नेपालको प्रधान सेनापति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको प्रधान सेनापति
Emblem of Nepal.svg
बहालवाला
महारथी पूर्णचन्द्र थापा

९ सेप्टेम्बर २०१८  देखि
रक्षा मन्त्रालय
प्रतिवेदन पेशनेपालको प्रधानमन्त्री
रक्षा मन्त्रालय
पद सङ्ख्याभद्रकाली, काठमाडौँ
नियुक्तिकर्तानेपालको राष्ट्रपति
पदावधी३ वर्ष कार्यकाल वा उमेरको हदबन्दी ६१ वर्ष [१]
वेबसाइटOfficial website

नेपालको प्रधान सेनापति (अङ्ग्रेजी: Chief of Army Staff (COAS)) नेपाली सेनाको प्रमुख अधिकारी हो । यस पदमा नियुक्त हुनासाथ स्वतः चार तारा पाइ महारथी तह प्रदान गरिन्छ ।

नेपालको प्रधान सेनापतिले नेपाल सरकारलाई प्रतिवेदन पेश गर्छ । नेपालको प्रधान सेनापतिको कार्यलय भद्रकाली, काठमाडौँमा अवस्थित छ । ९ सेप्टेम्बर २०१८ देखि नेपालको वर्तमान प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा हुन् ।

इतिहास[सम्पादन गर्ने]

गोरखाली इतिहास[सम्पादन गर्ने]

गोरखाली सेनाको प्रथम सेनाध्यक्ष बडामहाराजधिराज पृथ्वी नारायण शाह हुन् । उनले सेनाको निर्माण गरेर एकीकरण अभियान अघि बढाए । उनले प्रथम पटक काजी पदमा वंशीधर पाँडेलाई नियुक्त गरे जो कालु पाँडेका नामले परिचित छन् । गोरखा राज्यमा जनमत बुझ्दा धेरै घरधुरीका मानिसले राजा पृथ्वीनारायणको मुख्य रोजाइ विराज थापा मगरको विपरीत कालु पाँडेलाई मत दिए । त्यस जनमतको कदर गर्दै कालु पाँडे गोरखा राज्यको काजी बने जुन पद सेनाध्यक्ष तथा प्रमुख मन्त्री (प्रधानमन्त्री) सरह थियो । वि.सं. १८१४ को कीर्तिपुर युद्धमा कालु पाँडेको देहान्त भएपछि काजी पद निकै वर्ष रिक्त रह्यो । सन् १७७० दशकको सुरुवाततिर पाँडेका ज्येष्ठ पुत्र वंशराज पाँडे काजी भए । उनको विरोधी पक्षमा शक्तिशाली भारदारहरू जस्तैः सरदार स्वरुप सिंह कार्की, पण्डित ब्रजनाथ पौड्याल र मैजु रानी थिए । पाँडे पर्वतको युद्धमा बन्दी भए । नेपाली सेना विभिन्न गुटका भारदारहरूको विभागीय नेतृत्वमा रह्यो । वि.सं. १८४२ मा स्वरुप सिंह कार्कीको षड्यन्त्रमा वंशराजलाई पर्वते राजा कीर्तिबाम मल्लको ज्यानमाफी दिएको मुद्दामा फाँसी दिइयो । उनीपछिको प्रधान सेनापति बस्न्यात खलकका मुखिया अभिमान सिंह बस्न्यातलाई मानिन्छ । अभिमान सिंहलाई मूलकाजी भनिएको छ । वि. सं. १८५१ मा ठूलो परिवर्तन आयो । जवान भएका राजा रणबहादुर शाहले नायब (राजप्रतिनिधि) तथा मूलचौतारिया बहादुर शाह तथा काजी अभिमान सिंह बस्न्यातलाई पदबाट निकाले । ४ काजीमा कीर्तिमान सिंह बस्न्यात मूलकाजी बनाइए पनि कालु पाँडेका कान्छा छोरा काजी दामोदर पाँडे सर्वशक्तिमान बने । दामोदर पाँडेलाई चौथो प्रधान सेनापति मानिन्छ । दामोदरले राजा रणबहादुरलाई देश त्याग्न बाध्य बनाए । वि.सं. १८६० चैत्रमा राजा रणबहादुरद्वारा तत्कालीन मूलकाजी दामोदर पाँडेलाई मृत्युदण्ड दिए । त्यसपश्चात राजाले स्वयम मुख्तियार भै शासन हत्याए । भीमसेन थापा ४ काजीमध्येको एक भएता पनि मुख्य सञ्चालक उनी नै थिए । वि.सं. १८६३ मा राजा रणबहादुरको हत्या हुनासाथ भीमसेन थापा मुख्तियार भै प्रधानमन्त्री तथा सेनाध्यक्ष भए । उनले फ्रान्सेली सैनिकबाट जर्नेल, कर्णेल, कप्तान र लप्टन पदको सृजना गरे । उनलाई नै प्रथमपटक नेपाली सेनाको कमाण्डर-इन-चिफ भनिएको हो ।

प्रजातन्त्रपछिको इतिहास[सम्पादन गर्ने]

प्रजातन्त्रको स्थापना भए पनि राणा वंश, शाह वंश तथा यी परिवारसँग सम्बन्धित अन्य सम्भ्रान्त वंशका व्यक्ति मात्र प्रधान सेनापति बने । गैर सम्भ्रान्त वंशबाट नेपालको प्रधान सेनापति हुने व्यक्ति महारथी रुक्माङ्गद कटवाल हुन् ।

नेपालको प्रधान सेनापतिहरूको सूची[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]

  1. "Thapa likely to be appointed Nepali Army chief", thehimalayantimes.com, ४ नोभेम्बर २०१७, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१८