खड्का
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
जम्मा जनसङ्ख्या | |
---|---|
३,३४,९८५[१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
![]() | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
खड्का, कार्की, थापा, बस्नेत |
खड्का वा खँड्का नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने मस्टो तथा प्रकृती पूजक हिन्दू धर्मावलम्बी विशेषतया नेपाली क्षेत्रीहरूको थर हो । उनीहरू केही इन्डो-आर्य र केही खस-ककेसियन आर्य समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रूपमा पञ्चभुत जस्ता अचम्मका पदस्थ पारिवारिक वर्ग हुन् ।
ऐतिहासिक कथन अनुसार खड्का गोरखा राज्यको राजाहरू भएको देखिन्छ । राजा द्रव्य शाहले खड्काहरूको राज्य स्थानियहरूको सहयोगले हड्पेका थिए । कालिकोटे खड्काहरू पनि कालिकोट राज्यका राजा भएको कालिकोटे खड्का वंसवालीमा उल्लेख गरिएको छ र उक्त राज्यबाट उनीहरूको नाम कालिकोटे निर्धारित भएको हो । शाह राजाहरुले राज्य हडपे पछी भविस्यमा हुने खतरालाई मध्यनजर गरि केहीलाई मरेको र अन्यलाई खेदाएको देखिन्छ | यसरि भाग्ने क्रममा जहाँ राम्रो ठाउ भेटिन्छ वा बिहेवारी हुन्छ त्यहि बस्न थाल्दछन | काठमाडौंमा खड्का गाउँ नै छ जहा धेरै खड्का हरु बिभिन्न राज्ज्यबाट भागेर बसेका थिए| केहि बाठा तथा स्थानीय मगरहरुसंग राम्रो सम्बन्ध भएका खड्का हरु गोरखा तिरै बसेको र सरकार (शाहहरु) को मान्छे आउदा मगर हरुले उनीहरु मगर नै हुन् भनेर राखेको र कालान्तरमा मगर खड्का भएको देखिन्छ |
खड्काहरू विभिन्न प्रकारका छन् । बाग्लुङगे कुँवर खड्का वत्स् गोत्रे खड्का कालिकोटे खड्का, पुँवर खड्का, लकाई खड्का, खबतरी खड्का, खुलाल खड्का, महाराजी खड्का, बुढथापा खड्का, पाल्पाली खड्का, सुबेदी खड्का, आठभैया खड्का, महाराउत खड्का, लामिछाने खड्का, बरभैया खड्का, आदि खड्का प्रकारहरू हुन् ।[२]
महाराजी खड्का[सम्पादन गर्नुहोस्]
महाराजी खड्काहरू भारद्वाज गोत्रका हुन्। उनीहरू ऐतिहासिक राजा र सेना थिए।
कालिकोटे खड्का[सम्पादन गर्नुहोस्]
कालिकोटे खड्काहरू अन्य कालिकोटेझैं आत्रेय गोत्रका हुन् ।[३] उनीहरू ऐतिहासिक कालिकोट राज्यका राजा हुन् । उनीहरूमध्ये केहीले आफ्नो थर कालिकोटे मात्र लेख्छन् ।
पुँवर खड्का[सम्पादन गर्नुहोस्]
पुँवर खड्काहरू कपिल गोत्रका हुन् ।[२]
बझाङ को चैनपुर नजिक खेतकोट र बाजुराको आटिचौर पाटा र कोर्धमा बढी बसोबास भएका मुख्य रुपमा खेतकोट उद्गम थलो मानिन्छ ।। कुलदेबता = कैलाश
खुलाल खड्का[सम्पादन गर्नुहोस्]
धंनजय गोत्र का हुन
लकाईं खड्का[सम्पादन गर्नुहोस्]
लकाईं खड्काहरू भारद्वाज गोत्रका हुन् ।[३]
खबतरी खड्का[सम्पादन गर्नुहोस्]
खबतरी खड्काहरू अन्य खपतरीझैं कौशिक गोत्रका हुन् ।[३]
उल्लेखनीय खड्काहरू[सम्पादन गर्नुहोस्]
- गुरू भैैैरव प्रतापसिंह खड्का दार्शनिक आचार्य, अध्यता, भैरवस्मृतिका रचयिता, २०औ शताब्दीका एक महान युगपुरुष
- पारस खड्का, नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान
- हरि खड्का, नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान
- जनक खड्का, चलचित्र निर्देशक, लेखक,पत्रकार
- सुमी खड्का, मिस नेपाल विजेता
- डा.नारायण खड्का, भूपू मन्त्री
- स्वस्तिमा खड्का, नेपाली नायिका
- प्रदीप खड्का, नेपाली नायक
- पुष्प खड्का, नेपाली नायक
सन्दर्भ साम्रगी[सम्पादन गर्नुहोस्]
- ↑ "खड्का प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१३।
- ↑ २.० २.१ http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1
- ↑ ३.० ३.१ ३.२ http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति