श्री
Jump to navigation
Jump to search
श्री प्रत्येक पुरुषको नामको अगाडि लगाइने सम्मानजनक शब्द हो। यसको अतिरिक्त यस शब्दले हिन्दू देवी लक्ष्मीको पर्यायको रूपमा तथा सम्पत्ति, सम्पदा धन इत्यादिको पर्यायको रूपमा पनि जनाउँदछ। श्री शब्दको उपयोग जीवित मनुष्यको अगाडि सम्मानपूर्वक गरिन्छ। यस बाहेक पनी, अजर अमर मनुष्य वा देवी देवताको अगाडि पनि सम्मान पूर्वक लगाइन्छ ।
पुनरावृत्ति[सम्पादन गर्ने]
- श्री: प्रत्येक पुरुष
- श्री १: सन्तान, पत्नी
- श्री २: आफ्ना कामदार
- श्री ३: कास्कीका महाराज, राणा प्रधानमन्त्री, आत्मिय मित्र
- श्री ४: शत्रु पक्ष
- श्री ५: नेपालका महराजधिराज, राजपरिवारका सदस्य
- श्री ६: आमा, बाबु र गुरु
- श्री १०८: महन्त, योगी, सन्यासी लाई
- श्री १००८: शकंराचार्य