सामग्रीमा जानुहोस्

कीर्तिमानसिंह बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कीर्तिमान सिंह बस्न्यात
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
पदमा
सन् १७९८  सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
निधनसन् १७९९ []
आमाबुबाहरू
सैन्य सेवा
निष्ठा नेपाल
दर्जाजनरल
लडाइँ/युद्धहरूनेपाल –तिब्बत /चीन युद्ध (I & II)

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[][] नेपाली सेनाका कमान्डर हुन्।[] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डेसँग काम गरेका थिए ।

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । []

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[][]

उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्य सन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]