विनोद भण्डारी
![]() | ||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | विनोद भण्डारी | |||||||||||||||||||||||||||||||||||
जन्म | कञ्चनपुर, नेपाल | २५ जनवरी १९९०|||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाते | |||||||||||||||||||||||||||||||||||
भूमिका | ब्यास्म्यान र विकेट किपर | |||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||
टि२०आई पदार्पण (क्याप १) | १६ मार्च २०१४ v हङकङ | |||||||||||||||||||||||||||||||||||
अन्तिम टि२०आई | १७ जुलाई २०१५ v पपुवा न्यू गिनी | |||||||||||||||||||||||||||||||||||
टि२०आई पोशाक | १४ | |||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||
२०१३-२०१५ | नेपाल आर्मी ( राष्ट्रिय लिग) | |||||||||||||||||||||||||||||||||||
२०१४-२०१४ | सगरमाथा परभक्षी ( एनपीएल) | |||||||||||||||||||||||||||||||||||
२०१५-२०१५ | पेन्टागन (SPA Cup) | |||||||||||||||||||||||||||||||||||
२०१५–२०१५ | कालुतारा शारीरिक संस्कृतिक क्लब | |||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||
स्रोत: Cricinfo, १८ जुलाई २०१५ |
विनोद भण्डारी नेपाली क्रिकेट खेलाडी हुन्। उनको जन्मघर कञ्चनपुर हो ।[१] उनी नेपाल को राष्ट्रिय गेममा समावेश भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन । उनी दाँया हाते ब्याट्सम्यान हुन, उनी विकेट किपरका रूपमा पनि रहेका छन् । उनले सन् २००९ मा कुबेत विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय खेलमा उनी त्रिभुवन आर्मी क्लबका कप्तान हुन भने एभरेष्ट प्रिमियर लिग तथा नेपाल प्रिमियर लिगमा सगरमाथा लजेण्ड र धनगढी प्रिमियर लिगमा कन्चनपुर वारिर्यसका कप्तान हुन् ।
जन्म[सम्पादन गर्नुहोस्]
खेल जीवन[सम्पादन गर्नुहोस्]
विनोद भण्डारीको नेपाली राष्ट्रिय टिमसँगको शुरुवात अंकित रेग्मी संग निकै उत्कृष्ट रहेको थियो । उनले सन २००९ को एसिसि ट्वान्टी ट्वान्टी कपबाट नेपालको डेब्यु गरेका हुन ।[२] जुन खेलमा नेपाललाई जितको लागि अन्तिम बलमा सात रनको आवश्यकता हुदाँ उनले अन्तिम बलमा छक्का प्रहार गर्दै उक्त खेल बराबरी गराईदिएका थिए भने नेपालले उक्त खेल बल आउट मा जितेको थियो । उनी नेपाली क्रिकेटमा हार्ड हिटरका रूपमा मानिन्छन् । उनले सन् २०१३को एसिसि ट्वान्टी ट्वान्टी कपको सेमिफाइनलमा युएई विरुद्ध दुई छक्का प्रहार गरेर नेपाललाइृ जित दिलाउन सहयोग पुर्याएका थिए ।[३] सन् २०१३को आईसिसि ट्वान्टी क्वालिफायरसमा पपुवा न्यूगिनी विरुद्ध उनले १ चौका र ६ छक्काको मदतले मात्र २३ बलमा अर्धसतक पुरा गर्दै ५१ रन बनाएका थिए ।[४] सन् २०१४को एशियन गेममा उनले र्बमुडा विरुद्ध ३१ बलमा अविजीत ४३ रन बनाएका थिए भने उक्त खेलमा उनी म्यान अफ दि म्याच समेत घोषित भएका थिए । सन् २०१५ को आईसिसि क्रिकेट लिग डिभिजन टु मा उनले ६ इनिङमा १ सय ४४ रन बनाएका थिए । उनले सन् २०१५मा नै श्रीलङ्काको कलुटुरा फिजिकल कल्चर क्लबबाट इमर्जिङ ट्रफि खेलेका थिए ।
मेडल तथा पुरस्कार[सम्पादन गर्नुहोस्]
बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.cricketarchive.co.uk/Archive/Players/911/911718/911718.html
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.espncricinfo.com/ci/engine/match/436122.html
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.espncricinfo.com/ci/engine/match/624068.html
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.espncricinfo.com/icc-world-twenty20-qualifier-2013/engine/match/660151.html