पारस खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
paras khadka
God Of Nepal Cricket
व्यक्तिगत जानकारी
नामParas Khadka
जन्म (2006-12-17) १७ डिसेम्बर २००६ (उमेर १७)
Kathmandu , Nepal
उचाई५ फिट ३ इन्च (१.६० मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ-हाते मध्यम/ अफ स्पिन
भूमिकाअल-राउण्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप )१ अगस्ट २०१८ v नेदरल्यान्ड्स
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२८ जनवरी २०१९ v संयुक्त अरब इमिरेट्स
टि२०आई पदार्पण (क्याप )१६ मार्च २०१४ v हङकङ
अन्तिम टि२०आई२९ जुलाई २०१८ v नेदरल्यान्ड्स
टि२०आई पोशाक७७
घरेलु टोली जानकारी
वर्षटिम
२०११–२०१५एपीएफका (राष्ट्रिय लिग)
२०१४–हालबिराटनगर वरियर्स (एभरेस्ट प्रिमियर लिग)
२०१५–२०१५म्यारीबोन क्रिकेट क्लब
२०१२–२०१३ओन्टारियो क्रिकेट एकेडेमी र क्लब ८
२०१७-हालटिम चौराहा धनगढी
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडिआइ टि ट्वान्टीआई एफसी एलए
म्याच ११ ३४
कुल रन २३५ २३६ ७२ ११८२
ब्याटिङ औसत ३९.१६ २३.६० ३६.०० ३५.८१
१००/५० १/१ १/२ ०/० २/८
सर्वोच्च स्कोर ११५ ५४ ४४ ११२*
कुल बल १७४ १५५ ६० १०५६
विकेट १७
बलिङ औसत १५.१४ ८५.०० २१.०० ३९.५८
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ४/२६ १/३ १/१९ ३/१४
क्याच/स्टम्प -/- ४/– ४/– ११/–
स्रोत: ESPNcricinfo, २८ जनवरी २०१९

पारस खड्का (जन्म:७ कार्तिक २०४४ तदनुसार २४ अक्टोबर १९८७) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।[२] पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । [३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

पारस खड्काले पहिलो अन्तर्राष्ट्रिय खेल अन्डर-१५ एसिया कप यूएई मा सन् २००२ डिसेम्बरमा खेलेका थिए।

वर्ष खेलाडी[सम्पादन गर्नुहोस्]

पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस 'म्यान अफ द सिरिज' बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । हाल उनी न्यू जील्याण्डमा हुने २०१४ क्रिकेट विश्वकप छनौट खेल्नका लागि पुगेका छन् । न्युजिल्याण्डमा दुःखद नतिजा निकाले पनि पारसको कप्तानिमा नेपालले बङ्गलादेशमा सम्पन्न टि टवान्टि वर्ल्डकपमा सुखद नतिजा निकालेको थियो ।[४]

पारस खड्का सन् २०१७ मा

टि-ट्वान्टी क्रिकेटको ४१ औँ बरियतामा[सम्पादन गर्नुहोस्]

नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । [[५]]

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर[सम्पादन गर्नुहोस्]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा एक वर्षका लागि नियुक्त भएका छन्।[६]

म्यान अफ द म्याच[सम्पादन गर्नुहोस्]

क्रसं विपक्षी स्थान सिजन खेल प्रदर्शन
 डेनमार्क आइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई २०१३/१४ ४८(१*४,५*६),१ विकेट
 मलेसिया त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर २०१२/१३ ८७*(११*४,३*६),२ रन आउट
 सिङ्गापुर त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर २०१२/१३ ४४(४*४,१*६),१ विकेट,१ रन आउट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Cricinfo profile
  2. CricketArchive profile
  3. Teams played for by Paras Khadka at CricketArchive
  4. धिताल, शरदप्रकाश (२०६९ असार २०), "पारस र गंगा उत्कृष्ट", ekantipur.com, अन्तिम पहुँच २ डिसेम्बर २०१३ 
  5. https://www.onlinekhabar.com/2018/11/719228 कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१ औँ बरियतामा-अनलाइन खबर
  6. नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का - नयाँ पत्रिका