पुँवर खड्का
पुँवर खड्का नेपाली क्षेत्री थर खड्काको एक कुलघरान हो । यिनीहरू कपिल, भारद्वाज, काेपिला, र कश्यप (काैशिल्य) गोत्रका हुन् ।[१]
हिन्दू धर्मकाे गहिराे प्रभाव रहेका तर मष्ट देवलाई मुख्य देवता मानेर कुलकैरुपमा मान्दछन्। यिनीहरुले सव त्याग्न सक्छन्। तर आफ्नाे कुल मष्ट कुनै पनि हालतमा छाेड्दैनन्। यी खड्काहरुको इतिहास एकदम रोचक छ।
पुँवर वंशी भएकाले याे जातिलाई पुँवार खड्का भनिन्छ। पुँवार यिनीहरुकाे कैरन हाे। गाेत्र फरक भएपनि पुँवार खड्काले पुँवार खड्काकाे छाेरी चेली संग विहेवारी गर्दैनन्। किन कि उनिहरुले गाेत्र भन्दा कैरनलाई प्राथामिकता दिन्छन्।
यिनीहरु खस सभ्याताका सशक्त एक जातिका हुन्। खसान क्षेत्रकाे भुगाेलमा ई.पु. ८ ओं शताव्दी देखि वसेर खस - सभ्यता, संस्कृति, भाषा र लिपि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे जाति हाे। याे जाति आधुनिक नेपाल निर्माण संगै देशका सवै कुनामा फैलिएर वसेकाे छ। यहाँ कतिपयले भ्रमवस वा आफुलाई सर्व श्रेष्ट देखाउने महत्वकांक्षाले आर्य सभ्यताकाे परिचय दिने गर्छन्। खस सभ्यता र आर्य सभ्यता दुई फरक सभ्यता हुन्। आर्य सभ्यताकाे केन्द्र गंगा मैदान (हाल उत्तर भारत) हाे भने खस सभ्यताकाे केन्द्र हाल कर्णाली प्रदेशकाे सिंजा उपत्यका हाे।
• गाेत्र परम्परा र वंश परम्परा?
पुँवार खड्का गाेत्र परम्परामा नभई वंश परम्परामा चल्छन्। यसमा सभ्यताकाे प्रभावले काम गरेकाे छ। किन भने पुँवार खड्सका खस सभ्यताका हुन्। आर्य सभ्यता गाेत्र परम्परा अनुसार चल्छ भने खस सभ्यता वंश परम्परा अनुसार चल्छ। उनिहरु खस सभ्यता र वंश परम्पराका भएकाे एउटा गतिलाे प्रमाण के छ भने- "पुँवार खड्काकाे गाेत्र एउटै वा फरक जे भए पनि फरक पर्दैन। यदि पुँवार खड्का हाे भने फरक जुनसुकै गाेत्रका भए पनि छाेरी चेली चल्दैन। किन कि उनिहरुकाे रगतकाे सम्बन्ध छ। "पुँवार खड्कासंग पुँवार थापा, पुँवार वस्नेत, पुँवार बुढाथाेकी र पुँवार दानी का विचमा पनि छाेरी चेली चल्दैनन्। राज्यले सुम्पेकाे जिम्मेवारीका आधारमा फरक थर कायम भए पनि यी पाँच भाइ एउटै बाबू आमाका सन्तान हुन्।" थर खड्का, थापा, वस्नेत, बुढाथोकी र दानीका अगाडि पुँवार लाग्नेहरु एउटै बन्धु हुन्। अनि यस्तै थर भएका तर पुँवार वंशसंग नजाेडिएकाहरु बिचमा भने छाेरी चेली लिने-दिने हुन्छ। यद्यपि दुवै सभ्यताकाे क्षेत्र दक्षिण एसिया रहेकाे थियाे। त्याे क्षृेत्र अहिले भारत र नेपाल दुवै देशमा परे पनि केन्द्र आर्य सभ्यताकाे उत्तर भारतकाे गंगा मैदान र खस सभ्यताकाे केन्द्र नेपालकाे कर्णाली प्रदेशकाे जुम्ला स्थित सिंजा उपत्यकामा पर्छ।
पुँवार खड्काहरु पाँच काजी मध्ये पर्छन्।
इतिहास पल्टाउदा यिनिहरु राज खान्दानका राज परिवार हुन्।
नेपाल र भारत (इन्डिया) का बिभिन्न ठाउँमा यीनिहरु राज चल्थ्यो।