खड्ग शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री कमाण्डर ईन चिफ
खड्ग शमशेर जङ्गबहादुर राणा
नेपालको प्रधान सेनापति
कार्यकाल
सन् १८८५ – सन् १८८७ [१]
पूर्वाधिकारीजीतजङ्ग राणा
उतराधिकारीरण शमशेर जङ्गबहादुर राणा
पाल्पाको बडाहाकिम
कार्यकाल
वि सं १९४८ – वि सं १९५९
प्रधानमन्त्रीवीर शमशेर
पूर्वाधिकारीभीम शमशेर
उतराधिकारीसमर शमशेर
व्यक्तिगत विवरण
जन्म१६ फेब्रुअरी, १८६१
मृत्यु२२ डिसेम्बर, १९२१
नेपाल दरबार, सौगोर
अभिभावकs
सैन्य सेवा
श्रेणीजनरल

खड्ग शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। वीर शमशेरलाई प्रधानमन्त्रीबाट हटाएर आफू श्री ३ तथा प्राइममिनिस्टर हुने षड्यन्त्र गर्दा उनलाई वीरशमशेरले रोलक्रमबाट हटाई पाल्पामा निर्वासित गरेका थिए।

जन्म[सम्पादन गर्नुहोस्]

Khadga Shumsher Rana (cropped).jpg
Khadga Shumsher Rana (cropped)

उनको जन्म कमाण्डर धीर शमशेर राणाको तेश्रो पुत्रको रूपमा भयो। उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का ज्येष्ठ पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् ।

४२ सालको पर्व[सम्पादन गर्नुहोस्]

वि.सं. १९४२(सन् १८८५) मा आफ्नै ठुलोबुवा प्रधानमन्त्री रणोद्दिप सिँह बहादुर राणाको हत्या गरे। थियो। कार्तिक १५ गते राती ८ बजे वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भिम शमशेर सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे। र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो ।

४२ सालको पर्व पश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादामा दाजु वीर शमशेर पछिको दोस्रो थिए।

असफल कु र रोलक्रमबाट निष्कासन[सम्पादन गर्नुहोस्]

वीर शमशेरले बनाएको रोलक्रममा उनी दोश्रो रोलमा थिए। तर महत्वाकांक्षी खड्गसंग दाजु वीरको मृत्यु कुर्न सक्ने धैर्यता थिएन। त्यसैले उनले दाजु वीरलाई हटाएर आफै प्रधानमन्त्री बन्ने षड्यन्त्र रच्न थाले। सो काममा चन्द्र शमशेरले पनि उनलाई सघाएका थिए। यो षड्यन्त्रको पोल वीर शमशेरले थाहा पाए। वि.सं १९४३ फागुन २३ (फागुन शुल्क दशमी मासन् १८८७ मा) यिनीलाई कमान्डर इनचिफबाट पदच्युत भए र प्रधानमन्त्रीको रोलक्रमबाट निश्काषित भई ठाडा जेलमा बन्दी भए। चन्द्र शमशेरलाई पनि निष्कासन गर्ने निर्णय हुन लागेको थियो तर देवशमशेरले स्नेहपूर्वक चन्द्रलाई जोगाइदिए। तिनै चन्द्रले वि.सं. १९५८ मा देव शमशेरलाई पदच्युत गरेका थिए।

पाल्पाको बडाहाकिम[सम्पादन गर्नुहोस्]

सन् १८८९ मा पाल्पाको बडाहाकिममा नियुक्त भइ पुनर्स्थापित भए। सन् १९०१ मा धनकुटाको बडाहाकिम भए। सन् १९०९ मा बेलायतका महाराज एडवार्ड सातौँबाट व्यक्तिगत राजाको उपाधि पाए।

उनी नेपालका शाहाजहाँ कहलिएका थिए। वि.सं. १९५० मा उनले आफ्नी पत्नी तेजकुमारीको स्मृतिमा कालीगण्डकी नदीको तटमा भव्य दरबार बनाए, त्यसलाई रानीमहल भनियो र त्यो तटलाई रानीघाट भनियो। जुन नेपालको ताजमहल कहलिएको थियो।

लुम्बिनीको उत्खनन्[सम्पादन गर्नुहोस्]

खडगशमशेरले डा. फुहररको सहयोगमा लुम्बिनी स्थित अशोकस्तम्भ, कपिलवस्तुका पुरातात्त्विक वस्तुको पुनस्र्त्थान गरे। डा. फुहरर भारतीय पुरातत्त्व विभागका सदस्य थिए। गौतम बुद्धको जन्मस्थल नेपालमा हो भनी खडग शमशेरले पत्ता लगाए। [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. http://www.royalark.net/Nepal/lamb2.htm
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४७

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]