केहरसिंह बस्न्यात
श्री जनरल केहर सिंह बस्न्यात | |
|---|---|
जनरल केहरसिंहको चित्र | |
| पाटनका प्रशासक | |
| व्यक्तिगत विवरण | |
| जन्म | |
| मृत्यु | वि.सं. १८२८ सतहुँ |
| नाता | ससुरा कालु पाण्डे, दाजु नाहरसिंह बस्न्यात, भाइ अभिमान सिंह बस्नेत र धोकलसिंह बस्न्यात |
| अभिभावकs |
|
| सैन्य सेवा | |
| Battles/wars | नेपाल एकिकरण |
Deprecated parameter honorific-prefixDeprecated parameter imagesize
केहरसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका माहिँला छोरा हुन्। उनी तिब्बतमा नेपाली मुद्रा प्रचलनमा ल्याएका थिए। उनी काजी कालु पांडेका ज्वाँई हुन्। उनी पाटनका प्रशासक पनि भए। उनले सतहुँको युद्धमा वि.सं. १८२८ मा वीरगति पाए। दाजु नाहरसिंह बस्न्यात र भाइहरू अभिमान सिंह बस्नेत र धोकलसिंह बस्न्यात हुन्। उनका छोरा काजी कीर्तिमान् सिँह बस्न्यात र काजी बख्तावर सिंह बस्न्यात हुन् ।
मकवानपुर अभियान
[सम्पादन गर्नुहोस्]तनहुँ अभियान
[सम्पादन गर्नुहोस्]काजी केहरसिंह बस्न्यातको टोलीले १८२७ फागुनमा १४०० सेनासाथ दलजित शाहसँग तनहुँमा आक्रमण गर्न गएर राजधानीसमेत २२ ठाना कब्जा गरे। तनहुँका राजा कामरिदत्त सेनले आफ्ना भाई हरकुमारदत्त सेन समेत नेपालसँग मिलेको थाहा पाई कुनै आड नरहेकाले आत्महत्या गरे।[१]
१८२८ को लडाइँ
[सम्पादन गर्नुहोस्]१९२८ वैशाख २७[२] मा वंशराज पांडेको नेतृत्वमा लमजुङ कब्जा गर्न सेना पठाइयो र केहरसिंह बस्न्यातको नेतृत्वमा रिसिङ,घिरिङ कब्जा गर्न भनी पठाइयो। ती दुवै टोली ५००-५०० सशस्त्र र अन्य सहयोगी थिए। काजी वंशराज पाँडेको नेतृत्वको नेपाली सेनाले कास्की राज्यको कोत्रे र दुलेगौंडामा अधिकार गर्यो। कास्कीका राजा सिद्धिनारायण शाहको सेनाले भण्डारीढिकमा मोर्चा लिन लगाई पर्वतका राजासँग सहयोग माग्न मानिस दौडाए। तर उनलाई पर्वतबाट सहयोग नमिलेकाले एक्लै लड्नुपर्दा हार हुनगयो।
केहरसिंह बस्न्यात नेतृत्वको सेनालाई तनहुँका राजा हरकुमारदत्त सेनले सैन्य सहयोग पुर्याएका थिए। बि.सं १८२८ जेठमा रिसिङका राजाले नेपालको आश्रय स्वीकार गरी आश्रित सन्धि गरे। तर भीरकोटका राजाले नेपालसँग युद्ध गर्ने भएकाले नेपाली सेनाले किहुँब्कब्जा गरे।ब्गुहाकोटको युद्धमा नेपाली सेना र भीरकोटे सेनाको युद्ध भयो। सो युद्धमा भीरकोटको हार हुँदा त्यहाँका राजा भागी पर्वत राज्यमा शरण लिन गए। नेपाली सेनाको सामु गह्रौँ, सतहुँ, ढोर र पैयूँका राजा पनि टिक्न नसक्ता पर्वत तिरै लागे। गुहाकोटको युद्धमा तनहुँ राज्यका ८०-९० जना सेनाले शत्रुअलाई सहयोग गरेको आरोपमा केहरसिंह बस्न्यातले युद्धस्थलमै काट्दा तनहुँका राजा भित्र भित्र नेपालसँग रिसाएका थिए।[३]
वीरगति
[सम्पादन गर्नुहोस्]वर्षा पूरा हुँदानहुँदै पर्वतका राजा कीर्तिवम मल्लले नेपालका विरुद्ध सैन्यसङ्गठन गरिसकेका थिए। पुगनपुग २००० सिपाही लिएर पर्वतका राजाले नेपाली सेनाउपर बि.सं. १८२८ पौष ५ मा आक्रमण गरे। पर्वत पक्षले ५०० नेपाली सेना सहित काजी केहरसिंह बस्न्यातलाई कटे भने काजी वंशराज पाँडेलाई कैद गरे। त्यस युद्धमा बचेका सिपाहीहरूले ढोर राज्यमा शरण लिए। तर ढोरमा पनि शत्रुले आक्रमण गरेकाले नेपालीहरू नराम्ररी हारे। बचेका केही सिपाहीसाथ नेपालीहरूले भीर्कोट, गह्रौ, पैयू र रिसिङका आफ्ना ठाना छोडिदिए। उता पृथ्वीनारायण शाले धोकलसिंह बस्न्यातको नेतृत्वमा सेना पठाएका भएपनि त्यो सेनालघि बढ्ने साहस गरेन। पर्वते राजाले हरुवा नेपाली सेनाका हतियार खोसी छोड्ने नीति लिए।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८१, आइएसबिएन 99933-2-406-X।
- ↑ आचार्य, बाबुराम, "गोरखाविजयकालका घटना", पूर्णिमा २७: १६६।
- ↑ पूर्णिमा ५०: १८।