
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४७