बस्न्यात परिवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बस्न्यात काजी खलक/बस्न्यात काजी वंश
बस्न्यात भारदार परिवार
भारदार परिवार
राष्ट्रनेपाल
सम्पदातिलङ्गा घर
उपाधिहरूकाजी
सम्बोधन शैलीहरूकाजी साहेब, बस्न्यात काजी
स्थापना१८ औं शताब्दी
संस्थापक शासकशिवराम सिंह बस्न्यात
अन्तिम शासककुलमान सिंह बस्न्यात
वीरध्वज बस्न्यात
अपदस्थवि.सं. १९०३ (भण्डारखाल पर्व)
जातियताखस क्षेत्री
धर्महिन्दु
कुलघरान/गोत्रश्रीपाली बस्नेत
काजी अभिमान सिंह बस्न्यात, बस्न्यात वंशका प्रसिद्ध भारदार

बस्न्यात काजी खलक वा बस्न्यात काजी वंश वा बस्न्यात भारदार परिवार १८ औं देखि १९ औं शताब्दीको गोरखा राज्य/नेपाल अधिराज्यको एक राजनीतिक परिवार थियो । यस परिवारका संस्थापक सेनापति बडावीर शिवराम सिंह बस्न्यात थिए । उनका वंशजहरूले नेपालको राजनैतिक तथा सैनिक सेवामा जीवनयापन गरेका थिए । यस वंशका पुरुष व्यक्तित्वहरूलाई बस्न्यात काजी भनी सम्बोधन गरिन्थ्यो । यो वंश श्रीपाली बस्नेत कुलघरानको थियो जुन क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध पाँडे वंशसँग लामो समयसम्म रह्यो ।

बस्न्यात वंशको उदय गोरखाका राजा पृथ्वीनारायण शाहको पालाबाट सुरू भएको थियो । शिवरामसिंहका माहिंला छोरा काजी केहरसिंहले राजा पृथ्वीनारायणका आग्रहमा काजी कालु पाँडेकी छोरी चित्रावती देवीसँग विवाह गरेका थिए । दुवै परिवारको यो सम्वन्धलाई राजा पृथ्वीनारायणले दिव्योपदेशमा पाँडेको ढाल बस्न्यातको तरबार भनेका थिए र त्यसैको बलमा नेपाल चढाइ गर्याको बताएका थिए । ईसा १८औं शताब्दीको अन्त्यतिर बस्न्यात भारदारहरू - अभिमान सिंह बस्न्यात, कीर्तिमान सिंह बस्न्यातबख्तावर सिंह बस्न्यातले शीर्ष भारदारको (काजी, मूलकाजी) भूमिका निर्वाह गरेका थिए । वि.सं. १९०३ को भण्डारखाल पर्वमा जङ्गबहादुर राणाले मच्चाएको नरसंहारमा यो वंश नेपालको राजनैतिक शक्तिसमुहबाट बाहिरिएको थियो । उक्त पर्वलाई बस्न्यात पर्व पनि भनिन्थ्यो ।

पृष्ठभूमि[सम्पादन गर्ने]

सेनापति बडावीर शिवराम सिंह बस्न्यात

शिवराम सिंह बस्न्यात गोरखाका श्रीपाली घरानाका जयराम सिंह बस्न्यातका छोरा थिए । उनी गोरखा राज्यको सेनापति भए । उनको विवाह बगाले थापाकी छोरी शूरप्रभासंग भएको थियो । डा. निरञ्जनमान सिंह बस्न्यातका अनुसार शूरप्रभा थापा वंशका पूर्वज विक्रम थापाकी दिदी/बहिनी तथा भारदार वीरभद्र थापा (भीमसेन थापाका हजुरबुवा)की फुपू हुन् । शूरप्रभासंग शिवरामसिंहको ४ पुत्रहरू भए - नाहर सिंह, केहर सिंह, अभिमान सिंहधोकल सिंह थिए । धोकल सिंह एक गर्भे टुहुरो थियो जब उनका पिता शिवरामसिंहको देहान्त वि. सं। १८०३ फागुनमा साँगाचोकको युद्धमा भयो ।[१] परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - अभिमान सिंह, कीर्तिमान् सिंह बस्न्यातबख्तावर सिंह बस्न्यात

कीर्तिमान् सिंह बस्न्यात, नेपालको मूलकाजी (प्रधानमन्त्रीसरह), बस्न्यात परिवारका भारदार
Keharsingh Basnyat.jpg

पनि हेर्नुहोस्[सम्पादन गर्ने]

खड्का

कार्की

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. http://therisingnepal.org.np/news/32921