अभिमानसिंह बस्न्यात
स्वरूप
(अभिमान सिंह बस्न्यातबाट अनुप्रेषित)
श्री सेनाध्यक्ष अभिमान सिंह बस्न्यात | |
|---|---|
अभिमान सिंह बस्नेतको तस्बिर | |
| नेपालको सेनापति | |
| पूर्वाधिकारी | कालु पाँडे |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं. १८०१ गोरखा जिल्ला |
| मृत्यु | वि. सं. १८५७ मोरङ जिल्ला |
| अभिभावकs |
|
| आफन्तहरू | नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात |
| सैन्य सेवा | |
| लडाई/युद्धहरू | नेपाल एकिकरण |
अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए ।[१] कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।
सुरुवात
[सम्पादन गर्नुहोस्]उनको जन्म सेनापति बडावीर शिवराम सिंह बस्न्यात र शूरप्रभा थापा बस्न्यातको तेस्रो पुत्रको रूपमा भयो । उनका दाजुहरू नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात हुन् ।
मृत्यु
[सम्पादन गर्नुहोस्]अभिमानसिंहलाई काला बन्जार क्षेत्र (हालको मोरङ र सुनसरी) क्षेत्र चढाईँ गर्न खटाइएको थियो । त्यहीँ ज्वरोको कारण उनको ५६ वर्षको उमेरमा वि.सं १८५७ मा निधन भयो । [२]
सन्दर्भ साम्रगीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अभिमानसिंह बस्न्यात सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।