सामग्रीमा जानुहोस्

अभिमानसिंह बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिमान सिंह बस्न्यात
अभिमान सिंह बस्नेतको तस्बिर
नेपालको सेनापति
पूर्वाधिकारीकालु पाँडे
व्यक्तिगत विवरण
जन्मवि.सं. १८०१
निधनवि. सं. १८५७
आमाबुबाहरू
आफन्तनाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात
सैन्य सेवा
लडाइँ/युद्धहरूनेपाल एकिकरण

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए ।[] कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।

उनको जन्म सेनापति बडावीर शिवराम सिंह बस्न्यात र शूरप्रभा थापा बस्न्यातको तेस्रो पुत्रको रूपमा भयो । उनका दाजुहरू नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात हुन् ।

अभिमानसिंहलाई विजयपुर काला बन्जार क्षेत्र (हालको मोरङ र सुनसरी) क्षेत्र चढाईँ गर्न खटाइएको थियो । त्यहीँ ज्वरोको कारण उनको ५६ वर्षको उमेरमा वि.सं १८५७ मा निधन भयो । []

सन्दर्भ साम्रगीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]