श्रीपाली बस्नेत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य खोज, बस्नेत (स्पष्टता) हेर्नुहोस् ।
श्रीपाली बस्नेत
केहरसिंह बस्न्यात, एक श्रीपाली बस्नेत

श्रीपाली बस्नेत/सिरुपाले/सयपाली बस्नेत थर मध्यका विभाजित समुह हो । यिनीहरू, विशेष गरी गोरखा बाट नेपाल झरेका सिरुपालेहरु मष्टो देव छाडि कवँर राणाहरुको अनुशरण गर्दै, "शिशाकोटी महादेव", "वीरभद्र", "महाकाली" आदि कुलदेवता र इष्टदेवता अराध्यदेवी "दक्षिणकाली"को पुजा गर्ने गरेका छन्। अन्य दूरदराजकाहरु अझै मष्टो देवमा प्रगाढ विश्वास राखिरहेकै छन् । यिनीहरुको[भारद्वाज गोत्र]] रहेको छ ।[१]

नेपालको एकिकरणकालको समयमा महत्वपूर्ण योगदान दिएको यस परिवार जंगबहादुर राणाको उदय सम्ममा शक्तिशाली भारदारी परिवारको भूमिकामा थिए । जसरी ठूला शक्तिले ठूला जिम्मेवारी जन्माउँछ, त्यसरी ठूलो भारदारी परिवारको नाताले यस परिवारका विभिन्न व्यक्ति जस्तै शिवराम सिंह बस्न्यात, नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात, अभिमान सिंह बस्नेत, धोकलसिंह बस्न्यात, आदिले नेपाल एकीकरणको अभिभारा उठाए । त्यसैले नेपालको इतिहासमा अन्य बस्नेत झैं यस परिवारको पनि ठूलो महत्व रहेको छ ।

भारदारी जिम्मा[सम्पादन गर्ने]

पृथ्वीनारायण शाहको कालमा श्रीपाली बस्न्यातहरू गोरखा सेनाका प्रमुख व्यक्तित्व थिए । विभिन्न पदहरूबाट सुसज्जित उनीहरू राजा निकट थिए । राजा पृथ्वीनारायण शाहले बस्नेत र पाण्डे परिवारको बीचमा सम्बन्ध कायम गरिदिए । उनले सेनापति शिवराम सिंह बस्न्यातका माँहिला छोरा, केहरसिंह बस्न्यात र काजी कालु पाण्डेकी एक्ली छोरी, चित्रा देवी पाण्डेको विवाह सम्पन्न गराएका थिए । उक्त विवाहबाट जन्मेका दुई भाइ कीर्तिमान् सिँह बस्न्यातबख्तावर सिंह बस्न्यात दुवै पछि मूलकाजी भए ।[२] सेनापति बडावीर शिवराम सिंह बस्न्यात नेपाल एकिकरणको क्रममा ज्यान गुमाउने प्रथम उच्च पदस्थ सैनिक अधिकृत हुन् । उनको देहान्त साँगाचोकको युद्धमा छालिङ, नाल्दुममा फाल्गुण १२ गते, वि.सं. १८०३ मा भएको थियो । पछि उनकी पत्नी वीरङ्गना शूरप्रभा बस्न्यातले तिमल डाँडामा आफ्ना पति शिवराम सिंहको सम्मानमा नारायण मन्दिरको स्थापना गरेकी थिइन् । वीरङ्गना शूरप्रभा गोरखाका बगाले थापाकी छोरी थिइन् । उनले पतिको देहान्त हुँदा ४ नाबालकहरूलाई हुर्काएर पिताझैँ सैनिक अधिकृत बनाइन् । उपकुलपति रुद्रराज पाण्डेले नेपालका वीर वीरङ्गना नामक पुस्तकका उनको बारेमा लेखेका छन् ।

काजी नाहरसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका जेठा छोरा थिए । उनले मकवानपुरको युद्धमा मीर कासिमको सेनाविरूद्ध लडेका थिए । कान्तिपुर, पाटन र भादगाउँ विजय गराउनमा उनी र उनका ३ भाइहरूको ठूलो योगदान छ । उनले सन् १८४५ को नेपाल तिब्बत युद्ध पनि लडेका थिए ।

केहरसिंह बस्न्यात, सेनापति शिवराम सिंह बस्न्यातका माँहिला छोरा हुन् । नेपाली पैसा परिचालन गराउन उनी तिब्बत पुग्दछन् । काठमाडौं उपत्यका र पश्चिमी जिल्लाहरूलाई नेपालमा विलय गराउन केहरसिंहको ठूलो भूमिका छ । उनी पाटनको बडाहाकिम समेत रहेका थिए ।उनको मृत्यु सतहुँको युद्धमा वि.सं. १८२८ मा भएको थियो ।

काजी अभिमान सिंह बस्नेत, सेनापति शिवराम सिंह बस्न्यातका साँहिला छोरा हुन् । काजी कालु पाण्डेको कीर्तिपुरको युद्धमा देहान्त भएपश्चात अभिमान सिंह नेपालको सेनापति हुन्छन् । अभिमान सिंह बस्नेतको मृत्यु ५६ वर्षको उमेरमा वि.सं. १८५७ मा तराईको मोरङ जिल्लामा भएको थियो । मुलकाजी भएर पनि त्यस वृद्ध उमेरमा औलोग्रसित कठिन ईलाकामा पठाइनु उनीप्रति ठूलो अन्याय थियो । यसको कारण सन्की राजा रणबहादुर शाहले विद्वी मैथिली बालिका कान्तिवतीसँग विवाह गरेको कुरामा खुशी नरहँदा भएको थियो । खबर प्राप्त भए अनुसार उनको देहान्त औलोले गर्दा भएको थियो । धोकलसिंह बस्न्यात पश्चिम कुमाउँका बडाहाकिम थिए । नारायणहिटी दरवारको उनी प्रथम मालिक थिए ।

बस्न्यातहरूको महत्व[सम्पादन गर्ने]

दिव्योपदेशमा राजा पृथ्वीनारायण शाहले बस्न्यातहरूको महत्व दर्शाएका छन् । उनले भने—"Now, I will make ties between the Pandeys and the Basnyats, so give your daughter to Sivaram Basnyat's son Keher Singh Basnyat," and the two houses were tied by marriage. Thus, after the conjugal tie, with the shields of the Pandes and the swords of the Basnyats I attacked Nepal.[३]

गद्दीको रक्षक[सम्पादन गर्ने]

जब राजाको दरबार वसन्तपुर दरवार क्षेत्रमा सरेको थियो, तब गोरखाका श्रीपाली बस्नेतहरू पनि राजा निकट नै इन्द्र चोक र असनमा बसाइँ सरे । वि.सं. १८३३ मा काजी अभिमान सिंह बस्नेतले मान मन्दिर नामक आफ्नो निम्ति आवास निर्माण गरे जुन अहिले तिलङ्गा घरको नाममा रहेको छ । पाण्डेथापाहरूसँगै बस्नेतहरूले नेपालको दरबारमा ठूलो शक्ति जमाएका थिए । राजा रणबहादुर शाहको शासनकालमा जब भीमसेन थापा सत्तामा आए, तब बस्नेत र पाण्डेहरूको शक्ति घटेको थियो ।भीमसेन वृद्ध भएपश्चात जब रानी त्रिपुरा सुन्दरीको देहान्त भयो तब पाण्डेहरू शक्तिशाली बन्न थाले । उक्त शक्तिसङ्घर्षमा बस्नेतहरूले पुरानो वैवाहिक समबन्धका कारण पाण्डेहरूलाई समर्थन गरे जसले गर्दा थापाहरू सत्ताबाट बाहिरिए ।

उल्लेखनीय श्रीपाली बस्नेत/बस्न्यातहरू[सम्पादन गर्ने]

[४]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/
  2. https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
  3. "दिव्योपदेशमा बस्नेतहरूको महत्व". Archived from the original on January 13, 2015. Retrieved July 11, 2012. Cite uses deprecated parameter |deadurl= (help)
  4. https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]